जनयुद्ध दिवसको पूर्ब सन्ध्यामा बर्दघाटको चोक चोकमा बहिष्कारको कालो ब्यानर (फोटो फिचर) !

जनयुद्ध दिवसको पूर्ब सन्ध्यामा बर्दघाटको चोक चोकमा बहिष्कारको कालो ब्यानर (फोटो फिचर) !

संयुक्त संघर्ष समिति र एकल छुट्टाछुट्टै बिरोध कार्यक्रम

नवलपरासी २९ माघ – जनयुद्ध दिवसको पुर्ब सन्ध्यामा संयुक्त संर्घष समिति नवलपरासी अन्तगरत बिभिन्न बहिष्कारवादी पार्टीहरुले बर्दघाट  बजारको चोकचोकमा कालो ब्यानर लगाएर निर्वाचनको बिरोध गरेका   छन् । निर्वाचन बहिष्कारको पक्षमा प्रचार प्रसार तीब्र बनाउदै संयुक्त संघर्ष समिति सम्बद्व पार्टीहरुले समितिको संयुक्त र पार्टीको एकल कालो ब्यानर लगाउदै निर्वाचनको बिरोध गरेका हुन ।

साम्राज्यवादद्वारा प्रयोजित संसदीय निर्वाचन बहिष्कार गर्न आब्हान गर्दै जिल्ला संर्घष समितिले प्रचार प्रसारको गतिबिधि तीब्र बनाएको संयोजक एवं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी दिए । उनका अनुसार दोस्रो चरणको संर्घषका कार्यक्रम बमोजिम जिल्लाभर  पर्चा वितरण, पम्पलेट,ब्यानर टाग्ने र घरदैलो कार्यक्रमहरु जिल्लाका बिभिन्न पालिकास्तरमा भइरहेका छन् । सो क्रममा बर्दघाट नगरको ४ नम्बर वडाको कार्यालय परिसर, बसपार्क, मुख्य बजार , चिसापानी चोकलगायतका स्थानमा बहिष्कारको कालो ब्यानर टागेर बिरोध कार्यक्रम भएको समितिले जनाएको छ । निर्वाचन कार्यालय नजिकै पर्ने वडा कार्यालय देखि मान्छेहरुको आवत जावत बाक्लो हुने बजारको मुख्य चोक , बसपार्क, हाट बजारलगायतमा बग्रेल्ती कालो ब्यानर टाङ्गिएपछि यहाँको प्रहरी प्रशासन हैरानीमा परेको जनाइएको छ । सो कालो ब्यानर लाई प्रहरी प्रशासनले आचारसंहिता उल्लंघन भन्दै हटाउने गरेपनि बहिष्कारवादी दलले भित्तेलेखन मार्फत पनि बहिष्कार कार्यक्रमलाई बढावा दिइरहेको स्थानीयवासी बताउछन् । जिल्लामा केन्द्रीय संर्घष समितिमा सम्बद्ध चार पार्टी मध्ये क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (बहुमत) क्रियाशिल रहेको समितिले जनाएको छ । सुशिला कार्की नेतृत्वको सरकारलाई कठपुतलीको संज्ञा दिदै संर्घष समितिले स्वाधीन संयुक्त सरकारको माग गर्दै आएको छ । बहिष्कार आन्दोलनमा बैक तथा बित्तीय पीडित, मिटर ब्याज पीडित मजदुर एंव किसान तथा नो भोट अभियानलगायतको साथ रहेको संर्घष समितिले जनाएको छ ।