क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समितिको बैठकव्दारा संसदीय निर्वाचन बहिष्कारको मूल नारासहीत बहिष्कारको कार्यक्रमलाई विभिन्न चरणमा सम्पन्ने गर्ने निर्णय

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समितिको बैठकव्दारा संसदीय निर्वाचन बहिष्कारको मूल नारासहीत बहिष्कारको कार्यक्रमलाई विभिन्न चरणमा सम्पन्ने गर्ने निर्णय

४ पौष काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समितिको बैठक महासचिव कमरेड गौरवको अध्यक्षतामा बसी केही महत्वपूर्ण निर्णयहरु गरेको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार गत चितवनमा सम्पन्न पार्टी केन्द्रीय समितिले फागुन २१को नीर्वाचनलाई शसक्तरुपले बहिष्कार गर्ने भनी गरेको घोषणालाई कार्यान्वयन गर्न बहिष्कारको मूल नारासहीत बहिष्कारको कार्यक्रमलाई विभिन्न चरणमा सम्पन्ने गर्ने निर्णय गरेको छ । संसदीय निर्वाचन बहिष्कारको मुल नारा — “साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौ ! स्वाधीन संयुक्त सरकार गठन गरौं !” भन्ने तय गरिएको छ ।
साथै आगामी संसदीय निर्वाचन बहिष्कारको कार्यक्रमलाई प्रभावकारी बनाउन र उल्लेखित नारालाई आम जनताका बीचमा कार्यान्वयनका लागि निम्नानुसार तीन चरणमा विभाजित गरी संचालन गर्ने निर्णय गरिएको जानकारी दिइएकोछ ः
प्राप्त जानकारी अनुसार पहिलो चरणमा ः
क. पुष ७ गते सबै जिल्ला सदरमुकामहरुमा पत्रकार सम्मेलन गर्ने ।
ख. पुष ८ गतेदेखि देशव्यापी भित्तेलेखन सुरु गर्ने ।
ग पुष ११ गते माओ दिवसका दिन काठमाण्डुमा केन्द्रित जनसभालाई भव्यरुपमा सफल पार्ने ।
घ पुष १६ गतेदेखि देशव्यापी पर्चा वितरण गर्ने । पर्चाको नमुना केन्द्रले छिटै पठाउने छ ।
ङ पुष २० गते स्थानीय परिस्थिति अनुसार देशव्यापी अन्तक्र्रिया गर्ने ।
च पुष २५ गते देशव्यापी कोणसभाहरु गर्ने ।
छ पुष २६ र ३० का बीचमा जवस तथा मोर्चाका तर्फबाट निर्वाचन बहिष्कारको पक्षमा वक्तव्य दिने ।
दोस्रो चरणमा ः
क माघ २ गतेबाट पर्चा सहित जनभेटघाट तथा घरदैलो कार्यक्रम गर्ने ।
ख उमेदवारी दर्ताको दिन माघ ६ गते सबै ब्युरोका प्रमुख शहरहरुमा बहिष्कार ¥याली गर्ने । माघ ७ गतेदेखि १२ गतेसम्म नगर वा गाउँपालिकामा कोण सभाहरु आयोजना गर्ने ।
ग माघ १५ गते जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रभावकारी मशाल जुलुस निकाल्ने ।
घ माघ २० देखि २७ गतेका बीचमा संसदीय निर्वाचन बहिष्कारको प्लेकार्ड सहित सबै ब्यूरोका प्रमुख शहरहरुमा मोटरसाइकल ¥याली गर्ने ।
तेस्रो चरण भने परिस्थितिको विकास हेरी तेस्रो चरणका कार्यक्रमहरु पछि निर्णय गरी संप्रेषण गरिने छ भनिएको छ ।