चीनको हुनानमा पर्यो ‘हजार वर्षकै बढी’ पानी, १३ जनाको मृत्यु

६ साउन बेइजिङ । चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ । शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पीडितको उद्धारका लागि तीन हजारभन्दा जनमुक्ति सेना खटाइएको छ । रेल, सडक र विमानस्थल बन्द गरिएका छन […]

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ : २४ घन्टामा अहिलेसम्मकै बढी सङ्क्रमित

६ साउन दक्षिण कोरिया । कोरोना भाइरस कोभिड १९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरुले मंगलबार यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्याङ्क हेर्दा कोभिड १९ का […]

‘चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्र’को स्थापना

काठमाडौं । भारतलाई एक्ल्याउँदै चीनले भारतबाहेक दक्षिण एसियाली राष्ट्र र चीन सहभागी नयाँ संगठन औपचारिक रूपमा स्थापना गरेको छ । बिहीबार चीनको चोङचिङ सहरमा चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्र औपचारिक रूपमा स्थापना भएको हो । स्थापनाको औपचारिक समारोहमा चीनका सहायक विदेशमन्त्री वु जिआङहाओ र चीनका लागि नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र […]

पार्टी स्थापनाको शतबार्षिकीमा सीपीसी : ‘कहिल्यै नबिर्स– तिमीले किन सुरु गरेका थियौ ।’

न्यूज एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय बर्ष पुगेको छ । यस अवसरमा सांघाई सहरका बिलबोर्डहरुमा जताततै देखिन्छ– ‘कहिल्यै नबिर्स– तिमीले किन सुरु गरेका थियौ ।’ यस्तै लेखिएका बोर्डहरु देशका अन्य सहर र राजधानी बेइजिङमा पनि छ । चीनले जुलाई १ मा कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने गरेको छ । पार्टी स्थापनाको एक सय […]

युरोकप : समूह चरण सकियो, शनिबारदेखि नकआउट चरण

१६को राउण्डमा प्रवेश हुन सफल डेनमार्कको फुटवल टिमको विजय उत्सव १० असार काठमाडौं । विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् । नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, […]

विश्वका आठ देशहरु जो वातावरण संरक्षणमा अग्रणी छन्

७ असार काठमान्डौ । सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा अन्तर्राष्ट्रिय विश्व पृथ्वी सम्मेलन भएको थियो । यो सम्मेलनको मुख्य एजेन्डा नै पर्यावरण संरक्षण थियो । सम्मेलनमा सहभागीहरूले समयमै पर्यावरणसम्बन्धी योजना नबनाए विश्वबाट हरियाली समाप्त हुने धारणा राखेका थिए । तीन दशकअघि ब्राजिलमा भएको यस सम्मेलनमा वातावरण रक्षा गर्नेसम्बन्धी धेरै ऐतिहासिक सम्झौता भएका थिए । यसमध्ये जलवायु परिवर्तन […]

भारतमा पछिल्लो ६ महिनामा २ करोड ५० लाखले जागिर गुमाए, साढे ७ करोड बढी गरिबीको चपेटामा

एजेन्सी । भारतका राजनैतिक स्टेजमा नरेन्द्र मोदीले ठूला वाचाहरुसहित प्रवेश गरे–धेरै रोजगारी, समृद्धि र कम रेड टेपका वाचा । सन् २०१४ र फेरि २०१९ को जनादेशले ठूला परिवर्तन तथा सुधारका आशाहरु जगाएको पनि थियो । तर उनको आर्थिक रेकर्ड, प्रधानमन्त्रीको ७ वर्षे कार्यकालमा कमजोर साबित भएको छ । र कमजोर प्रदर्शन गरिरहेको अर्थतन्त्र महामारीले झन् […]

विश्वका ६ शक्ति राष्ट्र र इरान बीचको वार्ता स्थगित

  इरानका नयाँ राष्ट्रपति एब्राहिम राइसी ७ असार, काठमाडौं । विश्वका ६ शक्ति राष्ट्रहरु र इरान बीच सन् २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्ने उद्देश्यले हुँदै आएको वार्ता स्थगित भएको छ । अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँगको परमाणु सम्झौतालाई पुन: सक्रिय बनाउन भियनामा गर्दै आएको वार्ता स्थगित भएको हो । वार्तामा […]

पुटिन र बाइडनबीच शिखरवार्ता सम्पन्न, के रह्यो उपलब्धि ?

असार ३ काठमान्डौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति जो बाइडनले बुधवार स्विटजरल्यान्डको जेनेभामा पहिलो शिखरवार्ता सम्पन्न गरेका छन् । दुवै नेताले बैठक सकारात्मक रहेको बताए । उक्त बैठक १८औं शताब्दीको भिल्लामा तीन घन्टासम्म भएको थियो । बैठकमा साइबर आक्रमण, मस्कोले लोकतन्त्रसमर्थकमाथि गरेको दमन र अमेरिकी निर्वाचनमा रुसले गरेको हस्तक्षेप लगायतका विषयमा चर्चा […]