कार्लमाक्र्सको २०२ औं जन्म दिवसमा क्रान्तिकारी माओवादीद्वारा वक्तव्य जारी : ‘सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्दै माक्र्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढतापूर्वक अगाडि बढौं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विश्व सर्वहारावर्गका महान नेता तथा माक्र्सवादका प्रवर्तक कार्लमाक्र्सको २०२ औं जन्म दिवसको अवसरमा एक वक्तव्य जारी गरेको छ । पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले जारी गरेको वक्तव्यमा पार्टीको कार्यदिशालाई समृद्ध तुल्याउँदै तथा सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्दै माक्र्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढतापूर्वक अगाडि बढौं भन्दै सार्वजनिक अपिल समेत गरिएको […]

शहीद मित्रमणि आचार्यः एक अविस्मरणीय व्यक्तित्त्व

चितवन जिल्ला पार्टीले शहीद स्मृति ग्रन्थ निकाल्ने निर्णय गरेर मलाई मित्रमणि आचार्य बारे ल्खने जिम्मा दिएछ, खुसी लाग्यो । मित्रमणि शहीद भएको ३५ वर्ष हुनै लाग्दा पनि उहाँ चितवनको मात्र नभएर देशकै अजर अमर शहीदको कोटीमा पर्नेमा एक हुनुहुन्छ ।  राणा शासनदेखि ०४२ सम्मको अवधिमा देशमा शहीद हुनेहरू एक सतकभित्रै पर्ने हुदा मित्रमणि उच्चकोटीका विद्यार्थी […]

कोरोना, श्रमिकहरुको स्थिति र १३१ औँ मई दिवस

१. सन् २०२० को प्रारम्भदेखि नै कोभिड १९ अर्थात् कोरोना भाइरसबारे विश्वव्यापी तरंग सिर्जना भएको छ । चीनको हुबेइ प्रान्तको उहान सहरबाट पैदा भएको भनिएको कोरोना भाइरसलाई लिएर चलेको विश्वव्यापी बहस मार्च महिनाको उत्तराद्र्धतिर आइपुग्दा यसले मानवजातिको अस्तित्वमाथि नै संकट निम्त्याउन सक्ने गम्भीर विश्वव्यापी महामारीको रुपमा व्याख्या गर्न थालियो । विश्व स्वास्थ्य संगठनदेखि संसारका धेरै […]

पर्यावरण विनाश र संरक्षणको समस्या

केही दशकयता विश्वव्यापी रूपमा जलवायुमा तीव्र परिवर्तन र फेरबदल हुँदै आएका छन् । यसो हुनुमा विश्वव्यापी तापक्रमको वृद्धि नै मूल कारण रहेको छ । यसले समग्र प्रकृति र मानव जीवनमा गम्भीर प्रकारका दुष्प्रभाव पार्ने काम गर्दै आएको छ । विश्वका विभिन्न देशहरूका साथै नेपालमा पनि स्थिति गम्भीर बन्दै जान थालेको छ । आज विश्वव्यापी रूपमा […]

सम्पादकीय : नक्कली कम्युनिस्टहरुको जगजगी

‘सेतो झण्डा उचालेको दुश्मनभन्दा रातो झण्डा उचालेको दुश्मन हजारौं गुणा खतरनाक हुन्छ’ भनेझैं आज सच्चा कम्युनिस्ट र क्रान्तिकारीहरुका लागि नक्कली कम्युनिस्टहरु पुँजीवादी तथा साम्राज्यवादीहरुभन्दा हजारौं गुणा खतरानाक बनेर अगाडि आएका छन् । झण्डा उस्तै छ । नाम पनि उस्तै छ । कतिपय नाराहरु पनि मिल्दाजुल्दा । काम र गन्तव्य भने फरक छ । पात्र र […]

६२ जना लेखक, कवि, पत्रकार, प्राध्यापक तथा सांस्कृतिककर्मीहरुद्वारा नेपाल तथा भारतका आस्थाका बन्दीहरूको रिहाइका लागि सार्वजनिक अपिल जारी

काठमाडौं । नेपालका ६२ जना लेखक, कवि, पत्रकार, प्राध्यापक तथा साँस्कृतिककर्मीले नेपाल र भारतका जेलमा रहेका आस्थाका बन्दीहरुको रिहाईको माग गर्दै एक सार्वजनिक अपिल जारी गरेका छन् । अपिलमा भनिएको छ, “आज नेपालको कम्युनिस्ट नामधारी राज्यसत्ताले पनि त्यसरी नै गणतन्त्रका योद्धा वरिष्ठ सांस्कृतिक कर्मी माइला लामालगायत थुप्रैलाई झुट्ठा मुद्दा लगाई जेलमा बन्दी बनाएको छ । […]

महामारी र भोकमरीको चपेटामा जनता, गैरजिम्मेवार सरकार

काठमाडौं । विश्वका र नेपालका पनि जनता कोरोना भाइरस (कोभिड–१९)को महामारी र भोकमरीको एकसाथ चपेटामा परेका छन् । यो समाचार तयार पार्दासम्म विश्वका २१० वटा देशका १८ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् भने १ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । दैनिक करिब १ लाखको संख्यामा नयाँ संक्रमितहरु थपिइरहेका छन् । […]

पात्र कि प्रणाली:भ्रष्टाचार कहाँ खोज्ने ?

आज देशमा जुन प्रकारको लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचारको खेती मौलाएको छ कि यसले आधुनिक नेपाल राज्य निर्माण देखी यताका सबै कीर्तिमानहरु तोडेको छ । ३३ किलो सुन प्रकरण, वाईड बडि जहाज खरिद प्रकरण, वालुवाटारको जग्गा खरिद प्रकरण, एनसेलको कर प्रकरण, नेपाल टेलिकमको 4G सेवा विस्तार प्रकरण, नेपाल ट्रस्टको नाममा रहेको जग्गा सहित राष्ट्रिय निकुञ्जको जग्गा […]

कोरोनाले उत्पन्न गरेको मृत्युको भय र टर्कीकी हेलिन बोलेकले रोजेको मृत्यु

आज कोरोना भाइरस (कोभिड–१९)को महामारीले विश्वभर मृत्युको भयले डंका पिटिरहेको छ । मृत्युबाट भाग्दाभाग्दै पनि करिब झण्डै लाखको संख्यामा मानिसलाई मृत्युले निलिसकेको छ । लाखौं अहिले पनि मृत्युशय्यामा छटपटाइरहेका छन् । संसारभरका अरबौं मानिस अहिले पनि बाँच्नका निम्ति आफ्नो सारा शक्ति कोरोना भाइरसको प्रतिरोधमा लगाइरहेका छन् । आर्थिक, सामरिक, बौद्धिक तथा अत्याधुनिक विज्ञान र प्रविधिले […]

महामारी नियन्त्रणमा क्रान्तिकारी माओवादीले औल्यायो सरकारका आठवटा गम्भिर कमजोरी, दियो यस्ता महत्वपूर्ण सुझाब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले महामारी नियन्त्रण र लकडाउनद्वारा सिर्जित समस्या समाधानमा सरकारले जनताको आँखामा छारो हाल्ने काम गरेको र एकपछि अर्को सरकारले गैरजिम्मेवारपूर्ण रवैया प्रदर्शन गरेको भन्दै सरकारको तीव्र विरोध एवम् भत्र्सना गरेको छ । महामारी नियन्त्रण तथा लकडाउनबाट सिर्जित समस्याहरुलाई आठ बुँदामा उल्लेखित गर्दै ती समस्या अविलम्ब रुपमा समाधान गर्न सरकारसित […]