क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको अपिल : ‘स्वाधीन संयुक्त सरकार गठन गरौं !’

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको अपिल : ‘स्वाधीन संयुक्त सरकार गठन गरौं !’

आज (कात्तिक २८ गते ) देशैभरका गाउँ तथा नगरपालिका केन्द्रित जनसभा

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिवादको विरोध गरौं !, स्वाधीन संयुक्त सरकार गठन गरौं !!’ भन्ने मूल नाराका साथ एक सार्वजनिक अपिल जारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको अपिलमा आज (कात्तिक २८ गते ) देशैभरका गाउँ तथा नगरपालिका केन्द्रित जनसभा गर्ने उल्लेख गरिएको छ । त्यसैगरी अपिलमा मंसिर १ गते देशव्यापी पर्चा वितरण गर्ने, मंसिर ७ गते महेन्द्रनगर, धनगढी सुर्खेत, घोराही, बुटवल, बागलुङबजार, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगञ्ज, धनुषा, गाइघाट, धरान र विराटनगरमा जनसभाहरु गर्ने, मंसिर महिनाभरि भ्रष्टाचारी र दलालहरुको भण्डाफोर गर्ने र पौष ११ गते माओ दिवसका अवसरमा केन्द्रीय जनसभा गर्ने उल्लेख गरिएको छ ।
यस्तो छ अपिलको पूर्णपाठ :
“लामो समयदेखि देशले भोग्दै आएकोे भ्रष्टाचार, कुशासन, ठगी, महङ्गी, कालोबजारी, मानवतस्करी, अनियमितता, घुसखोरी, भिजिट भिसा, हत्या आदि जस्ता अत्यन्त जनघाती तथा राष्ट्रघाती कार्यका विरुद्ध आम जनताले आवाज उठाइरहेका बेला जेनजी पुस्ताले भ्रष्टाचार र सामाजिक संजालमाथिको प्रतिबन्धको विषय उठाई भाद्र २३ गते शान्तिपूर्ण विद्रोहको थालनी ग¥यो । उक्त न्यायपूर्ण विद्रोहलाई दबाउन नेपाल सरकार पाशविक तथा फासिवादी दमनमा उत्रियो । दर्जनौं युवाहरु मारिए । त्यसमाथि, अमेरिकी साम्राज्यवादद्वारा संचालित आइएनजीओका नाइकेहरुले वास्तविक देशभक्त जेनजीलाई पछाडि धकेलेर कथित जेनजीको नाममा गराइएको विध्वंशका कारण देशले भाद्र २४ गतेको दुःखद परिणाम भोग्नु प¥यो । व्यक्तिका निजी सम्पत्ति मात्र होइन, न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकाका सर्वोच्च अड्डाहरु समेत ध्वस्त पारिए । देशलाई अमेरिकी साम्राज्यवादको अधीनस्थ बनाउने कुत्सित अभिप्रायले विध्वंश गराइएको भएतापनि अन्ततः अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको सहमतिमा सुशिला कार्कीलाई सरकारको नेतृत्व सुम्पिने निर्णय गरियो, संसद विघटन गरियो र कैयौं खुंखार अपराधीलाई समेत जेलमुक्त गरियो । मात्र दुई–तीन दिनमै विगतका जनयुद्ध, जनसंघर्ष तथा जनआन्दोलनका उपलब्धिहरुलाई समाप्त पारेर देशलाई प्रतिगामी दिशामा लैजाने काम भयो । त्यति नै बेला यो स्थिति ल्याउनमा तत्कालीन केपी ओली नेतृत्वको सरकार जिम्मेवार रहेको छ ।
भ्रष्टाचारका विरुद्धको संघर्ष हाम्रो पार्टीको एजेण्डा हो । आषाढ ५ गतेदेखि हाम्रो पार्टीले “भ्रष्टाचार विरुद्धको अभियान” शुुरु गरेको थियो । जेनजीले भ्रष्टाचारको अन्त्य गर्ने र सामाजिक संजाल माथिको प्रतिबन्ध फुकुवा गर्ने माग राखी चलाएको आन्दोलनप्रति हाम्रो समर्थन रहेको थियो । तर जेनजीको नाममा साम्राज्यवादका दलालहरुले गरेको विध्वंशप्रति हाम्रो पार्टी विरोध गर्दछ । जेनजीको नाममा साम्राज्यवादका एजेण्टहरु सरकारमा पुगेका छन् । यसरी पहिलेको तुलनामा आज राष्ट्रिय स्वाधीनता माथिको खतरा कैयौं गुना बढेको छ । उनीहरु निर्वाचन सम्पन्न गर्ने नाममा सबैतिर आप्mनो पकड बलियो बनाउँदैछन् । राजदुतहरुलाई फिर्ता गर्ने, कैयौं कर्मचारीहरुको सरुवा गर्ने, नयाँ कानून बनाउने, सन्धि संझौता गर्ने तथा स्वेच्छाचारी ढंगले शासन चलाउने कामले त्यही संकेत गर्दछ । यो सबै इण्डो अमेरिकनहरुकोे देशलाई रणमैदान बनाउने दाउ हो । निर्वाचनको जाल फ्याँकेर जनतालाई अल्मल्याउन र आफ्नो पकडलाई क्रमिक रुपमा बलियो बनाउन कठपुतली शासकहरुले आफ्नो संजाललाई सुदृढ बनाउँदै छन् । सुशिला कार्की नेतृत्वको कठपुतली सरकारले जेनजीले उठाएका भ्रष्टाचारीहरुमाथि छानबीन तथा कार्वाही, भाद्र २३ र २४ गतेका अपराधीहरु माथि कार्वाही र अवैध सम्पत्तिमाथिको छानवीन जस्ता माग पुरा नगरी स्वयं जेनजीहरुबीच फुट पार्ने र जेनजीका नाममा आइएनजीओका अपराधी हिस्सालाई सरकारमा स्थापित गर्ने काम गर्दैआएको छ । यसरी आज देशको मूल समस्या साम्राज्यवादको निर्देशनमा प्रतिगमन र यथास्थितिवाद बन्न पुगेको छ । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाको हाम्रो अभियानमा यी देशीविदेशी तत्वहरु बाधा बनेर उभिएका छन् । देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता आज अत्यन्त कमजोर हुन गएको छ । साम्राज्यवाद र तिनका दलालहरुबाट मुक्त नहुँदासम्म देशले यसप्रकारको राष्ट्रिय संकट, अस्थिरता र अराजकताबाट मुक्ति पाउन सक्दैन । यी यावत समस्याको समाधान निर्वाचनले गर्दैन । यस तथ्यलाई यसभन्दा पहिलेका निर्वाचनहरुले पुष्टि गरिसकेका छन् । यी समस्याबाट सधैका लागि मुक्त हुन राष्ट्रिय जनप्रतिरोध आन्दोलन चलाउन आवश्यक पर्ने हुन्छ ।
साम्राज्यवाद र विस्तारवाद विरोधी सबै राजनीतिक दल, संगठन, समूह तथा व्यक्ति–व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन, वर्तमान कठपुतली सरकारको विघटन र उक्त सम्मेलनद्वारा गठित स्वाधीन संयुक्त सरकार आजको तत्कालीन राजनीतिक निकास हो । यसप्रकारको सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, जनजीविका तथा जनवादका समस्या हल गरी अग्रगमनको बाटो खोल्ने छ । यसका लागि जुन हदसम्म नीतिहरु मिल्न सक्छन्, त्यो हदसम्म विभिन्न पार्टी, संगठन, समूह तथा व्यक्तिहरुका बीचमा संयुक्त मोर्चा बनाएर तलसम्म जनतालाई आन्दोलित बनाउनु आजको आवश्यकता हो । त्यसैले हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संयुक्त आन्दोलन अगाडि बढाउन चाहन्छ । यसै सिलसिलामा पार्टीले साम्राज्यवाद, विस्तारवाद, प्रतिगमन, यथास्थितिवाद र भ्रष्टाचारका विरोधमा यही कार्तिक २३ गतेको पत्रकार सम्मेलनदेखि मंसिरसम्म चरणबद्ध कार्यक्रम गर्न गइरहेको छ । यस अभियानमा सहभागी हुन र यसलाई विविध प्रकारले सहयोग गर्न हामी सम्पूर्ण देशभक्त वामपन्थी तथा जनवादी शक्तिहरु तथा मजदुर, किसान, व्यापारी, युवा, विद्यार्थी लगायत सबै तह र तप्काका जनतालाई हार्दिक अपील गर्दछौं ।
० २०८२ कार्तिक २८ गते गाउँ तथा नगरपालिका केन्द्रित जनसभा गर्ने ।
० मंसिर १ गते देशव्यापी पर्चा वितरण गर्ने ।
० मंसिर ७ गते महेन्द्रनगर, धनगढी सुर्खेत, घोराही, बुटवल, बागलुङबजार, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगञ्ज, धनुषा, गाइघाट, धरान र विराटनगरमा जनसभाहरु गर्ने । 
० मंसिर महिनाभरी भ्रष्टाचारी र दलालहरुको भण्डाफोर गर्ने ।
० पौष ११ गते माओ दिवसका अवसरमा केन्द्रीय जनसभा गर्ने ।
मितिः २०८२÷०७÷२४
केन्द्रीय कार्यालय”