लोकमान विरुद्ध डा.केसीका समर्थकले प्रदर्शन गर्दैै

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीका समर्थकले लोकमान सिंह कार्कीलाई हटाउन माग गर्दै प्रदर्शनको तयारी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा डा.केसीका समर्थकले कारबाहीको माग गर्दै ¥याली निकाल्न लागेका हुन् । ‘अलबिदा लोकमान, अख्तियारलाई जीवनदान’ भन्ने नारासहित बिहान ११ बजे […]

विश्व कप छनौटमा दर्शकलाई हुटिङ लगाउन प्रतिबन्ध

काठमाडौं । सन् २०१८ को विश्वकप फुटबल छनौट अन्तर्गत आगामी महिना हुने थाइल्याण्ड र अस्ट्रेलियाबीचको खेलमा दर्शकले हुटिङ गर्न नपाउने भएका छन् । दुवै देशका फुटबल संघको सहमतिमा हुटिङ लगाउन प्रतिबन्ध लगाइएको हो । थाइल्याण्ड आफ्ना राजा भुमिबोलको निधनको शोकमा रहेकाले खेलमा कुनै हुटिङ गर्न निषेध गरिएको हो । खेल हेर्न जाने दर्शकले कालो, घुर्मैलो […]

तेक्वान्दोको सर्वोच्च संस्था डब्लुटिएफ अध्यक्ष डा.चो नेपालमा

काठमाडौं । तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) का अध्यक्ष डा.चोङवन चो नेपाल आइपुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आएका चो लगायत टोलीको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष हरिश्वर पोख्रेल, महासचिव दिपराज गुरुङ, केन्द्रिय सदस्य, विभिन्न डोजाङका प्रमुख र खेलाडीलगायतले स्वागत गरेका थिए । भ्रमणका दौरान उनले […]

ललितपुरको इमाडोलमा प्राकृतिक ग्यासको सफल परीक्षण

५ कात्तिक, २०७३ । ललितपुरको इमाडोलमा प्राकृतिक ग्यासको सफल परीक्षण गरिएको छ । शुक्रबार नेपाल सरकारका उद्योगमन्त्री नविन्द्रराज जोशीले पाइपलाइनबाट आएको ग्यास चुल्हो बालेर प्राकृतिक ग्यासको सफल परीक्षण गरे । खुला चौरमा चार इन्चको पाइप गाडेर पानी तानिएको छ । पानीसँगै ग्यास आउने भएकाले ८२ मिटरमा पम्प राखिएको छ । त्यही पम्प भएर पानी सेप्रेसन […]

चिताबाटै शब प्रहरीको नियन्त्रणमा

कैलाली । दाह संस्कारका लागि चितामा राखिएको शब परीक्षणका लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका– २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको शव जलाउनका लागि मोहना आर्यघाटमा लागेका बेला प्रहरीले नियन्त्रणमा लिएर परीक्षण लागि सेती अञ्चल अस्पतालमा पु¥याएको छ । उपाध्यायको बिहीबार अचानक मृत्यु भएको र चितामा राख्ने तयारी गरेका […]

लोकमान प्रकरणले दाहाल नेतृत्वको सरकार धरापमा

५ कात्तिक, २०७३ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकार धरापमा परेको छ । लोकमान प्रकरणमा दलहरु विभाजित हुने र महाअभियोगको पक्षमा दुई तिहाइ मत नदेखिने स्थिति बनेपछि दाहाल नेतृत्वको सरकार धरापमा परेको हो । बिहीबार दिउँसो संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी केन्द्रका सभासदहरुको बैठकमा प्रम […]

पाकिस्तानसँग भारतको लज्जास्पद हार

काठमाडौं । पाकिस्तानविरुद्धको व्हीलचेयर क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ । मलेसियामा पहिलो पटक भइरहेको व्हीलचेयर सिरिजमा पाकिस्तानसँग भारत १४८ रनको फराकिलो अन्तरले पराजित भएको हो । व्हीलचेयर टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १५ ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएको थियो । पहिलो खेलमा नै पाकिस्तानका अजहर अलीले […]

युरोपा लिगमा म्यानचेस्टर युनाईटेडको सहज जित

काठमाडौं । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिग अन्तर्गत बिहीबारराति भएका खेलमा म्यान्चेस्टर युनाईटेड, ईन्टर मिलान र शाल्के विजयी भएका छन् । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडले टर्कीको फेनरवाचेले ४–१ ले हरायो । उसको जितमा पाउल पोग्बाले २ तथा एन्थोनी मार्शल र जेसी लिङ्गार्डले एक एक गोल गरे । सोही समूहको अर्को खेलमा […]

पहाडीया अहंकारवाद र वाह्य औपनिवेशिकरण प्रमुख दुश्मन : वैद्य

४ कात्तिक, २०७३ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले पहाडीया खस आर्य अहंकारवाद(ब्रम्हाणवाद) र वाह्य औपनिवेशीकरण नै नेपालका आदिवासी जनजातिहरुका प्रमुख दुश्मन भएको बताएका छन् । बिहीबार पार्टी कार्यालय बुद्धनगरमा अखिल नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले यस्तो बताएका हुन् । “पहाडीया खस आर्य अहंकारवाद (व्राम्हणवाद) र वाह्य औपनिवेशीकरण […]

उपेक्षा गरे विद्रोह गर्ने ज्ञानेन्द्रको खुलेआम चेतावनी

काठमाडाैं । सत्ता छाडेपछि पहिलो सार्वजनिक भाषण गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई उपेक्षा गरे विद्रोह गर्ने चेतावनी दिएका छन् । पशुपतिस्थित वनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन उद्घाटन गर्दै ज्ञानेन्द्रले उपेक्षाले विद्रोह निम्त्याउने चेतावनी दिएका हुन् । हिन्दु धर्म तथा त्यसको दर्शनको व्यवहारभित्र घुसेको राजनीतिले राष्ट्रमा असन्तुलन निम्त्याउने र राष्ट्रमा असन्तुलन आए उपेक्षा जन्माउने र त्यसले विद्रोह […]