मुखर्जी भ्रमणः जनकपुर र पोखराबाट फर्किएर दिल्ली प्रस्थान गर्ने

काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज जनकपुर र पोखरा भ्रमणमा जाँदै छन् । मुखर्जीेले जनकपुरमा जानकी मन्दिरमा पुजाअर्चना र स्थानीय तिरहुतिया गाछीमा नागरिक अभिनन्दनमा गरि ५५ मिनेट बिताउने छन् । बुद्ध एयरको विशेष विमानबाट शुक्रबार बिहान १० वजे ५५ मिनेटमा जनकपुर अवतरण गर्ने उनी जनकपुर उपमहानगरपालिकाको आयोजनामा हुन […]

राष्ट्रपति मुखर्जी फर्किने दिन नै देउवा किन जाँदैछन् भारत ?

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार भारत जाँदैछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने भ्रमण सकेर दिल्ली फर्किने दिन नै देउवा पनि दिल्ली जान लागेका हुन् । भारतीय जनता पार्टी निकट बुद्धिजीवीहरुको संस्था इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन देउवा शुक्रबार नै दिल्लीबाट गोवा पुग्नेछन् । गोवामा हुने फाउन्डेसनको कार्यक्रमलाई देउवाले शनिबार […]

मुखर्जीलाई स्वागत गर्न बनाइएको गेट तोडफोड

पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई स्वागतार्थ पोखरामा निर्माण गरिएको स्वागत तोडफोड भएको छ । शुक्रबार मुखर्जी पोखरा जाने कार्यक्रम रहेको छ । सोही प्रयोजनका लागि बनाइएको गेट अज्ञात समूहले तोडफोड गरेको हो । शुक्रबार हुने राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणका क्रममा स्वागतका लागि इन्द्रचोक नजिकै बनाइएको स्वागत गेट तोडफोड गरिएको हो । स्वागत छ पोखरामा […]

मारुती भ्यान र मोटरसाइकल ठोक्किदा २ को मृत्यु

उर्लाबारी । मोरङको इटहरामा मारुती भ्यान र मोटरसाइकल एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । उर्लाबारी–बरडंगा सडकखण्डमा साँझ इटहरा–४ स्थित इटहराबजारमा विराटनगरतिर जाँदै गरेको को १ च ५५६९ नंको भ्यानले आमबारीबाट उर्लाबारीतिर आउँदै गरेको को ७ प ५७०८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो […]

यी सडक आज पनि सरकारले खाली गराउँदैछ

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षाका लागि भन्दै सरकारले आज पनि काठमाडौंका विभिन्न सडकहरु खाली गराउने भएको छ । भारतीय राष्ट्रपति मुखर्जीले आज पशुपतिनाथको दर्शनका साथै विशेष पूजाआजा गर्ने कार्यक्रम छ । बिहान १० बजेको समयमा पशुपतिनाथ जाने कार्यक्रम रहेकाले ९ बजेदेखि नै मुखर्जी पशुपतिनाथ पुग्ने सडकलाई खाली गरिएको छ । […]

रित्तो रंगशालामा बराबरीमा रोकियो रियल मड्रिड

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिजिया वार्सोले रियल मड्रिडलाई बराबरीमा रोकेको छ । स्पेनिस जाइन्ट रियल मड्रिड र पोल्याण्डको क्लब लिजियाबीच बुधबार राति भएको खेलमा रंगशाला पुरै खाली थियो । लिजियाको घरेलु मैदानमा भएको अघिल्लो खेलमा समर्थकहरुले उपद्रो मच्चाएपछि यो पटक ढोका बन्द गरेर खाली रंगशालामा खेलाइएको हो । खेल सुरु भएको ५७ औैं […]

पक्राउ परेका पत्रकार रिहा

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका क्रममा समाचार संकलनका क्रममा पक्राउ परेका पत्रकार लोकराज जैसीसहित तीन जनालाई प्रहरीले रिहा गरेको छ । मुखर्जी भ्रमणका क्रममा समाचार संकलनका लागि पुगेका जैसीलाई विमानस्थलको गेट नजिकै कालो झण्डा देखाउन बसेका ग्रेटर नेपालका फडिन्द्र नेपालको टोलीको फोटो खिच्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो । यसैगरी पत्रकार मोहन बास्तोला […]

सोल्टीको रात्रीभोजमा गएका केपी ओली भारतीय दूतावास गएनन्

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारतीय दूतावासले आयोजना गरेको समारोहमा अनुपस्थित भएका छन् । पूर्वप्रधानमन्त्री भएको नाताले दूतावास धाउनुहुन्न भन्ने मान्यतासहित ओली सो समारोहमा सहभागी नभएको ओली निकट स्रोतले जनाएको छ । भारतीय दूतावासले लैनचौरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर […]

तीन दिने भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालमा

काठमाडौं । तीन दिने औपचारिक भ्रमणका लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं आइपुगेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरिन् ।  मुखर्जीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अतिविशिष्ट कक्षमा पुगेका थिए । यसैगरी मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता पनि विमानस्थल पुगेका […]

मुखर्जी नेपाल आउँदा जनतालाई सास्ती नै सास्ती, विमानस्थल बन्द

काठमाडौं । नेपालमाथि गत वर्ष ५ महिनाभन्दा लामो सयम नाकाबन्दी गरेर नेपाली जनतामाथि अत्याचार थोपरेको भारतका राष्ट्रपति नेपाल आउँदा पुनः जनताले नै सास्ती पाएका छन् । मुखर्जीको नेपाल भ्रमणलाई लक्षित गरि राजधानीमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने जनतालाई सडकमा समेत निस्कन नदिएर अघोषित कफ्र्युको अवस्था सिर्जना गरिएको छ । यसैगरी मुखर्जी नेपाल आउँदै गर्दा […]