उदय संभव छ नेपाली बिन लादेनको ?

स्वाभिमान बन्धक राखेपछि के हुन्छ ? हालत माओवादी केन्द्रको हेरे पुग्छ । माओवादी केन्द्रमा रहेकाहरुले आफूहरु ओली सरकारबाट अलग्गिएपछि सरकारले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ भन्ने गरेका छन् । ओलीमा संसदीय नैतिकताको मापन अविश्वासको प्रस्ताव फेस गरेपछि देखिने छ । तर विगत हेर्दा विराट आस्था र विचारको राजनीतिक धरातलमा उभिएर आएको माओवादी केन्द्रका बारेमा निकै […]

यसकारण असफल भयो टर्कीमा सत्ता पल्टाउने प्रयास ?

एजेन्सी । टर्कीका प्रधानमन्त्री बिनाली यिलदरिमले सत्ता हत्याउने प्रयास असफल बनाएको बताउँदै यसको लागि जिम्मेवार जनताको साथ यसका हकदार रहेको बताएका छन् । शुक्रबारको रातको केही घन्टा सम्म सयौं सैनिकहरुले राजधानी अंकारा र इस्तानबुलका महत्वपूर्ण क्षेत्र कब्जामा लिएर राखे । घन्टौसम्म राष्ट्रपति रिसेप एर्दोगान तैयप कहाँ छन् भन्ने पुष्टि थिएन र उनी टर्कीको दक्षिण पश्चिमी क्षेत्रमा […]

फ्रान्सको घटना ः अतिक्रमणपछिको आक्रमण

फ्रान्सको दक्षिणी शहर निसमा फ्रान्सेली क्रान्तिको सम्झनामा मनाइरहेको एक भव्य कार्यक्रममा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउंदा ८४ जनाको मृत्यु भएको समाचारले संसारमा सबैलाई चकित र त्रसित पारेको छ ।फ्रान्सको दक्षिणी शहर निसमा फ्रान्सेली क्रान्तिको सम्झनामा मनाइरहेको एक भव्य कार्यक्रममा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउंदा ८४ जनाको मृत्यु भएको समाचारले संसारमा सबैलाई चकित र त्रसित पारेको […]

भारतीय हस्तक्षेपलाई बैधानिकता दिने भूमिकामा प्रबुद्ध समूह ?

काठमाडौं । आज मुलुक राष्ट्रियता, जनतन्त्र र जनजीविकाका हिसाबले जर्जर अवस्थामा छ । मुलुकलाई एउटा ग्राण्डडिजाइनमार्फत् भूटानीकरण हुँदै सिक्किमीकरणको दिशामा लैजाने खेलहरु भइरहेका छन् । भर्खरै सम्पन्न नेपाल–भारतका प्रबुद्ध समुहकों बैठकपछि भारतीय प्रबुद्ध समूहका संयोजक भगतसिंह कोसियारीले दिएका दुईवटा अभिव्यक्तिले यो डिजाइनतर्फ संकेत गरेको छ । उनले भनेका छन्– ‘भारतीय शासकवर्ग नेपाललाई भूटानजस्तै खुसी देख्न […]

सैन्य हस्तक्षेपदेखि सद्दाम फाँसीसम्म

 इराक आक्रमणको १३ वर्षपछि चिलकट प्रतिवेदन, इराक आक्रमण तर्कसंगत र न्यायपूर्ण दुवै देखिएन बुस र ब्लेयरमाथि चल्न सक्छ युद्ध अपराधको मुद्धा दुजैलमा एक सय ४८ जना इराकीलाई मारेको घटनामा सद्दामलाई फाँसीको सजाय दिलाउने अमेरिकाले अल हलाब्जामा पाँच हजार इराकीलाई मारेको विषयको किन चर्चा सम्म गर्दैन ? हतियार निरीक्षणका लागि राष्ट्रसंघले बनाएको निरीक्षण टोलीका प्रमुख नै […]

पेरिसडाँडाका चार अप्ठ्यारा र एक मात्र विकल्प

काठमाडौं । एमाले सरकार बदलेर वा ढालेर पछिल्लो चरणमा पेरिसडाँडाले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि थालेको प्रचण्ड पहललाई निरन्तरता दिइरहेको छ । तर काँध थाप्न तयार रहेको भनी आश्वासन दिंदै आएको नेपाली काङ्ग्रेसले हिजो मात्र त्यसो गर्न अनिच्छा व्यक्त गरेको छ । मिडियामा पेरिसडांडाको यो पहललाई अब ‘असंभव’ रहेको चर्चा पनि गरिन थालिएको छ । […]

पार्टी ‘डिजल्भ’को अन्तिम तयारीमा प्रचण्ड !

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नै पार्टी बिघटनको अन्तिम तयारीमा जुटेका देखिन्छन् । जनयुद्ध, जनसत्ता, जनसेना र आफ्नै नेतृत्वमा रहेको ९ महिने सरकार मात्र होइन, बाबुराम मार्फत् संविधानसभा समेत सुनसान मध्यरातमा बिघटन गराएर दिल्ली रिझाउन व्यस्त प्रचण्ड अब आफ्नै पार्टी बिघटनको अन्तिम तयारीमा जुटेका उनी निकट स्रोतले दाबी गरेको छ । ‘देश र जनताका लागि भनेर […]

नाम परिर्वतन गर्दैमा सार बदलिदैन

उपरोक्त फ्रेडरिक एन्गेल्सको भनाईले अहिले पनि हाम्रा लागि निकै महत्व राख्दछ । यो भनाई त्यति बेला लेखिएको थियो, जतिवेला माक्र्स एन्गेल्सले भरखरै मात्र कम्युनिष्ट घोषणा पत्र जारी गदैं पुँजीवादको विकल्प एउटा कालखण्डसम्म समाजवादी राज्यव्यवस्थाको आवश्यकतामाथि जोड दिनु भएको थियो । तर त्यो कुरालाई एकातर्फ पुँजीपतिवर्गले पुँजीवाद नै निर्विल्प व्यवस्था बताउँदै यो विचारप्रति आक्रमण गर्दथे भने, […]

पर्यटकीय जिल्ला बन्दैछ अर्घाखाँची

अर्घाखाँची  । अर्घाखाँची जिल्लामा पर्यटन प्रबद्धनको वलियो संभावना छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको यस जिल्लामा चार दर्जनभन्दा बढी ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सुन्दर रमणीय पर्यटक स्थलहरु रहेका छन् । यहाँको पाणिनी तपोभुमि पणेना, सुपा देउराली मन्दिर खाँचीकोट र भगवति मन्दीर अर्घा देशकै प्रसिद्ध मानिन्छन् । पाणिनी ऋषिले तपस्या गरेको पाणीनी तपोभुमि पणेना संसारकै पवित्र ठाउँ […]

बिलय के उद्देश्यका लागि ?

बिलिन वा बिलय हुने कुरा एकताका नेपाली माओवादी राजनीतिक बजारमा बोल्नेको पीठो बिक्ने जस्तै हुन पग्यो । गाउँघरमा भन्ने पनि गरिन्छ, गरिखान नसक्ने हराउने बिलाउने त हो । बिलाउने भनेको अरुको स्वत्वमा आफूलाई देख्नु हो । भनिन्छ, मान्छेहरु वा नेताहरु पनि ‘लिड’ वा ‘लेड’ गरी दुई प्रकृतिका हुन्छन् । कोही अगुवा भएर डोयाउँदै लिएर जान्छन् […]