जिम्मेवार शक्तिहरुको सक्रियतामा सर्वपक्षीय संवाद गर्न राष्ट्रिय प्राध्यापक संगठनको माग

जिम्मेवार शक्तिहरुको सक्रियतामा सर्वपक्षीय संवाद गर्न राष्ट्रिय प्राध्यापक संगठनको माग

काठमाडौं । राष्ट्रिय प्राध्यापक संगठनले जिम्मेवार शक्तिहरुको सक्रियतामा सर्वपक्षीय संवाद गर्न माग गरेको छ । संगठनका अध्यक्ष प्रा.डा.जगदीशचन्द्र भण्डारीले वक्तव्य जारी गर्दै यस्तो माग गर्नुभएको हो । उहाँले जारी गरेको वक्तव्यमा भनिएको छ, “२३ गते जेन–जेडले देशमा बढेको व्यापक भ्रष्टाचार, बेरोजगारी, आर्थिक असमानता, नातावाद, पलायन, राष्ट्रियता विरोधी कदम तथा सोसल मिडिया प्लेटफर्ममा प्रतिबन्ध लगाएर अभिव्यक्त स्वतन्त्रतामाथि गरिएको बन्देजका विरुद्धमा गरेको आन्दोलनमा भएको बर्बर ,नृशंस र क्रूर दमनबाट २१ जना युवाको हत्यासँगै सयौंलाई घाइते बनाएको प्रति हाम्रो सङ्गठन स्तब्ध र दुस्खित भएको छ । ओली सरकारको उक्त अमानवीय कदमको हामी तीव्र निन्दा र भ्रत्सना गर्दछौं । साथै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते आन्दोलनकर्मीहरुको तत्काल निःशुल्क उपचार गर्न माग गर्दछौं ।

आन्दोलनलाई अराजकतातिर धकेली निहित स्वार्थसिद्ध गर्न खोज्ने तत्वप्रति सचेत रहन आन्दोलनकर्मीहरुलाई आह्वान गर्दछौं र जिम्मेवार शक्तिहरुको सक्रियतामा सर्वपक्षीय संवाद गर्न र माग पूरा गराउन अग्रगामी शक्तिहरुलाई अगाडि बढ्न समेत आह्वान गर्दछौं ।”
प्रा.डा. जगदीश चन्द्र भण्डारी, अध्यक्ष, राष्ट्रिय प्राध्यापक संगठन