ओखलढुङ्गा – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १४ नं ब्युरो अन्तर्गत विभिन्न ३ जिल्लामा विरोध कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ ।
सोही क्रममा ब्युरो अन्तरगतका ओखलढुङ्गा,खोटाङ र उदयपुरमा स्वाधीन संयुक्त सरकारको माग गर्दै शुक्रवार कोणसभा भएको हो ।
ओखलढुङ्गा बजारको रमाइलो डाँडामा आयोजित बिरोध कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आदर्शले सम्बोधन गर्दै सुशिला कार्की नेतृत्वको सरकार कठपुतली रहेकोले यसको खारेजी गरेर स्वाधीन संयुक्त सरकार बनाउनुपर्ने चर्चा गर्नुभयो । उक्त कार्यक्रमको संचालन पाटीृका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी निर्माण कार्कीले गर्नुभएको पार्टीले जनाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एंव सोलु जिल्ला इन्चार्ज पर्वतलगायतको उपस्थिति
रहेको थियो ।
त्यस्तै खोटाङको सदरमुकाम दिक्तेल बजारमा पाटी का जिल्ला सेक्रेटरी झमप्रसाद आचार्यको संचालनमा पार्टीका पूर्व केस सुनिल वक्ता र केन्द्रीय सल्लाहकार देवीप्रसाद रिजाल प्रमुख वक्ता हुनुहुन्थ्यो ।
उदयपुरको सदरमुकाम गाईघाट नपा वडा नं ६ जलजले बजार पनि पार्टीले कोणसभा गरेको छ । लिलाबहादुर विकको संचालनमा भएको बिरोध कार्यक्रममा वक्ता पार्टी केन्द्रीय सदस्य मोहन तामाङ हुनुहुन्थ्यो । चारवटा जिल्ला भएको उक्त ब्युरोमा तीनवटा जिल्लामा जिल्लाको सापेक्षतामा बिरोध कार्यक्रम भएको थियो ।





























