“प्रचण्ड हमारा आद्मी” – भारत

२००७ सालदेखि आफ्नो व्यक्तिगत स्वार्थका लागि भारतीय गोटी बन्दै मुलुकको सार्वभौम सत्तासमेत धरौटी राख्न पछि नपर्ने भनेर नाम लिइने अमुकअमुकहरूमा अब आएर पुष्पकमल दाहालको नाम सुनौला अक्षरले सबैले देख्ने  र बुझ्ने गरी सूचीकृत भएको छ । नेपालको राजनीतिक वृत्तमा भर्खरै एउटा भद्दा नाटकको रिहर्सल भएको छ ।  पर्दा आधी मात्रै खुलेको छ र जे जति […]

नयाँ जनवादी क्रान्तिको नेपाली विशिष्टता

 “कम्युनिस्ट पार्टीको नेतृत्वमा एउटा नौलो खालको पुँजीवादी जनवादी क्रान्ति साङ्गोपाङ्गो रुपले पुरा नगरी औपनिवेशिक, अर्ध–औपनिवेशिक र अर्ध सामन्ती व्यवस्थाको अवशेषमाथि समाजवादी समाज निर्माण गर्न खोज्नु फोस्रो कल्पना मात्र हुनेछ ।” – माओत्सेतुङ्ग     उपरोक्त भनाईले कुनै पनि देशको क्रान्तिको कुरासँग त्यहाँको वस्तुगत अवस्था मुख्यतः अर्थराजनीतिको जगमा नै त्यस सम्बन्धी नीति निर्माण गर्न सकिन्छ र गर्नुपर्ने […]

कमरेड माओबाट सिकौं !

१. जनदिशाबारे     “राजनीतिले जनदिशा अनुशरण गर्नुपर्छ । नेताहरूमाथि मात्रै भर गरेर हुँदैन । नेताहरूले त्यति धेरै कसरी गर्न सक्छन् ? नेताहरूले सबै, राम्रो र नराम्रोको एउटा अंश मात्र भ्याउन सक्छन् । त्यसैले, प्रत्येकलाई उत्तरदायित्व बाँडचुँड गर्न, बोल्न, अरू मान्छेलाई प्रोत्साहित गर्न र अरू मान्छेलाई आलोचना गर्नको निम्ति परिचालन गर्नुपर्छ । प्रत्येक जनासँग एक जोडा […]

सरकारी पुलाउ

यतिखेर चन्द्रसमशेर जबराको नाचघर (सिंहदरबार) भित्रको मासु पसलमा नयाँ सरकारी ठेकेदार निर्माणको भतेरका लागि पुलाउ पाकिराखेको छ । पुलाउ पकाउनका लागि सातुसामलको जोहो गर्ने र पकाउने इन्धनको तयारी महाराजगन्ज स्थित कुइरे दरबार तथा लैनचौरको गुजराती दरबारबाट भइरहेको छ । विशेष गरेर गुजराती दरबारले पुलाउमा राख्ने मसलाको सम्पूर्ण व्यवस्था मिलाएको कुरा झर्रोटर्रो श्रोतले फेला पारेको छ […]

संघीयताको मर्म नबोकेको संघीय संविधान

छ दशक लामो नेपाली जनताको वलिदानीपूर्ण सङ्घर्ष, १० वर्षे जनयुद्ध, ऐतिहासिक जनआन्दोलन ०६२/०६३, आदिवासी जनजाति आन्दोलन, मधेश विद्रोह, दलित, महिला, मुस्लिम र विभिन्न वर्ग र समुदायको आन्दोलनको उपलब्धीस्वरुप नेपाली जनताले २०६४ सालमा आफ्नो संविधान आफैले निर्माण गर्ने पहिलो अवसर पाएका थिए । त्यस संविधानसभामा जनताको व्यापक सहभागिता रहेको थियो र त्यस संविधानसभामा आदिवासी, जनजाति, मधेसी, […]

पहिचानको राजनीति र नेपालको सन्दर्भ

प्रारम्भः आज नेपालमा आदिवासी जनजाति, मधेसी लगायत विभिन्न जाती, वर्ग, लिङ्ग, समुदाय र उपेक्षित क्षेत्रका जन समुदायले आफ्नो पहिचानका आधारमा अधिकार खोजीरहेका छन् । पहिचानको प्रश्न उनीहरूको अधिकारसँग जोडिएको छ । नेपालको सामन्ती व्राहमणवादी शासक वर्ग र जातिले उनीहरुको पहिचान र मान्यताहरूलाई नामेट पार्ने दुस्प्रयास गर्दै आएका थिए । र, आज पनि त्यो वर्ग र […]

सतहमा दक्षिण चीन सागरको विवाद

लामो समयदेखि विवादित रहँदै आएको दक्षिण चीन सागरका विषयमा फेरि विवाद सुरु भएको छ । फिलिपिन्सले दायर गरेको मुद्दाको एक अन्तर्राष्ट्रिष्य अदालतले फैसला गर्दै चीनको ऐतिहासिक दाबीलाई खारेज गरेपछि चीन आक्रोशित बनेको छ । चीनले दक्षिण चीन सागरमाथि आफ्नो दावी कायमै राखेको छ र उनले अदालतको फैसलालाई ‘रड्डीको टोकरी’ मा फ्याँक्न लायक भनेको छ । […]

संसदवादीहरुको खेल र परिणाम

कथित दोस्रो संविधान सभाको निर्वाचनले बनाएको संविधान सभा र त्यसले बनाएर जारी गरिएको संविधानले नेपाललाई पश्चगमनतिर धकेलेको छ । दश वर्षको महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, अन्य जनसमुदायले सञ्चालन गरेको आन्दोलनका मागहरुलाई लत्याई नेपाली जनताले अस्वीकार गरिसकेको र नेपालमा असफल भैसकेको संसदीय व्यवस्थालाई पुनस्र्थापित गरेको छ । त्यसैले नेपाली राजनीतिमा पुनः त्यही पुरानै संसदीय फोहोरी खेल […]

महासमरमा दाह्रेचोक मोर्चा

अंध्यारो रात थियो । हामी गोरखा जिल्लाको लापुबाट सुनसानमा लामो यात्रा सुरु ग¥यौं । भीरको बाटो, त्यसमा पनि रातको हिंडाइ । अनि रातभरिको थकाइ मेट्न दिउंसो केवल ३-४ घण्टाको आराम मात्र हाम्रो विकल्प थियो । अनि फेरि उस्तै रातको यात्रा आरम्भ । धादिङको सल्यानटार, गोरखाको बुङकोट घाट, महादेवटार, पिपलटार, फुजेल, दर्बुङफांटहुंदै हामी लगातार तीन दिनको […]

सभापति–सुप्रिमो संवाद (व्यङ्ग्य)

यतिखेर सत्ता राजनीतिमा कुर्सी हत्याउखेलको नयाँ खेल प्रदर्शन भइरहेको छ । गएको सोमबार बुढानिलकण्ठ दरबारबाट मशाल बालेर सुरु भएको खेलाडीहरूको मार्चपास टोली महाराजगञ्ज स्थित कुइरेदरबार, लाजिम्पाटको लालदरबारहुँदै बालुवाटार छिरेर अगाडि बढ्यो । सो मार्चपास टोली लैनचौरको दक्षिणी दरबारमा सेवाढोग चढाउँदै अहिले सिंहदरबारमा प्रवेश गरेको छ । मङ्गलबार सिंहदरबार स्थित हंसियाठोक्के टिमको दलीय कार्यालयमा उक्त टोलीका […]