एसएलसीमा डी र ई ल्याउनेले सीटीर्इभीटीमा पढ्न पाउने

काठमाडौं । एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ । एसएलसीको नतिजाअनुसार सामान्य धारका पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुननसक्ने क्षमता भएका भए पनि प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले यो कोर्स पढ्न पाउने भएका हुन ।

संघीय गठबन्धनको रिले अनसन जारी

काठमाडौं । मधेसी–जनजाति सम्बद्ध संघीय गठबन्धनको रिले अनसन काठमाडौंमा जारी जारी रहेको छ । नयाँ संविधान जारी हुनुअघिदेखि नै शुरु भएको मधेस आन्दोलन जेठ १ गतेदेखि राजधानी केन्द्रित गरिएको छ । तराई–मधेसमा आन्दोलनको अगुवाइ गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित विभिन्न २९ दलीय संघीय गठबन्धनले जेठ २५ गतेदेखि राजधानीको खुलामञ्चमा रिले अनसन गर्दै आएको छ । अनसनमा […]

सरकारी सेवाबाट वञ्चित हुँदै मुस्ताङका जेष्ठ नागरिक

मुस्ताङ । मुस्ताङका वृद्ध वृद्धाले सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता यातायातको असुविधाका कारण वर्षमा एकपटक मात्रै लिने गरेको पाइएको छ । एक अध्ययनअनुसार जिल्लाका वृद्ध वृद्धाहरुले सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता बुझ्न जान यातायातको कठिनाईका कारण वर्षमा एक पटक मात्रै लिने गरेको पाइएको हो । मुस्ताङको मार्फा, ठिनी र जोमसोम गरी […]

कुन हो संसारकै सुपर पावर जनावर ?

दोस्रो विश्वयुद्धको समाप्तीसँगै विश्व दुई ध्रुवमा विभाजित भयो र लामो समय शीतयुद्धकालको अवस्थाबाट गुज्रिन पुग्यो । सोभियत संघको विघटनसँगै विश्वमा साम्यवादी खेमा कमजोर बन्न पुग्यो । पुँजीवादी खेमा मजबुत मात्रै बनेन उसको संसारमा एकलौटी नै चल्यो । आजपनि अमेरिका विश्वको सुपर पावर हो । कसैले रसियालाई सुपरपावरको रुपमा लिन्छन् भने चीन पनि अहिलेको उदाउँदो महाशक्ति […]

ट्रम्पको विचारले अमेरिका संकटमा पर्छ : हिलारी

एजेन्सी । अमेरिकी राष्ट्रपति पदको आगामी नोभेम्बर महिनामा हुने निर्वाचनका दुई प्रतिस्पर्धी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प एकअर्काप्रति आक्रमक रुपमा प्रस्तुत हुन थालेका छन् । ट्रम्पले अमेरिकामा मुस्लिमहरुको प्रवेशमा रोक लगाउनुपर्ने बताएपछि उनको विपक्षीहरुले चर्को आलोचना गरिरहेका छन् । राष्ट्रपति बाराक ओबामाले ट्रम्पको भनाईको प्रतिवाद गरेको भोलिपल्ट राष्ट्रपति पदकी डेमोक्रेटिक तर्फकी उम्मेदवार हिलारी क्लिन्टनले समेत त्यसको […]

बेलायती सांसदमाथि गोली प्रहार

लन्डन । बेलायतको पश्चिममा पर्ने योर्कसिरेको बिर्सटल इलाकामा बिहीबार अपराह्नमा लेबर पार्टीका सांसद जो कोसलाई एक बन्दुकधारीले गोली प्रहार गरेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । बिर्सटलमा गरिएको यस गोली प्रहारबाट कोस घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । यस आक्रमणको क्रममा एक ४० बर्षीया महिला पनि घाइते भएको जनाइएको छ । हाल कोसको सर्जरी भइरहेको […]

८२ वर्षपछि आयो ग्रेडिङ प्रणालीमा एसएलसीको नतिजा

काठमाडौं । प्रवेशिका परीक्षा एसएलसी प्रणाली लागू गरिएको ८२ वर्षपछि पहिलो पटक ग्रेडिङ प्रणालीमार्फत नतिजा प्रकाशित गरिएको छ । ग्रेडिङ प्रणालीअनुसार परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले  असार २ गते विहीबार  २०७२ साल चैतमा भएको एसएलसी परीक्षाको परिक्षफल प्रकाशित गरेको हो । आज प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ […]