सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम पाइला टेक्ने जुन्को तावेईको निधन

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । जापानको साइतामा क्यान्सर सेन्टरमा उपचार गराइरहेकी उनको बिहीबार निधन भएको हो । उनलाई चार वर्षअघि स्तन क्यान्सर भएको पत्ता लागेको थियो । तावेईले सन् १९६२ मा जापानको शोवा महिला विश्व विद्यालयबाट स्नातक गरेपछि आफ्नो आरोहण […]

लोकमानलाई बाह्यशक्ति देखाएर उन्मुक्ति दिन खोजियो : भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाइै उन्मुक्ति दिने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले लोकमान प्रकरणमा बाह्य शक्तिलाई अनावश्यक रुपमा मुछेर दलहरुले अख्तियार प्रमुख कार्कीलाई उन्मुक्ति दिन खोजेको उनको भनाई थियो । शनिबार गोरखा नगरपालिकाको छेवेटारमा पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले लोकमानलाई ‘असनको […]

लोकमानमाथिको महाअभियोगको प्रस्ताव समयको माग : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथिको महाअभियोको प्रस्ताव समयको माग भएको बताएका छन् । उनले समयको आवश्यकता र मागभन्दा कोही पनि पछाडि जान नसक्ने भन्दै ओलीले महाअभियोग वर्तमानको आवश्यकता भएको उल्लेख गरे । कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोगको प्रस्ताव पास गराउन आग्रह गर्दै […]

लोकमान महाअभियोग दोस्रो कटवाल प्रकरणतर्फ मोडिदै, यी हुन कारण

pm-prachanda-with-lokman-fकाठमाडौं । अख्खियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग दोस्रो कटवाल प्रकरणतर्फ मोडिन थालेको विश्लेषण गरिन थालेको छ ।

पहिलो पटक पुष्पकमल दाहाल प्रधानमन्त्री भएको समयमा तत्काली प्रधानसेनापति रुक्मांगद कटवाललाई पदबाट हटाउँन खोज्दा आफैले राजीनामा दिनुपरेको थियो । अहिले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउदा पनि दाहाल अफ्टेरो अवस्थामा पुगेका छन् ।

उनले लोकमानलाई महाअभियोग लगाउनेबारे पार्टीमा सर्वसम्मत निर्णय गराउँन सकेका छैनन् । उनले यसबारेमा विभिन्न पक्षसँग परामर्श गरेपनि त्यसले सकारात्मक मोड लिन सकेको छैन ।

लोकमानलाई महाअभियोग लगाउनुपर्नेमा अहिले सम्म नेकपा एमालेले मात्रै संस्थागत निर्णय गरेको छ भने सत्ताको प्रमुख घटक नेपाली काँग्रेस अझै अनिर्णित छ । Read more about लोकमान महाअभियोग दोस्रो कटवाल प्रकरणतर्फ मोडिदै, यी हुन कारण

भारतीय सुप्रिम कोर्टले मोदी सरकारलाई भन्यो, “माओवादीसँग शान्तिवार्ता गर”

काठमाडौं । भारतीय सर्वोच्च अदालतले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई माओवादीसँग शान्तिवार्ता गर्न भनेको छ । छत्तिसगढमा विशेष पुलिस अधिकारीहरुले त्यहाँका आदिवासीमाथि मच्चाएको हत्या, हिंसा, बलात्कार र आतंकका विरुद्धमा परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधिश भीमराव लोकुर र आदर्श कुमार गोयलले सरकारलाई माओवादीसँग शान्तिवार्ताको लागि पहल गर्न भनेको हो । भारतीय सुरक्षाकर्मीले सन् २०११ को मार्चमा सुकमा […]

रेलका १० डिब्बा लिगबाट उछिट्टिदा ५३ को मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक क्यामरुनमा यात्रुवहाक रेल दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ भने अन्य ३ सय भन्दा बढी घाइते भएका छन् । क्यामरुनको याउँडे तथा डूआला शहरबीच गुिडरहेको रेलको दशवटा डिव्वा लिकबाट बाहिरिदा सो दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा घाइते भएका कतिपय यात्रुका हातखुट्टा छिनेका छन् । भारी वर्षका कारण दुई […]

बादल पसेको चार महिनापछि गोपाल किरातीले किन दिए राजीनामा ?

काठमाडौं । माओवादी केन्द्रका नेता गोपाल किरातीले केन्द्रीय कार्यलयको सदस्यबाट राजीनामा दिएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) बाट बाहिरिएर रामबहादुर थापा समूह एमाओवादीमा प्रवेश गरेको करिब चार महिनापछि किरातीले राजीनामा दिएको बाहिर आएको हो । उनले केन्द्रीय कार्यलयलाई चुस्त बनाउनका लागि आफूले राजीनामा दिएको दाबी गरेका छन् । तर, माके गठन भएको ठीक पाँच महिनापछि […]

अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्न गएका नेपाली विद्यार्थीको मृत्यु भएको छ । अष्ट्रेलियाको पश्चिम पर्थमा उच्च शिक्षा अध्ययन गरिरहेका काठमाडौंको नरदेवी घर भएका विराटमान ताम्राकारको मृत्यु भएको हो । बिहीबार विहान काममा जाने क्रममा उनी एक्कासी सडकमा ढलेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । पर्थमा रहेको इडिथ कोवान युनिभर्सिटीमा इन्जिनियरिङ बिषय अध्ययन […]

अब कक्षा १० मा सेकेन्डरी एजुकेशन सर्टिफिकेट, १२ मा एसएलसी

काठमाडौं । अब कक्षा १० को अन्तिम परीक्षालाई सेकेन्डरी एजुकेशन सर्टिफिकेट (एसईसी) र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामाकारण गरिने भएको छ । कक्षा १० र १२ को परीक्षालाई कुन रुपमा परिभाषित गर्ने भनी सरोकारवालसँग सुझाव लिन शिक्षा मन्त्रालयले शुक्रबार बोलाएको बैठकमा यस्तो सहमति बनेको मन्त्रालय स्रोतले जानकारी दियो । बैठकले कक्षा १० मा […]

भारत–पाक तनावः टिभी, रेडियोमा भारतीय सामग्रीमाथि प्रतिबन्ध

एजेन्सी । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा) ले टेलिभिजन र रेडियोमा प्रशारित हुने भारतीय सामग्रीमा प्रतिबन्ध लागेको छ । पेमराले शुक्रबार तीन बजेदेखि पाकिस्तानमा टिभी र सिरियलसँग जोडिएका प्रशारण गर्न रोक लगाइएको हो । यो प्रतिबन्धको उल्लंघन गर्ने केबल टेलिभिजन वा रेडियो विरुद्ध कानुनी कारबाही गरिने पेमराले जनाएको छ । पाकिस्तानमा भारतीय सिरियल र […]