काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कात्तिक २१ मा “वर्तमान राष्ट्रिय राजनीतिक अवस्था र आमूल परिवर्तनको आवश्यकता विषयक” अन्तरक्रिया कार्यक्रम गर्दैछ । १०९औं महान अक्टोबर क्रान्ति दिवशको सन्दर्भमा सो अन्तरक्रिया कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रमको आयोजना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ९ नं व्यूरोले गरेको हो ।
कार्यक्रम दिनको १२ः३० बजे संवाद डबली अनामनगरमा हुनेछ । कार्यक्रममा उपस्थितिको लागि नेता, कार्यकर्ता, जनता ,पत्रकारहरु सबैलाई सो पार्टीले अनुरोध गरेको छ ।































