काठमाडौं/३१ भदौ
यही भदौ २३ र २४ गते भएको जेन जेडको आन्दोलनका क्रममा जनयुद्धका महान् सांस्कृतिक सहिद कृष्ण सेन इच्छुकको दाङ भालुवाङ बजारमा स्थापना गरिएको शालिक पश्चगामी तथा प्रतिक्रियावादी शक्तिका घुसपैठिया जत्थाद्वारा तोडफोड गरी हटाइएकोमा एच्छुक सांस्कृतिक प्रतिष्ठानले घोर निन्दा र भ्रत्सना गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीद्वारा आज जारि प्रेस वक्तव्यमा इच्छुक, पुष्पलाल श्रेष्ठ लगायतका सहिद तथा योद्धा नेताहरूको शालिक फोडेर हटाउनुका साथै लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि लडेका नेताका निवास एवम् पार्टीका कार्यलयहरूमा गरिएको आगजनीको विरोध गरिएको छ । वक्तव्यमा यस प्रकारको कार्यको उच्चस्तरीय छानविन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ ।






























