दिवंगत माओवादी नेता श्रीनाथ अधिकारी (क.श्याम)को शोकसभा सम्पन्न

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आयोजनामा आज चितवनको पृथ्वीनागर, बरौजीमा पार्टीका दिवंगत नेता तथा पीवीएम श्रीनाथ अधिकारी (कमरेड श्याम)को शोकसभा सम्पन्न भएको छ । पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख उपस्थितिमा सम्पन्न शोकसभामा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता तथा दिवंगत नेता अधिकारीका आफन्त तथा शुभचिन्तकहरुको बाक्लो […]

यसरी गरियो नेता अधिकारीलाई श्रद्धाञ्जलीसहित अन्तिम विदाइ (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का दिवंगत पीवीएम श्रीनाथ अधिकारी‘श्याम’को आज पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । नेता अधिकारीको पार्थिव शरीरमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका जेष्ठ सुपुत्र नारायण अधिकारी‘निश्चल’ले दागबत्ति दिएका थिए । नेता अधिकारीको अन्तिम विदाइका लागि क्रान्तिकारी माओवादीका शीर्ष नेताहरु महासचिव मोहन वैद्य‘किरण’, पार्टी स्थायी समिति सदस्य तथा देजमोका केन्द्रीय अध्यक्ष सीपी […]

माइतिघर मण्डलामा नेवारहरुको विसाल प्रतिरोध प्रदर्शन

काठमाडौं । ‘गुठी विधेयक फिर्ता होइन, खारेज गर’ भन्ने नारासहित माइतीघर मण्डलामा बुधवार काठमाडौं, भक्तपुर, ललितपुर र देशका अन्य जिल्लाहरुबाट नेवार एक विसाल जनप्रदर्शन भयो । गुठी विधेयकका विरुद्धमा प्रतिरोध संघर्षको रुपमा नेवा समुदायद्वारा अघि बढाइएको यो विसाल जनप्रदर्शनमा देशभरका नेवा समुदायको प्रतिनिधिहरुको पनि उपस्थिति रह्यो । ओली सरकारले राष्ट्रियसभामा दर्ता गरेको र व्यापक जनदबाबपछि […]

गुठी विधेयकमा ककसको कति स्वार्थ ?

काठमाडौं । हेर्दा गुठी विधेयक निकै सामान्य र आर्थिक व्यवस्थापनसँग मात्र जोडिएको देखिन्छ । तर यो विधेयकभित्र बहुआयामिक चलखेलहरु छन् । यसका बहुसरोकार पक्षहरु छन्, तिनका बहुस्वार्थहरु छन् । नत्रभने विकास निर्माणका कामहरु छाडेर, जनतालाई एक ढिक्का बनाउनुको सट्टा सडकमा उतारेर, विदेशी शक्तिको चलखेललाई प्रशस्त ठाउँ दिएर अनि देशमा भाँडशभैलो मच्चाएर किन बाध्य हुन्थ्यो दलाल […]

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको प्रथम राष्ट्रिय भेला भव्य रुपमा सम्पन्न

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको प्रथम राष्ट्रिय भेलाले ईश्वर तिमिल्सिनाको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गर्दै भव्य रुपमा सम्पन्न भएको छ । महासंघको जेठ ३२ गते सम्पन्न बन्दसत्रले ईश्वर तिमिल्सिनाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । ७ जना पछि थप गर्ने गरी निर्माण गरिएको केन्द्रीय समितिमा हाल २८ जना […]

रिले अनसनको १४ औं दिन : नेतादेखि प्राध्यापकसम्मको ऐक्यबद्धता

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले १४ दिनदेखि त्रिवि सेवा आयोगको गेटमा अनसन जारी राखेको छ । त्रि.वि.सेवा आयोग– खारेज गर, आयोगका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल– कार्वाही गर, अवैधानिक रुपमा प्रकाशित गरिएको नतिजा– खारेज गर जस्ता तीन बुँदे माग राखेर गरिएको अनिश्चितकालीन रिले अनसनप्रति नेतादेखि प्राद्यापकसम्मले ऐक्यबद्धता जाहेर गरेका छन् र उपत्यका बाहिर पनि […]

संगठन सुदृढीकरणमा क्रान्तिकारी माओवादी : धमाधम सम्पन्न हुँदै जबस–मोर्चाका भेला सम्मेलन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) संगठन सुदृढीकरणमा जुटेको छ । यतिबेला क्रान्तिकारी माओवादी पार्टी सम्बद्ध जबस–मोर्चाका भेला सम्मेलनहरु धमाधम सम्पन्न भइरहेका छन् । पार्टीको जनवर्गीय संगठनको रुपमा रहेको अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको राष्ट्रिय भेला ललितपुरको कुपण्डोल कार्यालयमा हुँदैछ भने पार्टीको जुझारु संगठनको रुपमा रहेको क्रान्तिकारी युवा लिग, नेपालको राष्ट्रिय सम्मेलन असारको ६ र […]

सम्मेलन सकिएलगत्तै क्रान्तिकारी पत्रकार महासंघ सडकमा, विरोध प्रदर्शन गर्दै जलाइयो मिडिया काउन्सील विधेयक

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको भवनमा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको क्रान्तिकारी पत्रकार महासंघ सम्मेलन सकिएलगत्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सबै विधेयक, ऐन, कानुनका विरुद्ध सडकमा उत्रिएको छ । शुक्रबार सम्मेलन सम्पन्न गरेको क्रान्तिकारी महासंघले शनिबार बुटवलको मिडिया चोकमा विरोध प्रदर्शन गर्दै मिडिया काउन्सील विधेयकको प्रति जलाएको छ । क्रान्तिकारी पत्रकार महासंघका नव निर्वाचित […]

अखिल नेपाल आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा भव्य रुपले सम्पन्न (फोटो फिचर)

पोखरा । अखिल नेपाल आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय सम्मेलन शनिवार पोखरामा भव्य रुपले सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समारोहलाई नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क. मोहन वैद्य किरण, स्थायी समिति सदस्य क. रामसिंह श्रीस, पीवीएम क. सीताराम तामाङ, पार्टी सल्लाहकार समिति अध्यक्ष प्रा. डा. ओम गुरुङ लगायतले सम्बोधन गरेका थिए । महासचिव नगेन्द्र राईद्वारा […]