पुनःस्थापना केन्द्रमा पूर्व तमिल लडाकूलाई बिष दिएर हत्या

एजेन्सी । श्रीलंकामा ठूलो संख्यामा लिबरेशन टाइटर अफ तमिल इलम (लिट्टे) का कार्यकर्ताको शंकास्पद मृत्यु भएको खुलासा भएको छ । तमिल नेताले पुनर्वास केन्द्रमा सुई मार्फत बिष दिएर एक सय भन्दा बढी लिट्टे कार्यकर्ताको हत्या गरिएको जनाएका छन् । सरकारले भने त्यसलाई अस्वीकार गर्दै आएको छ । श्रीलंकामा प्रमुख तमिल पार्टी (टीएनए) का नेता र […]

साम्राज्यवादी प्रभाव रोक्न बोलिभियामा सैनिक एकेडेमी

एजेन्सी– ल्याटिन अमेरिकी देश बोलिभियामा नयाँ सैनिक एकेडेमी स्थापना गरिएको छ । बोलिभियाले ‘अमेरिकी साम्राज्यवाद’ को सामना गर्न भन्दै सैनिक एकेडेमी सञ्चालनमा ल्याएको जनाएको हो । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले यो नयाँ सैनिक एकेडेमी विकासशील देशमा अमेरिकाको बढ्दो प्रभाव रोक्नका लागि कोर्स तयार गर्ने र यसमा साम्राज्यवादी हस्तक्षेप र यसको परिणामका बारेमा समेत विशेष कोर्स […]

ट्रम्पको टोलीमा समस्या दुई महिनामा दोस्रो पटक टोली पुर्नगठन

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका लागि आगामी नोभेम्बर महिनामा हुने निर्वाचनमा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले आफ्नो चुनावी प्रचार अभियान टोली पुर्नगठन गरेका छन् । यो सँगै उनले चुनावी प्रचार टोली पुर्नगठन गरेको पछिल्ला दुई महिनामा यो दोस्रो पटक हो । ट्रम्पले पोल्सटर केलिनलाई चुनावी प्रचार अभियानको व्यवस्थापक र स्टेफन बान्ननलाई ब्रिटबार्ट समाचारको सीईओ नियुक्त गरेका […]

कास्मिरमा प्रहरीको गोली लागेर चार जना मारिए

एजेन्सी । भारत प्रशासित कास्मिरमा सुरक्षाकर्मीको गोली लागेर चार जना मारिएका छन् भने अन्य १५ जना घाइते भएका छन् । गत महिनादेखि नै तनावपूर्ण रहेको कास्मिरमा मंगलबार सुरक्षाकर्मीले पुनः गोली चलाएको हो । गत महिना कास्मिरमा हिजबुल मुजाहिद्दिनका प्रमुख बुरहान बानीको मृत्यू भएपछि कास्मिरमा लगातार हिंसा भड्किदै आएको छ । सो क्रममा राज्यले कफ्र्यु लगाउदै […]

क्युवाको ग्वान्टानामो बन्दीगृहबाट १५ कैदी युएई स्थानान्तरण

एजेन्सी । क्युबामा रहेको ग्वान्टानामो बन्दीगृहमा रहेका १५ जना कैदीहरुलाई संयुक्त अरब इमिरेड्स (युएई) स्थानान्तरण गरिएको छ ।  अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा एकैपटक ग्वान्टानामो बन्दीगृहबाट कैदी स्थानान्तरण गरिएको पहिलो घटना हो ।  ग्वान्टानामोमा रहेका १२ जना यमनी तथा तीन जना अफगानी कैदीलाई युएई स्थानान्तरण गरिएको अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जानकारी दिएको छ । अब ग्वान्टानामो […]

भ्रष्टाचार गरेको आरोपमा पूर्व राष्ट्रपतिका छोरा पक्राउ

कोलम्बो । श्रीलङ्काको एक अदालतले पूर्व राष्ट्रपति महिन्दा राजपाक्षका छोरालाई अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न आदेश दिएको छ । अदालतले अनुसन्धानका लागि पूर्व राष्ट्रपति राजपाक्षका जेठा छोरा नमाल राजपाक्षलाई एकहप्ता हिरासतमा राखी छानबिन गर्न अनुमति दिएको हो । नमाललाई श्रीलङ्काको विपक्षी समूहका महिन्दा राजपाक्षप्रति वफादार सांसदका रुपमा हेरिन्छ […]

९० को कोशेढुंगाः क्यास्ट्रो र क्विन

सन् २०१६ को पहिलो ८ महिनाभित्र विश्वका दुई शक्तिशाली र चर्चित नेताले आफ्नो ९० औं जन्मदिन अर्थात ९ दशकको यात्राको कोशेढुंगा पार गरेका छन् । ती दुई नेताको पृष्ठभूमी भने आकाश र जमिनको फरक छ । यसरी आफ्नो ९० औं जन्मोत्सव मनाउने नेता हुन्, बेलायती महारानी एलिजावेथ द्वितीय र क्युवाली कम्युनिष्ट नेता फिडेल क्यास्ट्रो । […]

चीनमा देखियो चमत्कार, आफ्नै बाबुआमाले पनि नपत्याएपछि

एजेन्सी । समूद्रमा खसेकी एक चिनियाँ महिलाको ३८ घन्टापछि जिवितै उद्दार गरिएको छ । ‘सर्कस सिप’ बाट समुद्रमा खसेकी ती महिलाको माछा मार्ने माझीको समूहले उद्दार गरेको थियो । चीनको सांघाईमा पानीजहाजमाथिबाट उनी उछिट्टिएर समुद्रमा खसेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । पानीजहाजको माथिल्लो तलाबाट खसेकी ती ३१ वर्षीय फ्यान उपनाम भएकी महिला घाइते भएको छिन् । […]

कास्मिर विवादबारे वार्ता गर्न भारतलाई पाकिस्तानको निम्तो

एजेन्सी । पाकिस्तानले भारतलाई कास्मिरका विषयमा वार्ता गर्न निम्तो दिएको छ । पाकिस्तानले भारतलाई कास्मिरको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय दायित्व भएको भन्दै वार्ताको प्रस्ताव गरेको हो । पाकिस्तानी विदेशमन्त्री एजाज चौधरीले इस्लामाबादमा भारतीय उच्चायुक्त गौतम बंबावलेलाई बोलाएर वार्ताका लागि भारतीय विदेश सचिव सुब्रमन्यम जयंशकरलाई पठाएको चिठी हस्तान्तरण गरेका हुन् । यस पत्रमा जयशंकरलाई कास्मिरका बारेमा […]

तसलिमा भन्छिन्, ‘शाहरूख भारतमा स्टार हुन, अमेरिकामा होइन’

एजेन्सी– चर्चित लेखिका तस्लिमा नसरिनले बलिउड स्टार शाहरूख खान भारतमा स्टार भएपनि अमेरिकामा नभएको टिप्पणी गरेकी छन् । अमेरिकाको लस एञ्जलस एयरपोर्टमा शाहरूख शुक्रबार पक्राउ परेको विषयमा टिप्पणी गर्दै उनले यो कुनै नयाँ विषय नभएको बताएकी छन् । उनले अमेरिकाको हवाईहड्डामा धेरै मुस्लिमहरू दैनिकजसो गिरफ्तारीमा पर्ने गरेको उनको भनाई छ । उनले ट्विट गर्दै भनेकी […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...