जनयुद्धबाट नेपाली जनताले के पाए ? के गुमाए ?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को नेतृत्वमा  वि.संं. २०५२ साल फाल्गुन १ गते  रोल्पा जिल्लाको होलेरी प्रहरी चौकी , रुकुम जिल्लाको राडीज्यूला प्रहरी चौकी , सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरी चौकी र गोरखा जिल्लाको साना किसान परियोजनाको कार्यालयमा एउटै समयमा र एकैसाथ फौजी आक्रमण गरी ती प्रहरी चौकीहरु कब्जा गरेर महान् जनयुद्धको थालनी गरिएको […]

मानिसले जीवनमा कस्तो उद्देश्य लिनुपर्छ ?

मानिसले जीवनमा कस्तो उद्देश्य लिनुपर्छ ? संसारमा जन्म लिएर मानिसले गर्नुपर्ने काम के हो ? उसले आफूले पाएको जीवनलाई कसरी बिताउनुपर्छ ? उसको जीवनको सार्थकता केमा रहेको हुन्छ ? यी यस्ता प्रश्नहरू हुन्, जसमा प्रत्येक मानिसले सोच्नैपर्छ र सबैले आ–आफ्नो ढङ्गले सोच्ने पनि गर्छन् । यो मानिस मात्रको लागि एउटा निकै चासोको विषय हो । […]

‘महिलाहरु तुच्छ घरेलु दासको रुपमा रहेका छन्, मुक्तिका निम्ति राजनीतिक र सामाजिक काममा संलग्न हुुनुपर्छ’ : महासचिव किरण

काठमाडौं । श्रम कार्यदिवस, श्रमको समान ज्याला, राजनीतिक मताधिकार, सबै प्रकारका भेदभावका विरुद्ध अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरेको प्रसंग कोट्याउँदै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले आजकल महिला दिवस मात्रै भनिन्छ ‘श्रमिक’को प्रयोग गर्न छाडिएको बताउनु भयो । सर्वहारावर्गका श्रमिक महिला अन्दोलनको उपलब्धिको रुपमा नै ८ मार्च मनाउन थालिएको बताउँदै महासचिव किरणले सबैले […]

सम्पादकीय : श्रमिक महिला दिवस मनाउनुको अर्थ

८ मार्च अर्थात् २५ गते २०७६ मा विश्वभरका श्रमजीवि शोषित उत्पीडित महिलाहरुले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाए । विभिन्न कार्यक्रम गरी नेपालका शोषित उत्पीडित महिलाहरुले पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाए । अन्तर्राष्ट्रिय महिला दिवसलाई श्रमजीवि शोषित उत्पीडित महिलाहरुले आफूहरुमाथि राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा लादिएको विभेद, शोषण, दमन र उत्पीडनका विरुद्ध विद्रोह […]

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, क्रान्तिकारी महिलाहरुले यसरी मनाउँदै छन् दिवस

काठमाडौँ । आज ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । महिलाहरुले राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिकलगायत महिलाहरुमाथि भएको शोषण, विभेद र उत्पीडनका विरुद्ध आवाज उठाउने र महिला मुक्ति आन्दोलनका निम्ति संकल्प गर्ने दिनको रुपमा यो दिवस संसारभरका शोषित उत्पीडित महिलाहरुले मनाउने गर्दछन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइदैछ । नेपाल […]

एमसीसीको प्रायोजनमा नेकपाभित्र कुस्तीबाजी

अहिले सत्तारुढ नेकपाभित्र भाँडभैलो मच्चिएको छ । यो भाँडभैलो प्रम ओली पक्षधरले दाहालपंक्तिले मच्चाएको र अध्यक्ष दाहालका पंक्तिले यो सबै ओली पक्षधरले गराएको आरोप÷प्रत्यारोपमा उत्रिएका छन् । ओलीको सरकारी पंक्ति र दाहालको पार्टीपंक्ति एकअर्कालाई नंग्याउन र उडाउन व्यस्त छन् । ओलीपंक्तिले विगतमा ककसको पालामा केके भएको थियो भनी भ्रष्टाचारका ढड्डा पल्टाउँदै श्वेतपत्र जारी गर्ने अभियान […]

झर्रोटर्रो : श्री ८ गनमहाराजको जय !

नेपाल मण्डलमा यतिखेर श्री ८ गनमहाराजको उदय भएको छ । गणतन्त्रका नयाँ राजा भएको हुनाले यिनलाई गनमहाराज भनिएको हो । श्री लेख्ने नेपाल मण्डलको मौलिक परम्परा र संस्कृति छ । सामान्य मनुखेलाई श्री मात्रै लेखिन्छ । अर्थात् नाउँका अगाडि एक थान मात्रै श्री लेखिन्छ । श्री ३ राणा सरखारलाई लेखिन्थ्यो । श्री ४ आफ्ना शत्रुलाई […]

एमसीसी प्रकरण र नेपालको राजनीतिक स्थिति

नेपालको नव औपनिवेशिक अवस्था इतिहासको कुनै कालखण्डमा स्वतन्त्र रहँदै आएको नेपाल तत्कालिन भारतको इष्ट इण्डिया कम्पनी सरकार सँग नेपाल सरकारका प्रतिनिधिहरुले सन् १८१६ मा हस्ताक्षर गरेको “सुगौली सन्धि” पश्चात् नेपाल एउटा अर्ध औपनिवेशिक राष्ट्रमा फेरियो । त्यसपछि पनि कथित स्वतन्त्र भारत सँग गरिएका तमाम प्रकारका असमान सन्धी सम्झौता थपिँदै जाँदा नेपाल यतिखेर सम्म आइपुग्दा एउटा […]

नेपाली समाजको ऐतिहासिक अध्ययन र विश्वदृष्टिकोणको प्रश्न

  विश्व–दृष्टिकोणको प्रश्न ‘‘मानिसको चेतनाले उनीहरुको अस्तित्वलाई निर्धारित गर्दैन, अपितु उल्टो उनीहरुको समाजिक अस्तित्वले उनीहरुको चेनतालाई निर्धारित गर्दछ ।’’ –माक्र्स ‘‘आदिम युगहरुलाई छाडेर समस्त विगत इतिहास वर्गसंघर्षहरुको इतिहास रहेको छ र समाजका यी संघर्षरत वर्ग सदा ।आफ्नो युगको उत्पादन तथा विनिमय प्रणालीबाट या एक शब्दमा भन्ने हो भने, आफ्नो युगका आर्थिक परिस्थितिबाट उत्पन्न भएका छन् […]

दशबर्षे जनयुद्ध, महिला अधिकार र चुलोचौका

नेपालको इतिहाँसमा धेरै पटक आन्दोलन भए । ती सबै,चाहे राणा शासन विरुद्ध होस् पन्चायत हुदै दसबर्षे जनयुद्धले ल्यायको लोकतन्त्र अनि अहिलेको नामको गणतन्त्रसम्म आईपुग्दासम्म पनि महिलाहरुलाई हेर्ने दृस्ठिकोणमा कुनै अन्तर छैन । अहिले पनि आफ्नो अधिकार बाट बन्चित र कुन्ठित बनाइएको अबस्था छ । देशमा अझै पनि महिलाहरुलाई दोस्रो दर्जाको नागरिकका रुपमा नै हेरिन्छ । […]