संसारकै अब्बल हो रे मेरो देशको गणतन्त्र
त्यसैले त लुट्ने लुटिरहन्छ हेर्ने हेरिरहन्छ
बसी खानेहरूको घण्टामा लाखौं कमाइ हुन्छ
अठार घण्टा लदिनेको भान्छामा कमिला हिँड्छ ।
जनताको लागि ल्याएकोे मेरो देशको गणतन्त्र
धनिको मस्ति गरिबको शास्ती रहेछ गणतन्त्र
युवा विहिन भए बस्ती बृद्ध असक्त छन् घरमा
खेतियोग्य भूमि प्लटिङ भए बाँकी डुबे झारमा
चप्पल पड्काइ हिँडनेहरू जहाज खरिद्ने भए
देशका कलकारखानाहरू धमिराका आहारा भए
हेर्नुस्त नियालेर मेरो देशको अब्बल गणतन्त्र
नामको गणतन्त्र लुट्नेको छुट गरिबको ठगतन्त्र ।
जहाजमा जानेहरू फर्किंदा बाकसमा फर्किन्छन्
खाडीमा जाने दिदीबहिनी नाँसो लिएर फर्किन्छन्
ती चेलीका तस्करहरू आम माफिमा पर्ने गर्दछन्
ज्यँुदै मान्छे जलाउनेहरू राष्ट्रको बफादार बन्छन् ।
वारिको तरकारी मूल्य नपाइ बारीमा सडेर जान्छ
पारिको तरकारी सेटिङमै महङ्गांमा बिक्री हुन्छ
किसानको घरमा बैंकहरूले ताला लगाउँछन्
सरकारमा जानेले महलका तला थपिरहन्छन् ।
भिजिटभिसाका तस्कर गर्नेलाई मुद्धा लाग्दैन
निर्मला पन्तको हत्यारा को थियो ? किन भेटिँदैन
त्यसैले त भन्न मन लाग्छ कति अब्बल गणतन्त्र
तलदेखि माथिसम्म सेटिङमै लुट्न पाइने लुटतन्त्र ।






























