साउदीमा रोजगारीका लागि गएका चारसय युवाहरु भोकभोकै

काठमाडौं । साउदीको रियादस्थित नेपाली दूताबासले जनाए अनुसार रोजगारीका लागि साउदी अरबका विभिन्न सप्लाई कम्पनीमा पुगेका करिब चार सय नेपाली युवाहरु खानासमेत नपाएर भोकभोकै बस्न बाध्य छन् । साउदीको रियाद, जेद्दा, दमामका विभिन्न सप्लाई कम्पनीमा आएकै दिनदेखि कम्पनीले खानासमेत नदिई पीडित बनाएर राखेको दूतावासले जनाएको छ । दूताबासका श्रम काउन्सीलर अम्बिकाप्रसाद अधिकारीका अनुसार साउदी पुगेकै […]

कतारले आप्रवासी कामदारसम्बन्धी नयाँ कानुन ल्याउँदै

२८ असोज, कतार । कतारले आप्रवासी कामदारसम्बन्धी नयाँ कानुन ल्याउने भएको छ । आप्रवासी कामदारहरुका लागि केही खुकुलो कानुन आउन लागेकोले त्यहाँ कार्यरत नेपाली उत्साही भएका छन् । नयाँ कानुनले क्षमतावान र दक्ष व्यक्तिलाई रुचि र सीप अनुसारको काम गर्ने अवसरको ढोका खोल्ने उनीहरूको विश्वास छ । डिसेम्बर १३ देखि उक्त कानुन लागू हुने कतारमा […]

कोरियामा गम्भीर दुर्घटनामा परेका नेपाली युवाको अपील : ‘मलाई बचाउनुस्’

कोरिया । इपिएस प्रणालीद्वारा रोजगारीका लागि तीनमहिना अघिमात्र कोरिया आएका नेपाली युवा मटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएपछि कोरियाको हस्पिटलमा उपचार गरिरहेका दुधौली–१, सिन्धुलीका २६ वर्षे ओमबहादुर कार्कीले आफ्नो जीवन रक्षाका लागि अपील गरेका छन् । मोक्पो कार्यक्षेत्र रहेका कार्की तीनसाता अघि किनमेल गरेर मोटरसाइकलमा कम्पनी फर्कने क्रममा कारको ठक्करबाट गम्भीर दुर्घटनामा परेका थिए । […]

युएईमा हप्तामा एक नेपालीको ज्यान जान्छ

लालबहादुर ढेंगा, दुबई (युएई)– गएको १ जुलाई शुक्रकारका दिन दुबईको नसिमा रोयल होटलमा नेपाली राजदूतावास अबुधावीले वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कामदार र दूतावासबीच सहज र शुलभ सेवाको सम्बन्धमा युएईस्थित संचालनमा रहेका विभिन्न संघ–संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवि, महिला, पत्रकार र नेपालीलाई रोजगार दिने विदेशी स्पोन्सरको सहभागितामा भएको हो । युएईस्थित […]