रुसले अमेरिकालाई दियो शान्ति प्रयास समाप्त हुने चेतावनी

एजेन्सी । अमेरिका र बेलायतले सिरियाका विषयलाई लिएर आफूमाथि प्रयोग गरेको शब्दको रसियाले कडा प्रतिवाद गरेको छ । राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठकका क्रममा राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि सामन्था पावरले रसियाले सिरियामा अस्विकार्य, लफ्फाजी र बर्बरतापूर्ण कार्य भएको टिप्पणी गरेकी थिइन् । क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले यसप्रकारका शब्द प्रयोगले सिरियामा पाँच वर्षदेखि जारी हिंसा […]

भारतको चेतावनी, ‘सिसाको घर हुनेले छिमेकमा ढुंगा हान्नु हुन्न’

एजेन्सी । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पाकिस्तानलाई आतंकवादको संरक्षण गर्ने देशको सूचीमा राखेर कारबाही गर्नुपर्ने बताएकी छन् । संयुक्त राष्ट्रसंघको ७१ औं महासभालाई सम्बोधन गर्दैै स्वराजले जम्मू कास्मिर भारतको भूमि भएको भन्दै यसलाई अलग गर्ने पाकिस्तानी चाहान कहिल्यै पूरा नहुने बताइन् । उनले सिसाको घर हुनेले अर्काको घरमा ढुंगा हान्न नहुने भन्दै बलुचिस्तानमा व्यापक मानवअधिकारको […]

कोलम्बिया सरकार र फार्क विद्रोहीबीच शान्ति सम्झौतामा हस्ताक्षर

एजेन्सी । कोलम्बिया सरकार र वामपन्थी फार्क विद्रोहीबीच ५२ वर्ष लामो गृहयुद्ध अन्त्य गर्ने शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । राजधानी कार्टिजेनामा फार्क विद्रोहीका तर्फबाट नेता निमान्सको र कोलम्बिया सरकारका तर्फबाट राष्ट्रपति म्यानुअल सान्तोषले सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौतापछि युरोपियन युनियनले कोलम्बियाको फार्क बिद्रोहीलाई चरमपन्थी संगठनको आफ्नो सूचीबाट हटाएको छ । संयुक्त राष्ट्रसंघका […]

सुरक्षा परिषदमा अमेरिकाले भन्यो, ‘रुसको कारबाही बर्बरता हो’

एजेन्सी । अमेरिकाले सिरियामा जारी युद्धका विषयमा चलिरहेको राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा सिरियामा जारी कारबाहीका बारेमा गलत जानकारी दिएको आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत सामान्था पावरले सिरियामा रसियाली कारबाही चरमपन्थविरोधी लडाई नभएर बर्बरता भएको बताइन् । पावरले सोमबार सुरक्षा परिषदको बैठकमा विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी एलेप्पोमा रुस र सिरियाली सेनाले जमिन […]

अमेरिकाको बर्लिङटनको मलमा गोली चल्दा ४ को मृत्यु

एजेन्सी । अमेरिकाको बर्लिंगटनको एक शपिङ मलमा भएको गोलाबारीमा कम्तिमा पनि चार जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाईते भएका छन् । प्रहरीले आक्रमणकारीको खोजी कार्य जारी रहेको बताएको छ । अमेरिकोको शियेटल शहरदेखि ६५ किलोमिटर टाढा रहेको मलमा भएको गोलाबारीमा थप दुई जना घाइते भएको बताइएको थियो । तर प्रहरीले घटनामा चार जनाको […]

इजिप्टमा ३ सय आप्रवासीसहितको डुंगा समुद्रमा डुब्यो, २९ को मृत्यु

एजेन्सी । इजिप्टमा आज समुद्रमा ३ सय आप्रवासीलाई लिएर गइरहेको एउटा डुंगा डुब्दा कम्तीमा पनि २९ जनाको मृत्यु भएको छ । इजिप्ट, सिरिया र अफ्रिकी शरणार्थीलाई लिएर गइरहेको डुंगा डुबेको हो । इजिप्टको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जानरी गर्दै कफ्र अल शेख प्रान्तमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या २९ पुगेको जनाएको छ । अहिलेसम्म १० […]

पाकिस्तानी प्रधानमन्त्री सरिफ भारतविरुद्ध यसरी उत्रिए राष्ट्रसंघमा

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै भारत प्रशासित कास्मिरमा मानवअधिकार उल्लंघनका गम्भीर घटना भएको बताएका छन् । उनले कास्मिरमा मानवअधिकार उल्लंघनको छानविन गर्न माग समेत गरे । उनले भारतीय सुरक्षाकर्मीद्वारा हत्या गरिएका बुरहान बानीलाई ‘युवा नेता’भएको भन्दै स्वतन्त्रताको माग गरेका युवा नेता बुरहानको भारतीय सुरक्षाकर्मीले हत्या गरेपछि कश्मिरमा हिंसा चर्किएको […]

सिरियाको द्वन्द्व अन्त्य र पेरिस सम्झौता कार्यान्वयन गर्न मुनको आह्वान

एजेन्सी । राष्ट्रसंघका महासचिव वान की मुनले सिरियामा पाँच वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्न तथा पेरिस जलवायु सम्झौता कार्यान्वयन गर्न विश्वभरका नेतालाई आह्वान गरेका छन् । राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै महासचिव मुनले सिरिया द्वन्द्व समाधान र पेरिस जलवायु सम्झौता कार्यन्वयनलाई यो वर्षभरी नै उच्च प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका हुन् । महासचिव […]

सिरिया आक्रमणमा अमेरिकाले लगायो रुसमाथि आरोप

एजेन्सी । अमेरिकाले सिरियामा मंगलबार राहत सामग्री बोकेका ट्रकमा भएको आक्रमणमा रसिया जिम्मेवार रहेको आरोप लगाएको छ । सिरियाको एलेप्पोमा राहत सामग्री बोकेका ट्रकमा सिरियाली सेनाले गरेको आक्रमणमा रेडक्रसका अधिकारीसहित २० जना भन्दा बढी मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आक्रमणमा ३० भन्दा बढी मारिएको जनाएको छ । सिरियाली सेनाले सोमबारराति एक साता […]

कास्मिर हमलामा १७ सैनिक मारिए, राजनाथको भ्रमण स्थगित

एजेन्सी । भारत प्रशासित कास्मिरको उरी सेक्टरमा आइतबार बिहानै एक सैनिक क्षेत्रमा भएको आत्मघाती आक्रमणमा १७ जना भारतीय सैनिक मारिएका छन् । आक्रमणका क्रममा चार आक्रमणकारी विद्रोहीको पनि मृत्यु भएको छ । विद्रोहीको आक्रमणबाट ठूलो क्षति भएपछि सेनाप्रमुख दलबीर सिंह सुहाग कास्मिर गएका छन् । विहान करिब साढे ५ बजे नै बारामुलाको उरी सेक्टरस्थित सैनिक […]