जागृत सपनाहरूको आन्दोलन र रूपान्तरणको प्रश्न

सन् १९६३ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठकको मस्यौदा निर्णयमा कमरेड माओले भन्नुभएको थियो – ‘मानिसको सामाजिक अस्तित्वले नै उसको विचारको निर्धारण गर्छ । एकचोटि प्रगतिशील वर्गको प्रतिनिधित्व गर्ने सही विचारहरूलाई जनसमूहले बुझिसकेपछि ती विचारहरू भौतिक शक्तिमा फेरिन जान्छन्, जसले समाजलाई फेर्छ र संसारैलाई फेर्छ ।’ यो भनाइमा दुईवटा प्रसङ्ग जोडिएका छन् । […]

‘पहेलो घाम’

आरम्भ पहेलो घाम उपन्यास कवि विष्णु भण्डारीको पहिलो आख्यानकृति हो । जनयुद्धको आंधीबेहरीमा खारिएकी लालसेनाकी कमाण्डर शिवालाई उपन्यासको मूलचरित्र र बाहुनी आमाबाट जन्मिएको कामीको सन्तान माइकल सोहन उपन्यासका सुत्राधार हुन् । उपन्यास २५ वटा मूल अध्याय, प्रस्तावना र पूर्वकथा गरी २७ भागमा विभाजित रहेको छ । यो उपन्यास लालसेना अस्थायी क्याम्पमा संकेन्द्रीत भएपछि प्रारम्भ हुन्छ […]

कोल्चौरबाट हिंडियो

मङ्सीर २५ गते बिहान कोल्चौरबाट उकालो लाग्यौं । साथमा भाइ कृष्ण कार्की छ । बिहानको ९ बजिसकेका छ । तर पनि हुस्सुले वरपरको डाँडाहरुलाई ढाकिरहेको छ । कसैले मन पराओस्–नपराओस् हुस्सु न ठहरियो, त्यत्तिकै गमक्क परेर आकाशलाई ढाकेर अँध्यारो बनाइरहेको छ ।    त्यसै त जाडोको मौसम । त्यसमाथि घामको अनुहार देख्न नपाउँदा हुस्सुसंग रिस […]

युद्ध र सांस्कृतिक रुपान्तरण

देशमा अत्याचार बढेपछि, शान्ति खल्बलिएपछि, सत्तामा रहेकाहरुको आडमा सत्ताका मतियारहरुको मनपरितन्त्र चल्न थालेपछि गाह्रो हु“दोरहेछ । त्यो देशका सचेत नागरिकहरुले चुप लागेर बस्न नसकिदो रहेछ । त्यसपछि सल्किंदो रहेछ विद्रोहको रांको अनि जेठको खडेरीमा सल्केको डढेलोझैं फैलिंदोरहेछ । अकल्पनीय ढंगले पातपतिङ्गरहरुलाई खरानी पार्दै अघि बढ्दो रहेछ । यो दशबर्ष लामो जनयुद्ध यसैको परिणाम थियो । […]

उत्तर झमकलाई (तिम्रो शान्ति)

महाभारतको युद्ध पनि पढिएकै हो जहाँ लाखौ लाख मान्छे काटिएररक्त कुण्डको जगमा हस्तिनापुरमा धर्मराजको जन्म भएको छ । रामायणको युद्ध पनि सुनिए कै हो जहा हजारौ हजार गिडिएररक्त मुच्छेल आहालको जगमा राम राज्य जन्मेको छ ।हिन्दुस्तान मा और गन्जेव, चङ्गेज खाँ, सिकन्दर, वावरटिपुसुल्तान र साहजहाको कथा पनि सुनिएकै छ पढिएकै छ जहाँ लाखौ लाख मान्छेको […]

नथाक

आफ्नै जीर्ण शरीरमा पसिना बगाएर बाँचिरहेको छु पसिना संधैँ बिलाइरहन्छपसिनाको मोल बिना काम गरिरहेको हुन्छु आखिर मैले जे बुझेँे, त्यहीँ गरँे यो सत्य हो, सबैले बुझ्दैनन् यो अप्ठेरो छ कठिन छ संधैभरि यो असजिलो बाटो कसले रोज्न सक्छ सकेर रोजे बाँच्न पनि सकिन्छ बाँचेर मात्र सत्य जगाउन सकिन्छ त्यसको निम्ति त्यति मात्रले पुग्दैन मुटुहरु चुटिन […]

तिम्रा विरुद्ध

तिमी लोकनजरमा बद्नाम भएपछि म तिमी हुनुको के अर्थ छ र ? म तिमी बन्नुपर्छमा अब के बाँकी छ र ? तिमीले आफ्नै विगत बिर्सेर आफ्नै आमाको छातीमा बुट बजारेपछि तुच्छ स्वार्थ खातिर भद्दा घात गरेपछिम तिमी बन्नुपर्छ भन्ने आँट कसरी ग¥यौं ?थाहा छ, मेरो नजरमा तिमी कसरी म¥यौं ? तिमीभित्रको ‘विचार’ र ‘सपना’ मरेपछि […]

हाम्रो निष्ठाको अविराम यात्रा

प्रिय पाठकवृन्द,अहिले म तपाईंहरुसित केही वैयक्तिक र केही साहित्यिक भलाकुसारी गर्न लागिरहेको छु । कुराकानी भनौं वा भलाकुसारी भनौं आफै नै साहित्यिक र गैरसाहित्यिक त हु“दैनन् तर तिनलाई अनुभूतिको रस र अनुभवको र¨ भरेर त्यस्तो बनाउन अथवा नबनाउन भने सकिन्छ । भलाकुसारीको सुरुवात दुई वर्षअघिको त्यही घटनाबाट गरु“, जुन घटनाका कारण म मेरा प्रियजनहरुसित भौतिकरुपले […]

‘ऊ’

सबेरै उसले चालेको पाइला एक कदम अघि दुई कदम पछिको सिद्धान्तमा हजारौं माइल पार गर्न एक पाइलाबाट सुरु गरेको यात्रा सिधाबाट बक्ररेखा हुँदै अघि बढ्दा र बढाउँदै जाँदा बनिबनाउ चक्रव्यूहमा फस्न पुग्यो ।त्यसपछि, पार पाउने हज्जारौं प्रयत्न बाँकी छन् साहसका जोशिला मुठ्ठिहरु उठ्न बाँकी छन् भ्रम र अविश्वासहरु तोड्न बाँकी छन् एउटा साँच्चै नयाँ बाटो […]

जीवनसङ्गीनीलाई पत्र – कृष्ण सेन ‘इच्छुक’

प्रिय तक्मासप्रेम असिम सम्झना । अस्ति फोनमा कुराकानी भएपछि खुसी र दुःख दुवैलाग्यो । खुसी यस निम्ति कि लामो समयपछि फोनका माध्यमबाट कुराकानी भयो र भेटघाटको अभवलाई बिर्साइदियो । साथै दुःख भनूँ वा चिन्ता किन लाग्यो भने तिमीले तिम्रो स्वास्थ्य (मुटु) सम्बन्धी समस्या केही बढेकाले जचाउन जाँदैछु भन्यौ । तिमी आफैँ स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएकी […]