विप्लव माओवादीको सम्झौतापरस्त नीति ?

“उनीहरुमा तथ्यहरुबाट सत्य पत्ता लगाउने मनसाय हुँदैन, तर खाली वाक्यचातुर्यद्वारा तारिफ लुट्ने इच्छा मात्र हुन्छ । यी व्यक्ति त्यस्ता वस्तु जस्ता हुन्छन्, जो चम्किलो भए पनि सारगर्भित हुँदैन, फुट्ने प्रकृतिको भए पनि ठोस हुँदैन ।”–माओ उपरोक्त माओको भनाईले सत्यको खोजी व्यक्तिको मनोगत इच्छामा होइन, समाजको वस्तुगत तथ्यमा निर्धारण हुने कुरा प्रष्ट छ । व्यक्तिले उपरी […]

प्रचण्डको दोधारः चीनलाई समात्न मन लाग्ने, भारतलाई छाड्न नसक्ने

 गत महिनामात्रै कांग्रेस सहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत नै गर्ने भएका छन् । प्रचण्डले यही भदौ महिनामा अन्तिम सातामा भारत भ्रमण गर्ने तयारी गरिरहेको उच्च स्रोतले जानकारी दिएको छ । यसअघि २०६५ मा पहिलो पटक प्रधानमन्त्री बनेका उनी भारतभन्दा अघि चीन गएपछि […]

सहिद रामवृक्ष यादव, मधेस र मधेसमुक्ति आन्दोलन

०५१ साल भाद्र २ गते तत्कालीन राज्यद्वारा पालितपोषित लठैतहरुले क्रूर र विभत्स तरिकाले रामवृक्ष यादवको हत्या गरे । उनी मधेसी किसानहरुका बीचमा असाध्यै लोकप्रिय थिए । उनी मालेमावादी विचार दर्शनलाई जीवनव्यवहारमा उतार्ने सच्चा कम्युनिष्ट थिए । आफ्नो जीवनकालमा उनले आफ्नो बारेमा कहिल्यै सोचेनन्, केवल जनता, पार्टी र क्रान्तिको लागि अहोरात्र खटे । सिंगो परिवारलाई पार्र्टीकरण […]

मन्त्रिपरिषद विस्तारसँगै माओवादी केन्द्रमा भाडभैलो सुरु

काठमाडौं । माओवादी केन्द्रमा मन्त्रिपरिषद विस्तारसँगै भाँडभैलो सुरु भएको छ । पार्टीका तर्फबाट ८ जना मन्त्री बनाईएपनि एक जना महिलालाई समेत मन्त्री नबनाइएपछि पार्टीकै महिला सांसदहरुले चर्को विरोध गरेका छन् । पार्टीभित्रका विवाद मिलाउनका लागि एक जनापनि फुलमन्त्री नबनाएका प्रचण्डले दुई जनालाई राज्यमन्त्री बनाएका थिए । यसअघि माओवादी केन्द्रका नेताले राज्यमन्त्री नबनाउने बताएका थिए । […]

जनयुद्धका सहिद परिवारलाई राहत दिन किन कन्जुस्याई ?

काठमाडौं । शान्ति प्रक्रिया सुरु भएको १० वर्ष पुगिसक्दा पनि जनयुद्धका सहिद परिवारलाई राहत वितरणमा सरकारले कन्जुस्याई गरेको छ ।  देशमा आमूल परिवर्तनको सपनासहित जनयुद्धको शंखघोष गरेको माओवादी पार्टीका दुई नेता तीन पटक देशको कार्यकारी प्रधानमन्त्री बनेपनि उनीहरुले सहिद, घाइते, अपांग, वेपत्ता पारिकाका परिवारलाई दिने भनिएको १० लाख अझैसम्म उपलब्ध गराइएको छैन । विभिन्न सरकारका […]

नेबिसंघ महाधिवेशनमा भौतिक भिडन्तको खतरा

काठमाडौं । झण्डै नौ वर्षपछि भएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन पार्टीको महाधिवेशनभन्दा पनि महंगो बन्दै गएको छ । आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको ११ औं महाधिवेशनमा विद्यार्थी नेताहरुले लाखौं रुपैया बगाएका मात्र छैनन्, आपसमा भौतिक रुपमै भिड्ने तयारी गरेका छन् । यसअघि पोखरामा भएको १० औं महाधिवेशनमा विद्यार्थीहरु भौतिक रुपमै आक्रमणमा […]

ओबामाकी छोरीको कामले गिज्याइरहेको छ हाम्रा क्रान्तिकारीलाई

काठमाडौं । नेपालमा क्रान्तिको ठूलो सपना बाँडेर बिचैमा छाडेर संसद छिरेका नेताका छोराछोरीका बिलासी जीवनले दशौं हजार सहिद, घाइते, अंगभंग र वेपत्ता भएकाको सपनालाई गिज्याइरहेको छ । कतिपय नेताहरु त मन्त्री बन्न र राजनीतिक नियुक्ति खानका लागि जतिपटक सरकार गिराउन र बनाउन फोहोरी राजनीतिक खेलमा लिप्त मात्रै छैनन् भ्रष्टाचार र संसद किनबेच जस्तो घृणित कार्यमा […]

लिपुलेक, आफ्नै माटो, आफ्नै मुटु

नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले सोमवार लिपुलेकका विषयमा राष्ट्र सङ्घका महासचिव वान कि मुनलाई ज्ञापनपत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) का संयोजक सेवन्तराज भण्डारीको नेतृत्वमा नेपाल इञ्जिनियरिङ क्याम्पस थापाथलीबाट विसाल र्यालीसहित पुगेको अखिल क्रान्तिकारीको टोलीले ललितपुरको हरिहरभवनस्थित राष्ट्रसङ्घीय भवनमा अवस्थित कार्यालयमा पुगेर नेपाली उक्त ज्ञापनपत्र दिइएको हो । नेपालको भूमि लिपुलेकलाई […]

आखिर कास्मिरबाट के चाहन्छ भारत ?

काठमाडौं । भारत प्रशासित कास्मिरमा चरमपन्थी संगठन हिज्बुल मुजाहिद्दिनका कमान्डर बुरहान बानीको हत्यापछि कास्मिर घाटीमा भइको प्रदर्शनका क्रममा हालसम्म ५० भन्दा बढी कास्मिरी निहत्था जनताको ज्यान गइसकेको छ भने यो प्रदर्शनका क्रममा हालसम्म ३४ सय भन्दा बढी मानिसहरु घाइते भएका छन् । यिनीहरुमध्ये सबैभन्दा दर्दनाक अवस्था तिनीहरुको भएको छ, जसको आँखा र अनुहारमा गोली, बारुदका […]

सप्तरीको ‘तिलाठी’ भारतीय हस्तक्षेपविरुद्धको सशक्त प्रतिरोध !

‘मरता तो क्या नही करता’ भन्ने स्थितिमा भारतीय ज्यादतीको सप्तरी तिलाठीका जनताले सशक्त प्रतिरोध गरेका छन् । काठमाडौंका शासकहरुलाई यखितर सप्तरीको ‘तिलाठी’ राष्ट्रियताको पाठ सिकाउने थलो मात्र होइन, भारतीय हस्तक्षेप विरुद्ध प्रतिरोधको पनि केन्द्र बन्न पुगेको छ । काठमाडौंका शासकहरुभन्दा दसगजामा बस्ने जनता ‘कैयौं गुणा’ बढी राष्ट्रवादी छन् भन्ने कुरा यस घटनाले पनि प्रष्ट पारेको […]