महिनावारी र सुत्केरीको सन्दर्भमा

महिनावारी र सुत्केरीको सन्दर्भमा

 

 

हाम्रो समाजले परम्परागत रुपमा महिनावारी र सुत्ेकरी हुनु भनेको अछुत हुनु हो भन्ने जसरी व्यवहार गर्दै आएको छ । महिलाहरुले नै त्यो नियमलाई मान्दै आएका छन् । महिलाहरुले महिलाहरुलाई नै जस्तैःआमाहरुले छोरी,बुहारीलाई घरका अरु महिला सदस्यहरुलाई महिनावारी हुँदा र सुत्केरी अवस्थामा के गर्न हुने के गर्न नहुनै भन्दै सिकाउने गर्दछन् । जस्तै छोरी पहिलो चोटी महिनावारी भएपछि लुकाउने गर्दछन् । आमाले नै छोरीहरुलाई महिनावारी बार्नु पर्दछ नत्र पाप लाग्दछ भनेर सिकाउँदछन् । आमाहरुले सिकाएको छोरीहरुले बुहारीहरुले सिक्ने र सोही अनुसार गर्ने गर्दछन् । महिलाहरुलाई महिनावारी र सुत्केरी भएको अवस्थामा देउता रिसाउने, पाप लाग्ने,मन्दिर जान पूजापाठ गर्न नहुने भन्ने चलन छ । महिनावारी भएका महिलाहरुले वा सुत्केरी महिलाहरुले कुनै पनि देउतालाई चढाउने जस्ता कार्य पितृ पूजाआजाको कार्य गर्न नहुने, भित्र पस्न नहुने जस्ता कुरा सिकाउने गर्दछन् । सोही अनुसार महिलाहरुले गर्दै आएका छन् । महिलाहरु वर्षभरिमा महिनावरी वा सुत्केरी भएको अवस्थामा जान वा अन्जानमा भएको पाप कटाउन भनेर तीजको पर्सिपल्टको पञ्चमी पूजा गर्ने पाप पखाल्ने पूजा गर्ने गर्दछन् ।

महिलाहरुलाई कति कुरामा बन्देज लगाइएको हुन्छ । आजको मितिमा पनि छाउ भएको भन्दै छाउ बार्न बाध्य पार्ने,महिलालाई अछुतको व्यवहार गर्ने,यो खान हुने यो खान नहुने भन्र्दै पोषणयुक्त खानामा वर्जित गर्ने,घरभन्दा टाढा राख्ने,टाढा बस्दा कति मानसिक तथा मनोवैज्ञानिक असर पर्दो हो त्यो को बारेमा कुनै ख्याल नगर्ने अवस्था छ । केही दिन पहिला मात्रै कञ्चनपुरको एक गाउँमा महिलाको छाउ बार्ने क्रममा सर्पले टोकेर मृत्यु भएको थियो । महिलाहरुलाई अछुत मान्ने हाम्रो समाज कुनै बेला महिलालाई नागरिक समेत मान्दैनथ्यो । महिला भनेका घरका केही होइनन् । बोलेमा पनि आइमाई केटाकेटी बोलेको भनेर बोलीको कुनै मान्यता नै दिँदैनथ्यो । महिला पनि कुनै नागरिक हुन सक्छिन् भनेर सोच्ने दिमाग नै थिएन । महिला भनेको त केवल घरहेर्ने ,केटाकेटी बच्चा जन्माउने र लोग्नेको सेवा गर्ने हो भन्ने जस्तो धारणा थियो ।

अहिले एक्काइसौं शताब्दीमा आउँदासम्म पनि महिलाहरु महिनावारी हुँदा र सुत्केरी हुँदा अछुत मान्ने चलन छ । यस्तो चलन महिला अधिकार,महिला मनोविज्ञान, महिलाको स्वास्थ्यको हिसाबले महिला विरोधी छ । भविष्यका नानीहरुकोलागि ठूलो दुःखको कुरा छ । महिलाहरुलाई यसरी अछुत बनाएर किन राखिन्छ त रु यसका कारणहरु छन् । परम्परा,धर्म,पाप जस्ता कारणहरुले महिलाहरुले महिनावारी बार्ने,सुत्केरी बार्ने र महिलालाई अछुत मान्ने चलन छ । महिलाहरुलाई दिमागमा अछुतसरी बन्नु पर्ने र सोही अनुसारको व्यवहार गर्नु पर्ने भनेर भरिदिएका छन् ।

महिलाहरुको महिनावारी हुनु र सुत्केरी हुनु निकै संवेदनशील विषय हो । छोरीहरु किशोरी अवस्थामा प्रवेशको समयदेखि र ४५–५० वर्षको अवधिसम्म महिलाहरुको कुनै कारणबाहेक मासिक रुपमा श्राव भइरहने प्रक्रिया प्राकृतिक प्रक्रिया हो । यो जीवनको अभिन्न अंग हो । महिलाहरु सुत्केरी हुनु भनेको नयाँ जीवन दिने हो । नयाँ जीवन दिन महिलाले जीवन या मरणको संघर्ष गर्नु पर्छ । उनको स्वास्थ्य के हुने रु कसो हुने भन्ने चिन्ता र चासो निकै हुनु पर्छ । महिनावारी,गर्भावस्था ,सुत्केरी अवस्था, बच्चालाई दूध खुवाउने अवस्था भनेको महिलाहरुले मात्रै भोग्नु पर्ने कुरा हो । यो अवस्थामा के हुन्छ रु शारिरीक ,मानसिक र सामाजिक रुपमा के कस्तो हुन्छ भन्ने कुरा महिलाहरुले मात्रै अनुभव गर्ने विषय हो । यो अवस्थामा महिलाहरुलाई स्वास्थ्यको हिसावले पोषणयुक्त खाना,पर्याप्त आराम,शारिरीक रुपमा स्याहार सुसार,सहयोग ,सामाजिक रुपमा माया ममता, मिठो बोली परिवारका सदस्यहरुको रेखदेख सबै कुराको आवश्यकता पर्दछ । कतिपय अवस्थामा महिलाहरुमो समयमा महिनावारी हुने र सुक्ने समयमा हर्मोनहरुको परिवर्तनको कारण मानसिक तनावसमेत भएको हुन्छ । यो महिलाले जानेर भएको हुँदैन वा मैले यो गर्छु भनेर भएको हुँदैन । शरिरमा आफसेआफ यस्तो भएको हुन्छ । यस्तो अवस्थामा महिलालाई निकै रेखदेख स्याहार सुसारको आवश्यकता पर्छ । तर हाम्रो समाजले महिलाको यो गम्भीर अवस्थालाई नबुझेर अछुतको व्यवहार गर्छ ,घरबाट बाहिर टाढा राख्ने गर्छ ।यो समस्या भोग्नेलाई मात्रै थाहा हुन्छ ।पुरुषहरुलाई यस विषयमा केही थाहा नै हुँदैन किनकि उनीहरुलाई भोग्नु पर्दैन ।महिलाहरु जो भोगेर पार भएका छन् उनीहरुले सहनु परेको दुःख पछिको पुस्ताले पनि सहनु पर्छ ।आमाले जे गरेको हो त्यो छोरीहरुले पनि गर्नु पर्छ भनेर नै अहिलेसम्म महिलाहरुले महिनावारी अर्थात सुत्केरी हुँदा बार्ने कार्य गर्दै आएका छन् ।महिलाहरुलाई नबारेमा के हुन्छ रु भनेर सोच्न समेत दिएको छैन किनकि पाप भनेर पापको डर देखाइन्छ । घरभित्र पस्नु हुन्न पाप लाग्छ ,पढ्नु ,लेख्नु,बोल्नु हुन्न सरस्वती रिसाउँछिन् पापलाग्छ,घरमा पूजाआजा गर्नु हुन्न पाप लाग्छ ।मन्दिरमा जानु हुन्न पापलाग्छ । दाइ ,भाइसँग छोइनु हुन्न पाप लाग्छ । माइतमा सुत्ेकरी हुुनुहुन्न पाप लाग्छ । यो पापको डर देखाएर महिलालाई सँधै महिनावारी र सुत्केरी बार्ने बनाईएको छ ।

महिनावारी र सुत्केरी हुनु महिलाहरुको निकै गाह्रो अवस्था हो । महिनावारी भनेको महिलाहरुले बच्चा जन्माउन परिपक्व भएको भन्ने संकेत हो । महिला महिनावारी नभएमा त मानव जीवन असम्भव हुने थिया ।े मानवको कुनै कल्पना नै गर्न सकिँदैनथ्यो । जब महिला महिनावारी हुन्छिन् उनले यो संसारमा बच्चा जन्माउन सक्छिन् । महिलाहरु महिनावारी भएको अवस्थामा शरिबाट रक्तश्राव भएको हुन्छ ।रक्तश्राव अत्यधिक भएर महिलाको जीवन नै जोखिममा पर्न सक्छ । यस्तो बेला महिलाहरुलाई पोषणयुक्त खाना, राम्रो स्याहार ,राम्रो स्थानमा बसोबास ,राम्रो उपचार,निकै आरामको आवश्यकता पर्छ । यो अवस्थामा घरदेखि पर बस्नपर्दा ,एक्लै रातदिन बिताउन पर्दा वा शारिरीक रुपमा असक्त भएर त्यसको सामना एकल रुपमा गर्नु पर्दाको पीडा कति होलारु त्यसमा जंगली जनावरको आक्रमण ,सर्पको डसाइ ,बलत्कारको शिकार हुँदा र मारिनु समेत पर्दा महिलाको जीवन र परिवारमा कति असर भएको होलारु
महिनावारी हुने र सुत्केरी हुने कुरा महिलाको मात्रै विषय भएर सहने,नदेखाउने,लुकाउने विषय बनाइएको छ । जति नै दुःखोस,जति नै समस्या परोस ,जति नै शारिरीक रुपमा कमजोर र असक्त होस त्यो विषयमा खासै ध्यानको विषय,सोच्नु पर्ने विषय बनेको छैन । उसले खुरु खुरु काम गरिरहेकै हुन्छ ।सुत्केरी अवस्थामा पनि महिलालाई काम गर्न बाध्य पारिने गरिन्थ्यो । अहिले अलिकता परिवर्तन आएको छ , यस्तै भोग्दै आए । महिलाको विषय भएर पनि यी विषय नउठेको होला भन्ने लाग्छ । यदि पुरुषहरुले सुत्केरीको र महिनावारी हुँदाको अवस्था भोग्नु पर्ने भए उहिल्यै के हुन्थे रु तर महिलाको विषय हो महिनावारी र सुत्केरी अवस्था । यसो एक चोटी मात्रै सोच्दा पनि कति गाह्रो विषय छ केही नभएको अंगबाट एकाएक ३–४ दिन रगत बग्छ रु केही नभएको भागबाट बच्चा जन्मिन सक्छ र त्यो सन्चो हुन ४५ दिन भन्दा बढि लाग्छ । महिलाको यो अवस्था निकै संवेदनशील अवस्था हो । यो अवस्थामा महिलाले पोषणयुक्त खाना ,आराम ,माया ममता सबै पाउनु पर्दछ । तर समाजमा पाप र परम्पराको कारण यी सबै कुरा वर्जित गरिएको छ । महिलाहरुले यी कुराहरु केही होइनन् । यो प्राकृतिक नियम हो ।यो सृष्टि चलाउने नियम हो भनेर महिनावारी बार्नु छैन सुग्घर सफाइमा ध्यान दिने,अछुतको व्यवहार नगर्ने नगराउने,परिवारका सदस्यहरु सुत्केरी वा महिनावारी भएमा उनीहरुलाई आवश्यक पर्ने साधन स्रोतको उपलब्धता गराउने गर्नु पर्दछ ।महिलालाई जसरी पापको खानी जसरी व्यवहार गरिएको हुन्छ त्यो केही पनि होइन भन्ने सोचाइको विकास गर्नु प¥यो ।

पहिले महिलाहरुले समाजमा आइपरेका कार्यहरु जन्ती ,मलामी जानु हुँदैनथ्यो । महिलाले मारकाट गर्नु हुँदैनथ्यो पाप लाग्छ भन्ने चलन थियो । महिलाले हलो जोत्न हुँदैन पाप लाग्छ ,घरको छानोमा चढ्नु हुँदैनथ्यो पाप लाग्थ्यो । तर अहिले महिलाहरु जन्ती ,मलामी जान थालेका छन् ,पाप लागेको छैन ।
कुनै जमाना यस्तो थियो बाहुनले हलो जोत्न हुँदैन्थ्यो,पापको रुपमा लिइन्थ्यो । घरमा निःशुल्क हलो जोत्ने हलीको व्यवस्था गरेर ब्राह्मण समुदायका मानिसहरु बिना परिश्रम खान पाउँथे । ब्राहमणले हलो जोतेमा महापाप मानिथ्यो । नेपालमा २००६ साल साउन ११ गते हलो क्रान्ति गर्नु परेको थियो । ब्राहमणले हलो जोतेको भनेर जेलनेल झल्नु पर्दथ्यो ।

केही समय पहिला पश्चिमतिर छाउगोठ भत्काउने अभियान चल्यो तर हट्न सकेन । महिलाहरुलाई मुख्य रुपमा पापको डर देखाउने चलन छ यो गर्नु भएन । महिलाहरु स्वयम् पनि संघर्ष गर्नु प¥यो ,केहीहुँदैन भनेर । हामीले शिक्षित पढेलेखेका महिलाहरुमा पनि यी सबै परम्परागत धारणाहरु मान्ने ,त्यसलाई पुरै पालना गर्ने गरेको पाउँछौं । महिलाहरुको पहिलाभन्दा चेतनामा परिवर्तन भएको छ तर पनि यस्ता महिलाविरोधी चलनहरु हट्न सकेको छैन । किनकि महिलाहरुले मान्दै आए ,एकचोटी नमानेर भित्रै पसेर हेर्नु त महिनावारी भएको समयमा केही हुने छैन ।