कार्तिक ११ गते माइतीघरमा प्रदर्शन हुने

कार्तिक ११ गते माइतीघरमा प्रदर्शन हुने

काठमाडौं । विभिन्न वामपन्थी, देशभक्त तथा जनवादी पार्टी तथा संगठनहरुको आयोजनामा कार्तिक ११ गते माइतीघरमा प्रदर्शन हुने भएको छ ।

दिउँसो १ बजे उक्त प्रदर्शन गरिने आयोजकहरुले जनाएको हुन ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (बहुमतं) वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माक्र्सवादी) पुष्पलाल, प्रतिरोध आन्दोलन,समृद्धि पार्टी लगायतका दल र संगठनहरुले उक्त प्रदर्शन गर्न थालेका हुन । “साम्राज्यवाद, प्रतिगमन,र यथास्थितिवादको प्रतिरोध गरौं । राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एक जुट होऔं । ” भन्ने नारा सहित प्रदर्शन गरिने भएको छ ।