कर्णेल कुमार लामाले सफाइ पाए

काठमाडौं । माओवादी सशस्त्र जनयुद्धका बेला पक्राउ परेका ब्यक्तिलाई यातना दिएको अभियोगमा साढे ३ वर्षदेखि बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाले सफाइ पाएका छन् । लण्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टले कर्णेल लामालाई सफाइ दिएको हो । लण्डन अदालतले गरेको फैसलामा उनीविरुद्ध अब कुनै कारबाही प्रक्रिया सुरु नहुने उल्लेख छ । सशस्त्र द्वन्द्वको समय कपिलबस्तुमा […]

विप्रेषणबाट पुँजीगत आधार बनाउन पहल गर्नुपर्छ : दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा भित्रिरहेको विप्रेषणबाट पुँजीगत आधार बनाउन सचेत र सार्थक पहल गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक संघको रजतजयन्तीको उद्घाटन कार्यक्रममा उनलृ अहिले विप्रेषणलाई दिगो उत्पादनशील क्षेत्रमा लगानीको अवसर सिर्जना गर्नुपर्ने बताए । पुँजी निर्माणका लागि युवाको श्रम, सीप र जोसजाँगर मुलुकको नवनिर्माणमा कसरी लगाउन सकिन्छ भन्नेतर्फ अर्थशास्त्रीको ध्यान जानुपर्ने बताउँदै […]

गालीपछि ओबामाद्वारा फिलिपिन्सका राष्ट्रपति डुटर्तेसँग भेट्न अस्वीकार

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले लाओसमा हुन लागेको आसियान शिखर सम्मेलनका क्रममा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्तेसँग भेट गर्न अस्वीकार गरेका छन् । शिखर सम्मेलनमा जानुअघि डुटर्तेले ओबामामाथि गाली गरेका थिए । व्हाइट हाउसका अधिकारीले अब ओबामाले दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हेईसँग भेट गर्ने जनाएका छन् । फिलिपिन्सका राष्ट्रपतिले लाओसमा आफूहरुलाई मानवअधिकारको भाषण नगर्न […]

महंगी, भ्रष्टाचार र कालाबजारी विरुद्ध संघर्ष गर्छौ : सुवेदी

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले महंगी, भ्रष्टाचार र कालाबजारी विरुद्ध पार्टीले संघर्ष केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन् । उनले मुलुकमा व्यापक कालाबजारी र भ्रष्टाचार मौलाएको भन्दैं त्यसका विरुद्ध आन्दोलन गर्नुपर्ने खाँचो औल्याए । पार्टीले भदौं २४ गते गर्न लागेको सभाको तयारीका क्रममा बुटवलमा भएको जिल्ला नेता तथा अगुवा […]

फेरि अर्को ट्रक त्रिशुली नदीमा खस्यो, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक मंगलबार बिहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट ट्रक त्रिशूली नदीमा खस्दा अन्य दुईजना गम्भीर घाइते भएका छन् । ना ३ ख ९९०३ नंको ट्रक त्रिशूलीमा खस्दा मृत्यु भएका अन्दाजी २८ र ३५ वर्षका पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको […]

कांग्रेसमा ‘स्वतन्त्र गुट’ को अस्तित्व खोज्दै सिटौला

काठमाडौं । भदौको अन्तिम साता हुने महिला संघ र असोजको पहिलो साता हुने तरुण दलको महाधिवेशनमा कांग्रेसको कृष्णप्रसाद सिटौला पक्षले एकल चुनाव लड्ने भएको छ । कांग्रेसमा ‘स्वतन्त्र गुट’ को अस्तित्व स्थापित गर्न सिटौला पक्षले तरुण दल र महिला संघमा एक्लै निर्वाचन लड्ने तयारी गरेको हो । त्यसका लागि सिटौला पक्षले तरुण दल र महिला […]

विश्वकप छनोटमा स्पेन र वेल्सको फराकिलो जित

काठमाडौं । सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको युरोपेली छनौटअन्तर्गत सोमबारराति भएको खेलमा स्पेन र वेल्सले फराकिलो जित निकालेका छन् । समूह जी को खेलमा स्पेनले लिचेस्टेनलाई ८–० ले हराएको छ । खेलमा स्पेनलाई विजयी गराउन डिएगो कोष्टा, डेभिड सिल्भा र अल्भारो मोराटाले दुई–दुई गोल गरे भने सर्जी रोबेर्टो र भिटोलोले एक–एक गोल थपे […]

रक्षा मन्त्रालयकै गेटमा शक्तिशाली विस्फोट गराउँदा २४ को मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रक्षा मन्त्रालयको गेटमा दुईवटा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा पनि २४ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् पहिलो विस्फोट भएको केही समयमा नै दोस्रो आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा परी एक सेनाका जनरल, दुई जना प्रहरीका वरिष्ठ अधिकारीसमेत मारिको रक्षा मन्त्रालयका प्रवक्ताले जनाएका छन् […]

विप्लव माओवादीको महाधिवेशनको बन्दसत्र थवाङमा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) को महाधिवेशनको बन्दसत्र रोल्पाको थवाङमा हुने भएको छ । विप्लव माओवादीले आगामी फागुनको पहिलो साता आठौं महाधिवेशन गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विप्लव माओवादीले फागुन १ देखि ठ गतेसम्म महाधिवेशन गर्ने जानकारी दिएको हो । प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पार्टीको महाधिबेशन फागुन […]

उत्तर कोरियाद्वारा एकै पटक तीन क्षेप्यास्त्र परीक्षण

एजेन्सी । उत्तर कोरियाले आज आफ्नो पूर्वी तटबाट तीन वटा ब्यालेष्टिक मिसाइल परीक्षण गरेको छ । चीनमा जी–२० को शिखर सम्मेलनमा शीर्ष नेताको बैठक चलिरहेका बेला उत्तर कोरियाले नयाँ मिसाइल परीक्षण गरेको हो । दक्षिण कोरियाका रक्षा मन्त्रालयका प्रवक्ताले सोमबार बिहान तीन बजे उत्तर कोरियाको ह्वांग्जु प्रान्तबाट जापानी सामुद्रिक क्षेत्रमा मिसाइल छाडेको हो । यसलाई […]