अग्रगामी दिशाको पक्षमा उभिन जेन–जीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सल्लाह

अग्रगामी दिशाको पक्षमा उभिन जेन–जीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सल्लाह

काठमाडौं । अग्रगामी दिशाको पक्षमा उभिन जने–जीलाई क्रान्तिकारी कम्युनिस्ट पाटीृ नेपालले सल्लाह दिएको छ । एक प्रेस वक्तव्य मार्फत् क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दै यस्तो सल्लाह दिएको हो । पार्टीका कार्यवाहक महासचिव गौरवले आज पार्टीको धारणा सार्वजनिक गर्दै यस्तो सल्लाह दिनुभएको हो ।

वक्तव्यमा भनिएको छ, “ आन्दोलनकारी र नेपाली सेनावीच वार्ता भइरहेको कुरा सार्वजनिक भएको छ । यो आन्दोलनले उठाएका मागहरुलाई पूरा गर्ने सन्दर्भमा कस्तो प्रकारको सम्झौता हुने हो भन्ने सर्वत्र चासो छ । वार्तामा जनताद्वारा गरिएको बलिदानले कति सफलता हासिल गर्छ भन्ने कुरा प्रमुख हुन्छ । त्यस विषयमा पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । तीनवटा सम्भावना हाम्रो अगाडि छन् ः अग्रगामी, यथास्थितिवादी र पश्चगामी । कुन बाटोमा अगाडि बढ्ने भन्ने कुरा हामी अध्ययन गरिरहेका छौँ । आन्दोलनकारीहरुलाई हामी यो वार्ताको समयमा नै अग्रगामी दिशाको पक्षमा उभिने सल्लाह दिन चाहन्छौँ ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ :

प्रेस वक्तव्य
हिजो २०८२÷५÷२५ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समिति बैठक कार्यवाहक महासचिव क. गौरवको अध्यक्षता र महासचिव क. किरणको उपस्थितिमा सम्पन्न भयो । बैठकले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा ग¥यो र पार्टीको प्रारम्भिक धारणा सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
हाम्रो पार्टीले गत असार ५ गतेदेखि भ्रष्टाचार विरोधी कार्यक्रम संचालन गर्दै आइरहेको छ । यही अवस्थामा जेन–जीले पनि भदौ २३ गते भ्रष्टाचार र सरकारले सामाजिक संजालमाथि लगाएको प्रतिबन्धको विरोधमा विरोध प्रदर्शनको आयोजना ग¥यो । उक्त दिन जेन–जीले आयोजना गरेको प्रदर्शनमा राज्यको तर्फबाट अनावश्यक हस्तक्षेप गरियो जसको कारण ३० जना कलिला होनहार युवाहरुको ज्यान गयो भने सयौं व्यक्ति घाइते भए । यस सम्बन्धमा २३ गते नै हाम्रो पार्टीले वक्तव्य मार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।
त्यसको भोलिपल्ट भदौ २४ गतेका दिन जेन–जीले नेतृत्व गरेको उक्त आन्दोलन फरक ढंगले अगाडि बढ्यो । भ्रष्टाचार, राष्ट्रिय स्वाधीनता, वाक स्वतन्त्रा तथा प्रेस स्वतन्त्रता सम्बन्धी मौलिक हकमाथि हस्तक्षेपको विरोधमा सुरु भएको आन्दोलन अर्कैतिर मोडेको देखियो । सरकारी भवनहरुलाई निशाना बनाइयो । यही कारणले गर्दा जनताको अभूतपूर्व समर्थन भएको आन्दोलनको विषयमा आशंका व्यक्त हुन थाल्यो ।
आन्दोलनकारी र नेपाली सेनावीच वार्ता भइरहेको कुरा सार्वजनिक भएको छ । यो आन्दोलनले उठाएका मागहरुलाई पूरा गर्ने सन्दर्भमा कस्तो प्रकारको सम्झौता हुने हो भन्ने सर्वत्र चासो छ । वार्तामा जनताद्वारा गरिएको बलिदानले कति सफलता हासिल गर्छ भन्ने कुरा प्रमुख हुन्छ । त्यस विषयमा पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । तीनवटा सम्भावना हाम्रो अगाडि छन् ः अग्रगामी, यथास्थितिवादी र पश्चगामी । कुन बाटोमा अगाडि बढ्ने भन्ने कुरा हामी अध्ययन गरिरहेका छौँ । आन्दोलनकारीहरुलाई हामी यो वार्ताको समयमा नै अग्रगामी दिशाको पक्षमा उभिने सल्लाह दिन चाहन्छौँ ।
मिति ः २०८२÷५÷२६

गौरव