फास्ट्रयाक, प्रचण्डको भारत भ्रमण र राष्ट्रिय स्वाधीनता

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणको मिति नजिकिदै जाँदा देशभित्र विभिन्न कोणबाट भ्रमणका क्रममा हुन सक्ने सन्धिसम्झौताको विषयमा अड्कलबाजीहरु हुन थालेका छन् । देशको राष्ट्रप्रमुखले छिमेकी राष्ट्रसँग गर्ने सन्धिसम्झौताले तत्कालका लागि मात्र नभएर दीर्घकालसम्म असर पार्नेभएकाले पनि नागरिकहरुमा भ्रमणको विषयलाई लिएर चासो र जिज्ञासा देखिनु स्वभाविक मात्र होइन, आवश्यक पनि हो । सामाजिक सञ्जालदेखि ट्वीटरसम्ममा अहिले […]

चन्द्रमामा पाइला टेकेका अमेरिकी नागरिक नेपालमा

काठमाडौं । अमेरिकी नागरिक बज अल्ड्रिन, जसले चन्द्रमामा पहिलो पटक पाइला टेकेका थिए, आज पहिलोपटक काठमाडौं आइपुगेका छन् । उनले नेपाल आउनु अघि अमेरिकाबाट ट्वीट गर्दै कहिल्यै नपुगेको देश जाँदैछु भनेका थिए । ८७ वर्षे बज एभरेस्ट साइन्स सेन्टरको आमन्त्रणमा नेपाल आएका हुन् । ६ सदस्यीय टोलीसँगै आएका बज २४ गतेसम्म नेपालमा रहने छन् । […]

गरिबका लागि काम गर्ने मदर टेरेसा क्रिश्चियन अब ‘सन्त’

एजेन्सी । गरिबका लागि काम गर्ने मदर टेरेरसालाई भ्याटिकनमा भएको एक समारोहमा ‘सन्त’को उपाधि प्रदान गरिएको छ । आइतबार भ्याटिकनको सेन्ट पिटर स्क्वायरमा पोप फ्रान्सिसले उनलाई सन्तको उपाधि दिएका हुन् । मदर टेरेसालाई सन्तको उपाधि दिने कार्यक्रममा सहभागी हुन दसौं हजार सर्वसाधारण सहभागी थिए । भारतीय विदेशमन्त्री सुस्मा स्वराज, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, बंगालकी मुख्यमन्त्री […]

गोल वर्षा गर्दै आयोजक अरुणीमाको विजयी सुरुवात

काठमाडौं । आयोजक अरुणीमाले प्रथम अरुणीमा कप सिक्स ए साइड अन्तरविद्यालय छात्र फुटबल प्रतियोयगितामा शनिबार विजयी सुरुआत गरेको छ । बौद्धस्थित घरेलु मैदानमा भएको उद्घाटन खेलमा अरुणीमाले बाल श्रृजनालयलाई १९–० को भारी गोलअन्तरले पराजित ग¥यो ।  भाष्कर थापाले चार ह्याट्रिक गरे भने ह्याट्रिक पूरा गरेका पियूश पराजुलीले ४ गोल गरे । माणिक लामाले २ तथा […]

संविधान संशोधन सहमतिमा मात्रै हुन्छ : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन सहमतिमा मात्रै गरिने बताएका छन् ।  संविधान संशोधन जस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा मात्रै हुनुपर्ने भन्दै उनले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।  सिङ्गापुरमा पेटको पाचनप्रणाली सम्बन्धी उपचार गराई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै देउवाले संविधानप्रति सबैको अपनत्व स्थापित गर्न र कार्यान्वयन गर्न […]

माग पूरा नभए सत्याग्रह गर्छु : डा केसी

पोखरा । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा। गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने चेतावनी दिएका छन् । आफ्ना समर्थक चिकित्सक एवम् पत्रकारसँग आज पोखरामा भएको कार्यक्रममा डा.केसीले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सरकारका उच्च अधिकारीसँग आफ्ना मागका बारेमा जानकारी गराइसकेको भए पनि हालसम्म सरकारले माग पूरा गर्नेतर्पm कुनै चासो नदिएको भन्दै उनले […]

वैज्ञानिक अनुसन्धानको क्षेत्रमा अर्को सफलता

काठमाडौं । वैज्ञानिकहरुले पृथ्वीभन्दा ११.१ अरब प्रकाश वर्ष टाढा आकाशगंगाको एक समूह पत्ता लगेको बताएका छन् । आकाशगंगाको यो समूह अहिलेसम्म प्राप्त तथ्यअनुसार पृथ्वीबाट सबैभन्दा टाढाको दुरीमा रहेको छ । अनुसन्धानकर्ताले नासाको चन्द्र एक्सरे वेधशाला र अन्य दूरदर्शी यन्त्रका मद्दतले यो समूह पत्ता लगाएको बताएका छन् । अनुसन्धानको अगुवाई गरेका फ्रेन्च वैकल्पिक उर्जा र परमाणु […]

ताप्लेजुङमा पहिरोमा पुरिएर तीनको मृत्यु, दर्जनौं घरमा क्षति

ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।  पहिरोले एक दर्जनौं घरमा क्षति पुर्याएको छ । पहिरोमा परी एक जना घाइते समेत भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर ताप्लेजुङ नगरपालिका दुईका टिका मगरकी श्रीमती विमला मगर, छोराहरु मनोज र ललित मगरको मृत्यु भएको […]

फिलिपिन्समा शक्तिशाली विस्फोटमा १२ को मृत्यु, ६० घाइते

काठमाडौं/एजेन्सी– दक्षिणी फिलिपिन्समा शनिबार बिहानै भएको एक शक्तिशाली विस्फोटमा परी कम्तिमा पनि १२ जनाको मृत्यु भएको छ भने अन्य करिब ६९ जना घाइते भएका छन् । राष्ट्रपति रोड्रिगो डुटर्तेको गृहनगर डावाओको व्यस्त रात्री बजारमा विस्फोट भएको हो । यसैवर्ष राष्ट्रपति हुनुअघि डुटर्ते यो नगरमा २० वर्षसम्म मेयर भएका थिए । विस्फोटका समयमा राष्ट्रपति पनि सोही […]

सामिया प्रकरण : हत्याअघि बलात्कार भएको सनसनीपूर्ण खुलासा

एजेन्सी । पाकिस्तानमा कथित सम्मानको नाममा बेलायतमा बस्ने सामिया शाहिदको बलात्कारपछि हत्या भएको सनसनीपूर्ण खुलासा भएको छ ।  हत्याकाण्डको छानविन गरिरहेका अधिकारीहरुले यस्तो जानकारी दिएका हुन् । बेलायतको ब्रैडफर्डमा बस्ने २८ वर्षीया सामियाको जुलाईमा पाकिस्तानको पञ्जाबमा हत्या भएको थियो ।  उनकै बाबु र पूर्वपतिले हत्या गरेको जनाउँदै उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । पाकिस्तानी अधिकारीहरुले […]