प्रदेश २ को स्थानीय तहको चुनाव र मधेसको वास्तविकता

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले स्थानीय तह निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति अनुरुप पहिलो र दोश्रो चरणको निर्वाचनको उपयोग क्रान्तिकारी तरिकाले गरेको छ । जुन उपयोगले संगठन निर्माणको राम्रो आधार बनेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाललाई आम जनताको विचमा स्थापित गराउने नीति अनुरुप तेश्रो चरणमा यही असोज २ गते हुन गइरहेको स्थानीय तहको चुनाव अन्तर्गत […]

साम्राज्यवादी संकट र वैज्ञानिक समाजवादको भविष्य

यो साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युग हो । यसलाई लेनिनको युग पनि भनिन्छ । लेनिनले साम्राज्यवाद भनेको मरणासन्न पुँजीवाद अर्थात समाजवादी क्रान्तिको पूर्वसन्ध्याको पुँजीवाद हो भन्नु भएको थियो । यतिबेला साम्राज्यवाद गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । यो संकट पुँजीवादी अर्थतन्त्रको अन्तरनिहीत अन्तरविरोधको अनिवार्य परिणाम हो । निजी स्वामित्व र सामूहिक उत्पादन पुँजीवादी उत्पादन सम्बन्धका […]

झर्रोटर्रो : जोर से बोलो- ‘जय संसदवाद’

नेकपा (नशमाके)का मिस्टर सुप्रिमो यतिखेर आफ्नो कोटरीमा विभिन्न प्रकारका आधुनिक कम्निसहरू भित्र्याउन व्यस्त छन् । उनलाई कोटरीमा छिराउन र पदवी दिलाउन भ्याई नभ्याई छ । उनको कोटरीमा प्रवेश गर्नेहरूको लहरको लर्को देखेर सुप्रिमो यति उत्साहित छन् कि यति उत्साहित छन् कि वाफरे वाफ, कति हो कति । हजार जिब्रा भएका शेष नागले त वर्णन गर्न […]

संसदीय निर्वाचनः सिद्धान्त र अनुभव

प्रतिव्रिmयावादी राज्यसत्ता अन्तर्गत गरिने निर्वाचनप्रति कस्तो दृष्टिकोण अवलम्बन गर्ने ? यस प्रश्नको जवाफ दिने सन्दर्भमा अन्तर्राष्ट्रिय र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि विभिन्न प्रकारका विवाद र बहस देखापर्दै आएका छन् । यसबारे हामीले सैद्धान्तिक मान्यता र अनुभव दुवै विषयमा आवश्यक ध्यान दिन जरुरी छ । माक्र्सवादीहरुले संघर्षका कानूनी तथा गैरकानूनी, संसदीय तथा गैरसंसदीय सबै प्रकारका […]

भ्रष्टाचारको माखेसाङ्गोमा जेलिएको संसदीय व्यवस्था

‘नेपाल’ राष्ट्रिय साप्ताहिक पत्रिका वर्ष १८ अंक ३ (०४ भदौ २०७४) मा मनबहादुर बस्नेतको ‘घोटाला निर्देशक’ शीर्षकमा एउटा समाचारमूलक लेख प्रकाशित भएको छ । त्यो लेखमा आयल निगमका निर्देशक गोपाल बहादुर खड्काले आयल निगममा गरेका विभिन्न अनियमितता र भ्रष्टाचारको विवरण दिइएको छ । उनको लेखमा आयल निगममा जुन प्रकारको अनियमितता र भ्रष्टाचार गोपाल बहादुर खड्काले […]

जनयुद्धको सम्मान गरौं, क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने अठोट गरौं 

१. विज्ञान आफैमा यस विषयका कारण हरेक चेतनशील ब्यक्तिहरुले त्यसलाई सहजै मान्दछन्, किनकि त्यो तर्कमा मात्र होइन तथ्यमा आधारित छ । माक्र्सवाद आफैमा वैज्ञानिक विचार हो । यतिवेला माक्र्सवादले आफुलाई प्रयोग गर्‍यो र त्यसको विकास ग¥यो र आज सर्वहारा वर्गका अगाडी माक्र्सवाद–लेनिनवाद–माओवादको वैज्ञानिक विचार छ । जसले मालेमावादको वैज्ञानिक विचारलाई साँच्चिकै आत्मसाथ गर्छ र इमान्दारिताका […]

एकता क्रान्तिका लागि कि संसदीय निर्वाचनका लागि 

आज परिवर्तनकारी शक्तिहरु अर्थात् मूर्तरुपमा भन्नुपर्दा ‘माओवादीहरु एकीकरण’ हुनुपर्दछ भन्ने कुरा व्यापक रुपमा उठ्न थालेको छ । प्रचण्डले गत स्थायी समितिको बैठकबाट मोहन वैद्य, विप्लव र बाबुरामलाई पार्टी एकताको लागि आव्हान गरेका छन् । त्यसैगरि बावुरामले नेतृत्व गरेको नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेल लगायतहरुले पनि राजधानीमा पत्रकार सम्मेलन गरेर प्रचण्ड, बाबुराम, किरण, उपेन्द्रहरुको बिचमा […]

झर्रोटर्रो : घटनै घटनाका घटना

यो भदौ सूर्यमासी पात्रोअनुसार सिँह मैना (महिना) हो । सिँह महिना भएकाले सत्ताका सिँहहरू निकै जोडका साथ डुक्रिएका छन् । अरू कसैको गणणा भएन । मूल्य भएन र महत्वहिन बनाइएकाले उनीहरूको कुरोको छेउटुप्पो पनि रहेन । सिँह यसै त बनको राजा त्यसमा पनि मनुखे जगतको शाषक बनेर सहरमा छिरेपछि अरूलाई किन टेथ्र्यो । मनपरि डुक्रिएर […]

नयाँ श्रम ऐन र क्रान्तिकारी मजदुर आन्दोलन

गत श्रावण २६ गते व्यवस्थापिका संसदबाट श्रम ऐन २०४८ लाई प्रतिस्थापन गरी श्रम ऐन २०७४ पारित गरेको कुरा सार्वजनिक भएको छ । राष्ट्रपतिबाट लालमोहर लागेपछि यो नयाँ ऐनले कानूनी रुपमा मान्यता पाउने छ र सम्भवत यसै भाद्र महिनादेखि श्रम ऐन २०७४ ले नेपाली श्रम बजारलाई नयाँ आयामतर्फ डो¥याउनेछ । राज्यले उद्योगपति तथा श्रमिकहरुका बीचमा लामो […]

महिला मुक्ति र तिज

आज देश यतिबेला असाध्यै ठूलो कोलाहरबाट गुज्रिरहेको छ । अति वर्षात्का कारण पहाडी भैगाुलमा पहिलो र मधेसमा सारा वस्तीको डुबान र बाढीका कारण सयों मानिसहरुको ज्यान गइसकेको छ भने लाखौंलाख मानिसहरुको जीवन अस्तव्यस्त बन्न पुगेको छ । जनता जतासुकै राज्यविहीनताको अनुभूति गरिरहेका छन् । सदाबहार दैनिकीभन्दा थोरै पनि प्राकृतिक विपत्तिहरुको सामना गर्न राज्यसँग न त […]