रुपन्देहीको बेलभरिया र मुर्गीया बजारमा कोणसभा

रुपन्देहीको बेलभरिया र मुर्गीया बजारमा कोणसभा

रुपन्देही – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही जिल्ला समितिको आयोजनामा कञ्चन गापा–१ को बेलभरिया चोक र सैनामैना–४ मुर्गीया बजारमा कोणसभा गरेको छ । शुक्रवार पार्टीको केन्द्रीय कार्यक्रम अनुसार स्वाधीन संयुक्त सरकारको माग गर्दै कोणसभा गरिएको हो ।
बेलभरियाको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हिमलाल वाग्ले र मनीराम सापकोटा, मुर्गीया बजारमा नेता प्रेम सुवेदीले सम्बोधन र बाबुराम आचार्यले संचालन गर्नुभएको केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी लक्ष्मीकान्त पौडेलले जानकारी दिनुभयो ।