चितवनको भरतपुरमा पनि जनयुद्ध दिवस भव्य रुपमा सम्पन्न

चितवनको भरतपुरमा पनि जनयुद्ध दिवस भव्य रुपमा सम्पन्न

चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, चितवन जिल्ला समितिको आयोजनामा ३१ औं जनयुद्ध दिवस भरतपुरमा एक कार्यक्रम गरेर मनाएको छ । पार्टीका राजनैतिक ब्युरोका सदस्य एवं ११ नम्बर ब्यूरो संयोजक अटल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा राजनैतिक ब्यूरो सदस्य एवं क्रान्तिकारी महिला संगठनका अध्यक्ष अम्बिका मुडभरी, जनसांस्कृतिक महासंघका जिल्ला अध्यक्ष रविकिरण निर्जीव सहित पार्टीका सदस्य, समर्थक शुभचिन्तक जनता समेतको सहभागिता रहेको थियो ।

कार्यक्रममा रविकिरण निर्जीवले जनयुद्धका क्रममा जेल हिरासतको मोर्चाका अनुभव सुनाउनु भयो । अम्बिका मुडभरीले चितवनमा जनयुद्धका तुफानी दिनहरूको स्मरण, पटकपटकको जेल र हिरासतका अनुभव र देशैभरी खासगरी महिला, उत्पीडित समुदाय र क्षेत्रका जनतामा पैदा भएको जागरणको विषयमा आफ्नो धारणा राख्नु भयो ।


प्रमुख अतिथी अटलले जनयुद्धका आफ्ना स्मरण सहित वर्तमान राजनैतिक परिस्थितिका विषयमा आफ्नो धारणा समेत राख्नु भयो । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचन बहिष्कारको कार्यनीति अप्नाउँदै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी सहित अन्य कतिपय राजनीतिक दलले आह्वान गरेको संघर्षका कार्यक्रम बारेपनी अटलले आफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।
जिल्ला इन्चार्ज बिकासको अध्यक्षता एवं कुलप्रसाद रिजालको सञ्चालनमा भएको कार्यक्रममा रविकिरण निर्जीव र नारायण शर्मा बिपिनले कविता वाचन गर्नु भएको थियो ।