काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँके बर्दियाको संयुुक्त आयोजनामा ३१ औं महान जनयुद्ध दिबस समारोह बर्दियाको भोलागौडिमा भब्य रुपमा सम्पन्न भएको छ । केन्द्रीय सदस्य तथा बाँके जिल्ला सेक्रेटरी पिटीको अध्यक्षता सम्पन्न कार्यक्रमको संञ्चालन बर्दिया जिल्ला सेक्रेटरी बिनयले गर्नुभएको थियोे भने स्वागत मन्तब्य जलनले राख्नु भएको थियोे ।
उक्त कार्यक्रमको प्रमुख अतिथि ३ नं. ब्युरो ईन्चार्ज तथा केन्द्रीय पोलिट ब्युरो सदस्य शिखर हुनुहुन्थ्यो भने अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज बिपिन, पार्टी केन्द्रीय सदस्य कुशल केन्द्रीय सल्लाहकार किरण क्रान्तिकारी दलित मुक्तिमोर्चा बाँकेका संयोजक शक्ति, मुस्लिम मोर्चा बर्दिया जिल्ला संयोजक नईम हासमी, क्रान्तिकारी महिला संगठन बर्दिया जिल्ला संयोजक छाँया रहनु भएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि शिखरले शुभकामना मन्तब्य राख्ने क्रममा शहीदहरुको सपना पूरा गर्न र सर्बहारावर्गको पुर्ण मुक्तिको लागि अझै बलिदानको खाँचो परेको बताउनु भएको थियोे । आगामी फाल्गुन २१ गते हुने दलाल संसदीय निर्वाचन बहिस्कार गर्न सबैले जोड गर्नुपर्ने कुरा दर्साउनु भएको थियोे । नेपाल कम्युनिस्ट पार्टीबाट पार्टी प्रवेश गर्नुभएका हरिराम थारु, राजु चौधरीलाई कार्यक्रमका प्रमुख अतिथिले अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।





























