प्रचण्डको “पार्टी विघटन गर्ने” चर्चाबारे

केही दिन पहिले नेकपा (माके) को एउटा शिर्ष तहको बैठकका सन्दर्भमा त्यस पार्टीका अध्यक्ष प्रचण्डले आफ्नै पार्टी विघटन गर्नुपर्ने कुरा उठाएपछि यस विषयले केही दिन चर्चा पायो । प्रस्तुत लेखमा यसै विषयसँग सम्बन्धित रहेर केही थप चर्चा गर्ने प्रयत्न गरिने छ । “हजारीलाल”को चर्चा झण्डै बर्ष दिन जति भयो होला, प्रचण्ड कै विशेष पहलमा क्रान्तिकारी […]

डोक्लाम विवाद : भारतको ब्रिटिशकालीन मानसिकताको उपज

सन् १९४७ मा ब्रिटिश साम्राज्यवादबाट मुक्त भएपछिका सात दशकसम्म भारतले ब्रिटिशकालीन विदेश नीतिलाई अख्तियार गरिरहेको छ । दक्षिण एशियामा आफ्नो सीमा जोडिएका छिमेकीमाथि ‘विस्तारवादी नीति’ थोपर्दै आएको भारतको कुनै पनि छिमेकीसँग राम्रो सम्बन्ध छैन । विस्तारवादी नीतिकै कारण भारतले छल, वल, कलद्वारा सन् १९७५ मा एउटा स्वतन्त्र र सार्वभौम मुलुक ‘सिक्किम’लाई भारतमा विलय गरायो । […]

झर्रोटर्रो : पूँजीवादको करामत

नेपाल मण्डलमा पूँजीवाद आएको छ । पूँजीवादले जताततै झकास र झिलिमिलि पारेकोले अब समाजवादमा जानुपर्ने भएको छ । त्यसैले संविधानमा नै किटानी गरेर सिधै समाजवादमा जाने भनिएको हो । समाजवादमा जान कोई माइकालालले पनि रोक्न सक्ने छैन । अब कोही कसैले पनि भोक, रोग र नाङ्गो बुङ्गो भएँ भनेर शोक गर्नु पर्ने अवस्था पनि छैन […]

देशको भयावह अवस्था र त्यसको निकास

यही श्रावण १० र ११ गते नेपालका राष्ट्रिय दैनिक पत्रिकाहरुले राष्ट्रिय अर्थतन्त्रसंग संबन्धित केही जानकारीमूलक समाचारहरु प्रकाशित गरेका छन् । ती मध्ये १० गते प्रकाशित कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा “३३ मुलुकसंग १ अर्ब बढी व्यापार घाटा” शीर्षकमा एउटा समाचार छापिएको छ । यस समाचारका अनुसार गत आर्थिक वर्ष ७३÷७४मा मात्र नेपालले जम्मा रु ९ खर्व […]

स्थानीय निर्वाचनपछिको माओवादी आन्दोलन

नेपालको माओवादी आन्दोलन २०५२ साल फागुन १बाट सुरु गरिएको सशस्त्र विद्रोहसित जोडिएको छ । उक्त विद्रोहले कालान्तरमा नेपालको ८० प्रतिशत भूभाग आफ्नो प्रत्यक्ष र अप्रत्यक्ष प्रभावमा पारेको र त्यसलाई माओवादी जनयुद्ध नामाकरण गरिएको हो । २०५२ साल असोजको चुनवांग बैठकपछि त्यसले क्रान्तिका लागि कार्यनीतिक सिफ्ट भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यनीति अपनायो । यहा“ नेर बाबुराम […]

क्रान्तिकारी युवाहरुले इतिहासबाट सिक्नैपर्ने सवालहरु 

क.माओले “युवाहरुको मुख्य काम सिक्नु हो” भन्नुभएको छ । हामीले राम्रा र नराम्रा कुरा सिकिरहेका हुन्छौं । राम्रा कुरा सिक्नु भविष्य उज्ज्वल बनाउनु हो, त्यसैले क्रान्तिकारी युवाहरुले राम्रा कुरा सिक्नु पर्दछ र नराम्रा कुराहरुलाई त्याग्नु पर्दछ । क्रान्तिबाट सिक्नु पर्दछ र प्रतिक्रान्तिबाट पनि सिक्नु पर्दछ । एउटा भनाइ छ “धेरै पल्ट हारेको सेनापतिले धेरै सिक्न […]

‘महिला मुक्ति’को निम्ति नयाँ जनवादी क्रान्तिको अपरिहार्यता

आज देश असाधारण राजनीतिक परिवेशबाट गुज्रिरहेको छ । १० वर्षको महान् जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित ‘लोकतान्त्रिक गणतन्त्र’ वास्तवमा जनताको व्यवस्था बन्न सकेन । यतिबेला राजनीतिक सत्ता जनताको हातमा नभएर दलाल एवं नोकरशाही पुँजीपति वर्गको हातमा गएको छ । महान् जनयुद्ध र १९ दिने जनआन्दोलनको उत्कर्षको बेला नेपाली जनताले राजनीतिक दलका नेताहरुमाथि गरेको […]

माकेको ‘प्रतिक्रियावादी’ चरित्र र नयाँ जनवादी क्रान्ति

पुष्पकमल दाहाल‘प्रचण्ड’ र उनी नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले पछिल्लो दशकमा खेलेको भूमिकाले विघटनको अन्तिम अवस्थामा पुगेको दलाल तथा नोकरशाही पुँजीवादमा आधारित प्रतिक्रियावादी संसदीय राज्यव्यवस्था तथा सत्तालाई सुदृढ तुल्यायो । मृत्युशय्यामा छट्पटाइरहेको दुनियाँभर बद्नाम संसदीय व्यवस्थालाई बँचाउन कांग्रेस, एमाले लगायतका पुराना संसदवादी पार्टीहरु र तिनका नेतृत्वहरुले सकिरहेका थिएनन् तर माओवादी केन्द्र र त्यसको नेतृत्वले स्थानीय तहको […]

देशभक्त जनगणतान्त्रिक मोर्चाको भूमिका र कार्यभार 

नेपालमा प्रगतिशील राजनीतिक आन्दोलन खास गरेर कम्युनिष्ट पार्टीको स्थापना र कम्युनिष्ट आन्दोलनको शुरुवात भएको लगभग सात दशक लामो समायवधि पूरा हुन लागेको छ । स्थापनाकालमा नेपाल कम्ुनिष्ट पार्टीले देशको आर्थिक सामाजिक परिवर्तनका लागि क्रान्तिको स्पष्ट र ठोस नीति एवं कार्यक्रम तय गर्न असमर्थ रहेतापनि कालान्तरमा पार्टीका संस्थापक महासचिव क.पुष्पलाल श्रेष्ठको अगुवाई र नेतृत्वमा नयाँ जनवादी […]

अब सिंहदरवारका ब्वाँसाहरु गाउँ गाउँमा

नेपाली राजनीतिमा प्रतिक्रान्तिकाल शुरु भएको छ । सबै संसदवादी शक्तिहरु आज पश्चगामी दिशातर्फ प्रवृत्त भएका छन् । उनीहरुलाई जनताको पीडासँग कुनै मतलब छैन । सिंहदरवार मुर्दाहरुले चलाइरहेका छन् । जसमा न कुनै सम्वेदना छ न कुनै उर्जा । देश दिनप्रतिदिन खाल्डोतिर खसिरहेछ, एउटा युगनी अँध्यारो खाल्डो । जहाँ खसेपछि उज्यालो भने देख्न नपाइने हुन्छ । […]