काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ९ नं. ब्यूरोका इन्चार्ज सेक्रेटरीसहित नेता कार्यकर्ताहरु वैदेशिक हस्तक्षेप, प्रतिगामी र यथास्थितिवादी षड्यन्त्रका कारण जेन–जी आन्दोलनलाई ध्वस्त पार्न खोजिएको भन्दै सडकमा निस्किएका छन् । ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, सचेत युवा आन्दोलनको कदर गरौ, संघीय जनगणतन्त्र नेपाल निर्माणमा अघि बढौं, समृद्ध नेपाल निर्माण्मा अघि बढौं, भ्रष्ट विदेशी दलालहरुलाई कारबाही गर, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल–जिन्दावाद’ लगायतका नारा लेखिएका प्ले कार्डसहित प्रदर्शनमा उत्रिएको हो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य तथा ९ नं ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागरले सचेत युवा आन्दोलनलाई विदेशी डिजाइनमा ध्यस्त पार्न खोजिएको र प्रतिगामी तथा यथास्थितिवादी षड्यन्त्र पनि जारी रहेकोले देशको स्वाधीनता, जनगणतन्त्रको स्थापना र मुलुकको समृद्धिको लागि युवा आन्दोलनलाई निरन्तर जारी राख्नुपर्ने बताउनु भयो ।






























