खाँचो नयाँ क्रान्तिको

खाँचो नयाँ क्रान्तिको

कविता

जहाँ जाउँ म सुन्ने गर्छु
यो तेरो घर हैन
आखिर मेरो घर कुन हो ?
जन्मदा एउटा पहिचानका साथ जन्मन्छु
समयसँगै फेरिन्छ मेरो पहिचान
आखिर मेरो थर कुन हो ?
संंस्कारको नाममा कुरितिहरूमा ढाकिएको म
एउटा नारी हुनुको दायित्व निभाउँदा निभाउँदै
अन्धविश्वासमा रापिएको म
पुरुषवादी समाजमा नारी भएर धेरैचोटी हेपिएको म
हरेक कुरामा मैलाई तल पार्ने
धेरै अन्यायहरूबाट खेपिएँ म
एक चिम्टी सिन्दुरसँगै फेरिए मेरा
साथीसंगी र आफन्तजन पनि
सन्तान उत्पादन गर्ने कारखाना मानिन थाले
समयको चक्र फेरियो तर बदलिएन मानिसको सोच
सधैँ मैमाथि थुप्रियो किन चुलोचौकोको बोझ् ?
धेरै सुने गहकिला तर्कहरू शब्दमा
तर वास्तवमा न्याय भेटिएन
नारीलाई पक्षपात गर्ने व्यवहार अझ्ै मेटिएन
अब त मैले पनि न्याय पाउनै प¥यो
म र मजस्ताका लागि वास्तवमा
नयाँ क्रान्ति आउनै प¥यो ।