(नेकपा) को संकटापन्न अवस्थामा बारे

प्रारम्भिक सन्दर्भ कथित १६ बुंदे सम्झौता पश्चात ‘फास्ट ट्रयाक’ मार्फत संविधान घोषणा गरेर नयां संवैधानिक व्यबस्था र प्रावधान अन्तर्गत विभिन्न तहका संसदीय निर्वाचनहरुको शृंखला प्रारम्भ भएको थियो । त्यस शृंखला अन्तर्गत पहिले संघीय संसद र प्रदेश सभाको निर्वाचनहरु हुनुपर्नेमा स्थानीय तहको निर्वाचन गरिएको थियो । त्यसो गर्नुको खास मकसद के थियो भने तत्कालिन नेकपा (एमाले), […]

थपिए उपत्यकामा ३१ सहित २४६ जना संक्रमित, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

काठमाडौं । काठमाडौं उपत्यकामा ३१ सहित देशभर थप २४६ जनामा कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३१ जना काठमाडौं उपत्यकाका रहेका छन् । डा. गौतमका अनुसार काठमाडौंका २२, ललिपुरका ८ र […]

भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित, प्रदेशकी क्याबिनेट मन्त्री कमलाको मृत्यु

एजेन्सी । भारतीय केन्द्र सरकारका गृहमन्त्री अमित शाह कोरोना भाइरस संक्रमित भएका छन् । उनले ट्वीट गर्दै आफु संक्रमित भएको पुष्टि गरेका छन् । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्दै उनले चिकित्सकको सल्लाहमा अस्पताल भर्ना हुने तयारी गरेको उल्लेख गरेका छन् । उनले आफुसँग सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर परीक्षण गर्न आग्रह गरेका छन् । […]

भ्रष्टाचार छानबिनको माग गर्दै उदयपुरको बेलकामा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टाचार छानबिनको माग गर्दै स्थानीयहरु सडकमा उत्रिएका छन् । सडक प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना बढी घाइते भएका छन् । नगरपालिकामा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आइतबार नगरपालिकाको कार्यालय रहेको रामपुरमा विभिन्न […]

लिच्छवीकालीन नेवाः बस्ती ‘गोल बस्ती’बाट जनतालाई उठीबास लगाउन खोजेको भन्दै नेवाः मोर्चाद्वारा पशुपति विकास कोषका सदस्य सचिवलाई बर्खास्त गर्न जोडदार माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालले एक विरोध वक्तव्य जारी गर्दै पशुपति क्षेत्रमा रहेको लिच्छवीकालीन नेवाः बस्ती, गोल बस्तीबाट जनतालाई उठीबास लगाउने योजना पशुपति विकास कोषले ल्याएकोले कोषका सदस्य सचिव र सम्बन्धित कर्मचारीहरुलाई बर्खास्त गर्न जोडदार माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठद्वारा जारी गरिएको वक्तव्यमा […]

विश्वभर २ करोड पुग्न लागे कोरोना संक्रमित, नेपालमा २० हजार नाघे

काठमाडौं । विश्वभर २ करोड पुग्न लागेका छन् कोरोना संक्रमित । आइतबार विहान(२०७७÷०४÷१८)सम्म १ करोड ८० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार एकै दिन २ लाख ४६ हजार ५६६ जना संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ८ हजार ८४९ पुगेको हो । कुल संक्रमितको […]

बयलगाडावाला

  उहिल्यै बयलगाडा चढेर अमेरिका हिडेकाे एक आसामकाे स्याल अहिले पनि कहिले शित्तल निवास कहिले बालुवाटार तिरै डुक्रिरहेछ र, आफ्ना फाेहोर पाउ गणतन्त्र माथि टेकेर झन झन फाेहाेर बनाइरहेछ । हिजाे उहीँ स्याल हाे महाकालीकाे डिलमाथि उभिएर मेराे माटाेकाे खुलमखुल्ला साैदा गर्दै कालीपानीलाई सुनाइरहेथ्याे अब घाम पश्चिमबाट उदाउँछ ! बिचरा ! कालापानी, पश्चिमी घामकाे प्रतीक्षामा […]

ओ मेरो प्रिय दुस्मन !

ओ मेरो प्रिय दुस्मन ! मबाट तिमी छुट्टिएर जाँदा म एकदमै खुसी भएको छु एक्कासी तिमी उँचो हिमालबाट उठ्नै नसक्ने गरि मरेको सिनोझैं गहिरो खाल्डोमा आफैं फालिएपछी म साँच्चिकै औधी खुसी भएको छु तिम्रो यात्रा छोट्टिएर उद्देश्यहीन अर्थहीन शब्दहीन रूपहीन अनि क्रान्तिरागहीन भएपछि अर्थात् तिमी विचारबाट धमिलिएपछी तिमीसँग धेरै टाढिदा एकदमै प्रसन्न भएको छु नाना […]

नेपालसँगको सम्बन्धलाई उच्च स्थानमा राखेका छौं : चिनियाँ राष्ट्रपति

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँगको सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएका छन् । दुई देशबीच राजकीय सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा शनिबार आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बधाई सन्देश आदानप्रदान गर्दै चिनियाँ राष्ट्रपति सीले आफू नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले आफू राष्ट्रपति भण्डारीसँग सहकार्य गरेर […]

गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु

गुल्मी । अविरल बर्षाका कारण गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझी (बोटे) को घर पहिरोले पुरिँदा माझीकी पत्नी ३० वर्षीया बिना माझी (बोटे), उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी […]