अध्यक्ष किरणद्वारा नेपाल संवत ११३७ को अवसरमा शुभकामना व्यक्त

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले नेपाल संवत ११३७ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष किरणले विज्ञप्ति जारी गर्दै नेपालको मौलिक संवत नेपाल संवतको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका हुन् । नेपाल सम्वत् ११३७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई नेवार […]

संविधान संशोधन गरेर निर्वाचनमा जानुकाे विकल्प छैन : दाहाल

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । न्हुदँ समारोह समितिद्वारा आज यहाँ नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक ¥यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताए । खासगरी विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका […]

नेपाल सम्वत् ११३७ प्रारम्भ, विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौं । नेपाल सम्वत् ११३७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध […]

लक्ष्मीपूजाको रात छोराले गरे आमाको हत्या

गाईघाट । उदयपुरको कटारी नगरपालिका–२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीमा लक्ष्मीपूजाको रात मादक पदार्थ सेवन गरेका छोराले आमाको हत्या गरेका छन् । बेलस्रोतस्थित सुकुम्वासी टोलका ५५ वर्षीया फूलकुमारी सदालाई उनकै २२ वर्षीय छोरा कालीचन सदाले गएराति १२ बजे धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरी चौकी बेलस्रोतले जनाएको छ । कालीचनले टोलका साथीसँग भैलो खेलेर अत्यधिक मादक […]

प्रिमियर लिगमा चेल्सीको सहज जित, एभर्टनले वेस्ट ह्यामलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधी दाबेदार चेल्सीले साउथ हृयाम्पटनमाथि सहज जित हात पार्दै उपाधी होडमा आफ्नो बलियो दाबेदारी पेश गरेको छ । आइतबार राति भएको खेलमा चेल्सीले साउथ हृयाम्पटनमाथि २–० को जित निकाल्दै लिगको चौथो स्थानमा उक्लिएको छ । साउथ हृयाम्पटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले छैटौं मिनेटमा नै इडेन हजार्डको गोलबाट अग्रता […]

ओबामाले व्हाइट हाउसमा यसरी मनाए दीपावली

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसमा नै दीपावली मनाएका छन् । ओबामाले सरकारी निवासमा दीपावली मनाएको तस्बिर आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेका छन् । उनले तस्बिर पोस्ट गर्दै भनेका छन्, ‘अमेरिका र संसारभरमा उज्यालोको पर्व मनाईरहेका सबैमा दीपावलीको शुभकामना ।’ ओबामाले आफू दीपावली मनाउने पहिलो राष्ट्रपति बनेकोमा गर्व लागेको बताएका […]

आज घरघरमा धनधान्यकी देवी लक्ष्मीपूजा गरिँदै

काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज साँझ धनधान्यकी देवी लक्ष्मीपूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ । […]

मौरिन्हो र हरेरा मैदानबाहिर भएको खेलमा युनाइटेड रोकियो, सिटीको प्रभावशाली जित

काठमाडौं । प्रशिक्षक जोजे माउरिन्हो र डिमफिल्डर हरेरालाई मैदान बाहिर पठाइएको खेलमा म्यनचेष्टर युनाइटेड नवप्रवेशी बर्नलीसँग बराबरीमा उक्लिएको छ । प्रिमियर लिगका पछिल्ला खेलमा खराब प्रदर्शन गरिरहेको युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा बर्नलीसँग बराबरीमा रोकिएपछि शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँग ८ अंकले पछि परेको छ । युनाईटेडका हरेर ६८ औं मिनेटमा रातो कार्ड खाँदै […]

महाकवि देवकोटाको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औंसी अर्थात लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् […]

परिवर्तनको आन्दोलनमा साहित्यको भूमिका महत्वपूर्ण : वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले परिवर्तनको आन्दोलनमा नेपाली साहित्यको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलद्वारा लिखित ‘झुल्कदो घाम’ कथा संग्रहको शनिबार राजधानीमा विमोचन गर्दै अध्यक्ष वैद्यले परिवर्तनका लागि राजनीतिकर्मी र साहित्यिक–साँस्कृतिक फाँटमा कार्यरत सबै एकजुट भएर अघि बढ्नुपर्ने […]