लिबियाको बेनघाजीमा कारबम विस्फोटमा १८ मारिए

एजेन्सी । लिबियाको बेनघाजी सहरमा भएको एक कारबम विस्फोटमा १८ जना मारिएका छन् भने केही घाइते भएका छन् । लिबियाको पूर्वी ग्वारसा जिल्लामा आन्तरिक लडाई तिव्र भएको इलाकामा यो विस्फोट भएको हो । यो आक्रमण लिबियाको सरकारी सेनाको समर्थनमा आईएसविरुद्ध अमेरिकाले गरेको आक्रमणको एक दिनपछि भएको हो । लिबिया सरकारको अनुरोधमा चरमपन्थी संगठन इस्लामिक स्टेट […]

भारतको त्रिवेन्द्रमबाट उडेको विमान अवतरणका क्रममा दुर्घटना

एजेन्सी । भारतबाट उडेको इमिरेट्स एयरलाईन्सको विमान दुबई इन्टरनेशनल एयरपोर्टमा आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको छ । भारतको त्रिवेन्द्रमबाट उडेको इ के ५२१ नम्बर उडानको बोइङ ७७७ विमान दुर्घटनाग्रस्त भएको हो । अवतरणका क्रममा विमानमा आगो लागेको भएपनि सबै यात्रुलाई सकुशल निकालिएको जनाइएको छ । इमिरेट्स एयरलाईन्सले ट्विटमार्फत दुर्घटनाको पुष्टि गरेको छ भने अल अरेबिया […]

दाहाललाई मोदीको बधाइ, भारत भ्रमणको निम्तो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाइ तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई एवम् सफल कार्यकालका लागि शुभकामना दिएका हुन् । भारतीय प्रधानमन्त्री मोदीले बधाईकै क्रममा नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् । यस्तै, काठमाडौंस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले पनि […]

दाहालले विहीबार प्रधानमन्त्रीको सपथ लिने

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले विहीबार पद तथा गोपनियताको सपथ लिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा विहीबार अपराह्न ३ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ । व्यवस्थापिका–संसद्मा बुधबार भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल प्रधानमन्त्रीमा बहुमतले निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ३९ औं प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित बनेका छन् । बुधबार व्यवस्थापिका संसदमा भएको निर्वाचनमा संसदको सबैभन्दा ठूलो दलको साथ पाएका प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता समेत बनेका छन् । यसअघि गणतन्त्र स्थापनाअघि पहिलो प्रधानमन्त्री बनेका थिए भने उनीभन्दा अघि मनमोहन अधिकारी प्रधानमन्त्री बनेका […]

ओलीका प्रश्न, प्रचण्डको जवाफः फास्ट ट्रयाक बनाउन तपाईको साथ चाहियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिको सरकार नबनेपनि सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।  व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री पदका लागि आफ्नो उम्मेदवारी पेश गर्दै प्रचण्डले आफूले विना कुनै आग्रह पूर्वाग्रह सहकार्य गर्ने र राष्ट्रिय समस्या समाधान गर्ने विश्वास दिलाए । निषेधको राजनीति नचलोस् भन्दै प्रचण्डले सहमति, सहकार्य तथा […]

सीटीईभीटीमा शुल्क वृद्धिविरुद्ध क्रान्तिकारीको ३२ बुँदे मागपत्र पेश

भरतपुर । नेकपा (क्रान्तिकारी माओवादी) को भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा ३२ बुँदे मागपत्र पेश गरेको छ । क्रान्तिकारी चितवन जिल्ला अध्यक्ष अमृत चापागाईको नेतृत्वमा सीटीईभीटी मध्य क्षेत्रीय कार्यलय भरतपुर चितवनमा बढाइएको शुल्क घटाउन तथा वैज्ञानिक शुल्क कायम गर्नुपर्नेसहितका ३२ बुँदे मागपत्र पेश गरिएको हो […]

कांग्रेस, माओवादी मधेसी मोर्चा/गठवन्धनबीच तीनबुँदे सहमति

काठमाडौं । नयाँ सरकार गठनको प्रक्रियासँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच तीनबुँदे सहमति भएको छ । व्यवस्थापिका–संसदको बैठकमा प्रधानमन्त्रीको निर्वाचनअघि भएको तीन बुँदे सहमतिसँगै माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मोर्चाले सघाउने भएको छ । सहमतिअनुसार गठनबन्धनको माग अनुसर संविधानमा रहेको असन्तुष्टि समाधानका लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेश […]

मुम्बई–गोवा राजमार्गको पुल भत्किदा २ वटा बस बगे

एजेन्सी । मुम्बई–गोवा राजमार्गमा रहेको रायगढ जिल्लामा सावित्री नदीको पुल गएराति भत्किदा दुई बससहित अन्य साना सवारी साधन बगेको आशंका गरिएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवन्द्र फणनविसले महाबलेश्वर इलाकामा भारी बर्षाका कारण नदीमा पानीको बहाब उच्च भएसँगै पुरानो सो पुल भत्किएको पुष्टि गरेका छन् । घटनामा कति मानिसको मृत्यु भयो भन्ने बारेमा अहिले सम्म स्पष्ट […]

कांग्रेस सभापतिलाई डेढ वर्षको जेल सजाय

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामालाई ठगीको मुद्दामा अदालतको फैसला कार्यन्वयन गर्न प्रहरीलाई आदेश दिइएको छ । उनीमाथि ठगीको आरोपमा सर्वोच्चले गरेको फैसला कार्यन्वयन गर्न फैसला कार्यन्वयन निर्देशनालयले जिल्ला अदालत चौतारालाई पत्र पठाउँदै वैदेशिक रोजगारी कसुर मुद्दामा अदालतको फैसला कार्यन्वयन गर्न आदेश दिएको हो । उनी दुई महिनाअघि मात्रै जिल्ला सभापतिमा निर्वाचित भएका […]