नेवाः मोर्चाको स्थापना दिवसमा अग्रणी अभियन्ता डा.महेशमान श्रेष्ठ सम्मानित

नेवाः मोर्चाको स्थापना दिवसमा अग्रणी अभियन्ता डा.महेशमान श्रेष्ठ सम्मानित

काठमाडौं। काठमाडौं न्यौखा जनचिकित्सालयको हलमा आयोजित एक कार्यक्रमका बिच नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालले आफ्नो २८ आौ स्थापना दिवसमा जनजाति तथा भाषा आन्दोलनका अग्रणी व्यक्तित्व तथा अभियन्ता डा.महेशमान श्रेष्ठलाई सम्मानित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल का कार्यबाहक महासचिव सिपी गजुरेलले डा महेशमान श्रेष्ठलाई दोसल्ला ओढाई ताम्रपत्र प्रदान गरी सम्मान गर्नुभयो ।

प्रमुख अतिथि गजुरेलद्वारा पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रमको अध्यक्षता नेवाः राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रीय अध्यक्ष पवन मान श्रेष्ठले गर्नुभएको थियो। मोर्चाका केन्द्रीय महासचिव शिव श्रेष्ठ द्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य मोर्चाकै केन्द्रिय उपाध्यक्ष शुरेश श्रेष्ठले दिनुभएको थियो भने अर्का उपाध्यक्ष गोर्की श्रेष्ठले खादा लगाएर अतिथि सत्कार गर्नुभएको थियो।

प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले अन्य देशको जस्तो नभएर नेपालमा जनगणतन्त्र नेपालकै जस्तो हुने बताउनु भयो । नेपालको माटो सुहाउँदो वर्ग जाति भाषा संस्कृति लिङ्ग सवैको भावना समेटिने, आत्मस्वभिमानको सम्मान गर्दै सबैले अपनत्व महसुस गर्न सक्ने खालको हुनेछ भन्नु हुंदै अब नेपालको राष्ट्रियता जनतन्त्र र जनजीविकाका तमाम्म समस्या यथास्थितिबाट हल नहुने भन्दै पश्चगामी धारा बाट त झन हुदै नहुने ठोकुवा गर्नुभयो । उहाँले जनताका तमाम समस्या अग्रगामी बाटो जनगणतन्त्रबाट मात्रै सम्भव हुने बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले दुई महिना पुर्व पश्चिम अभियान संचालन गर्यौ। जनता समर्थक शुभचिन्तक हरु बाट प्राप्त राय सल्लाह सुझाव लाई संश्लेषण गरि कार्यक्रम बनाएर जाने बताउदै संसद वादी दलहरु जनसरोकार का समस्या हरुलाई वेवास्ता गरि मिशन चौरासि भन्दै कुदेको, भ्रष्टाचार अनियन्त्रीत हुदै गएको कालोबजारी र बेथिति ले जनता वाक्कदिक्क भएका ले राजावादीहरुले टाउको उठाउन थालेका छन् ।” उहाँले जनगणतन्त्र प्राप्तिका लागी जनतामा नयाँ जागरण पैदा गर्न पार्टी लागी परिरहेको पनि बताउनु भयो। नेपालका आदिवासी जनजातिले पहिचान मात्रै न मागेका थिए । तर यथास्थिति र पश्चगामीबाट यी सम्भव नै नहुने बताउनु भयो ।

अर्का अतिथि क्रान्तिकारी किसान महासंघका अध्यक्ष सिताराम तामाङले भाषा आन्दोलनमा लाग्न प्रेरित गर्ने गुरु नेवा अगुवाहरु नै हो भन्दै आज गुरु मानेको र नेपालको समृद्व बिकसित र शासित जाति समुदायको भाषा तथा आदिवासी जनजाति आन्दोलनका अग्रणी डा महेशमान श्रेष्ठलाई सम्मान गर्नुभएकोमा धन्यवाद दिनुभयो । उहाँले भाषा संस्कृति तथा आदिवासी जनजाति आन्दोलनलाई बर्ग संघर्षसंग जोडेर लगे मात्रै सम्भव हुने बताउनु भयो। नेपालको आदिवासी जनजातिहरुको भाषा संस्कृति मास्ने पहिलो पृथ्वीनारायण शाह दोस्रो जंग बाहदुर राणा, तेस्रो महेन्द्र चौथो केपी शर्मा ओली रहेको बताउनुभयो। नेपालको भाषा संस्कृति आन्दोलन कमजोर हुनुमा आदिवासी जनजाति महासंघ बिभाजन भएकोले हो, अब सबैलाई एकजुट बनाएर आन्दोलनलाई सशक्त बनाएर लान नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालले जिम्मेवारी लिनु पर्दछ भन्नु भयो।

प्रध्यापक डा. जगदिशचन्द्र भण्डारीले भन्नलाई त लोकतान्त्रिक गणतन्त्र भनिन्छ तर प्रदेश को नाम पहिचान झल्किने मात्रै भएपनि देउ न भन्दा दिदैन भन्नु हुंदै बर्तमान सरकार सत्ता संरचनाबाट पाउने त परैको कुरा भएको पनि खोसिदै गएको दर्शाउँदै कविता वाचन गर्नुभएको थियो। नेवा दे दवुका अध्यक्ष पबित्रा बज्राचार्यले अरु भाषिक समुदाय भन्दा शिक्षित र समृद्व हुँदा हुँदै पनि पछि परेको बताउनुभयो। देशमा लोकतान्त्रिक गणतन्त्र आएपछि पनि आदिवासी जनजातिहरुको अधिकार झन झन खुम्चिदै गएको सरकारी कामकाजी भाषाको रुपमा प्रयोग भएर पनि हटाउनु अधिकार खोसिएको सवुत हो भन्नुभयो।

सम्मानित व्यक्तित्व डा महेश मान श्रेष्ठले नेवा राष्ट्रिय मुक्तिमोर्चा नेपालले आफुलाई सम्मान गरेको मा खुसी प्रकट गर्दै मोर्चालाई अभार व्यक्त गर्नु हुँदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेपालमा यथास्थितिवादी धारा, पश्चगामी धारा र अग्रगामी धारा रहेको यथास्थितिवादी धारा को नेतृत्व कांग्रेस एमाले र एमाओवादी लगायतका संसद वादी दलहरु ले गर्छ भने पश्चगामी धारा को नेतृत्व राजावादीले र अग्रगामी धाराको नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल गर्छ भनेर आफ्नो धारणा सार्वजनिक गरे पछि निराश बनेका जागरुक नयाँ युवा पुस्तामा केहि आशा भरोसा पलाएको बताउनु भयो। उहाँले जनगणतन्त्रको सरल व्याख्या गरेर जनतालाई सुसूचित गराउन अनुरोध गर्नुभयो।

कार्यक्रमका अध्यक्ष पवन मान श्रेष्ठले अतिथि गणहरुको सल्लाह सुझाव अनुसार आदिवासी जनजाति आन्दोलनलाई सशक्त बनाउन आम तप्कामा पुगेर निर्विकल्प अभियानको रुपमा विकास गर्दै नेतृत्व गर्ने प्रतिवद्वता मन्तव्य राख्दै कार्यक्रम समापन गर्नुभयो।