काठमाडौँ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिएको छ । विद्युतीय शव गृहमा ल्याउनअघि भट्टराईको पार्थिव शरीर पशुपति आर्यघाटस्थित ब्रम्हनालमा राखिएको थियो ।

भट्टराईलाई २ छोरा र २ छोरीले दागबत्ती दिएका छन् । उनको ९७ वर्षको उमेरमा बिहीबार बिहान राजधानीको न्युरो हस्पिटल बाँसबारीमा निधन भएको थियो ।
































