कोरियन भाषा परीक्षाको लनलाइन आवेदन भोलिबाट

काठमाडौं, चैत ७ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन भोली (बिहीबार)बाट खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले भोलिदेखि १७ गते सम्म आवेदन […]

नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा

काठमाडौं, फागुन २४ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरियाको लागि नवौं भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ । इपीएस कार्यालय ग्वार्कोले आज एक सूचना जारी गर्दै परीक्षाको मिति सार्वजनिक गरेको हो । कार्यालयका अनुसार अनुमानित उत्तीर्ण संख्या सात हजार एक सय रहेको छ । परीक्षार्थी मध्येबाट उत्पादनमुलक क्षेत्रतर्फ […]

खाडी मुलुक जाने कामदारलाई क्रेडिट कार्डले थप्यो सास्ती, थपियो आर्थिक भार

काठमाडौं, फागुन १८ । साउदी अरब, ओमन र बहराइन जाने कामदारलाई मेडिकलका नाममा थप सास्ती सिर्जना गरिएको छ । अब यी देश जाने कामदारले मेडिकलका लागि अनलाइन आवेदन भरेर क्रेडिट वा मास्टर कार्डमार्फत शुल्क भुक्तानी गर्नुपर्नेछ । गल्फ कर्पोरेशन काउन्सिल (जीसीसी)ले नयाँ नियम लागू गर्दै गाम्का नेपाल बन्द गराएको छ । नेपालसिहत इन्डोनेसिया र श्रीलंकाको […]

नवौं कोरियाली भाषा परीक्षा जेठ अन्तिम साता

काठमाडौं, फागुन १६ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ । नवौं भाषा परीक्षामामार्फत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ । गत वर्षको […]

कोरियन भाषा परीक्षा (सिबीटी) अप्रिलमा हुने

काठमाडौं, २१ माघ । मानव संशाधन बोर्ड (एचआरडी) कोरियाले गत वर्ष स्थगन गरेको विशेष कोरियन भाषा परीक्षा (सिबिटी) आगामी अप्रिल र अगष्टमा गर्ने तयारी गरेको छ । कोरिया सरकारले नयाँ विदेशी कामदारका लागि पेपर वेस टेस्ट (पीबीटी) र कोरिया गएर फर्केका कामदारका लागि कम्प्युटर बेस टेस्ट (सिबीटी) परीक्षा सञ्चालन गर्दै आएको छ । कोरिया सरकारले […]

मलेसिया सरकारको नयाँ निर्णय, अब कामदारले लेवी तिर्न नपर्ने

काठमाडौं, ६ पुस । मलेसिया सरकारले १ जनवरी २०१८ बाट लागू गर्न लागेको नयाँ निर्णयले नेपाली कामदार पनि लाभान्वित हुने भएका छन् । मलेसियामा कामदारहरुले होइन, अब रोजगार दाताले नै कर तिर्नुपर्ने निर्णय कार्यान्वन हुने भएपछि त्यहाँ कार्यरत नेपाली कामदार पनि लाभान्वित हुने भएका हुन् । सरकारको यो निर्णय लागू गर्ने घोषणासँगै अब सन् २०१८ […]

२०१८ मा ५६ हजार विदेशी कामदार भित्राउँदै दक्षिण कोरिया

सोल । इपिएस लागू भएका १६ देशबाट आगामी वर्षका लागि दक्षिण कोरियाले ५६ हजार कामदारहरु भित्र्याउने भएको छ । कोटा निर्धारण समितिको शनिबार बसेको बैठकले आगामी वर्षका लागि ५६ हजार कामदारलाई कोरिया प्रवेश गराउने निर्णय गरेको हो । कोटा निर्धारण समितिमा सरकारको तर्फबाट १२ , मजदुर संगठनबाट २, कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि जम्मा […]

वातानिया एयरवेजले भोलिदेखि कुवेत–काठमाडौं–कुवेत सिधा उडान भर्ने

काठमाडौं, १९ मंसिर । बुधबारदेखि कुवेत–काठमाडौं–कुवेत सिधा उडान शुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं प्रत्यक्ष उडान शुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौं–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध […]

कतारका अवैध नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया पुरा गर्न पाउने

काठमाण्डौं, ५ मंसिर । कतारमा अवैध रुपमा बसेका नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया थाल्न सक्ने भएका छन् । कतार सरकारले गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई आफ्नै देशबाट प्रक्रिया पुरा गरेर पुनः काममा फर्किन सक्ने सुविधा दिने निर्णय गरेको छ । पहिलो चरणमा यस्तो सुविधा पाउने ८ राष्ट्रभित्र नेपाल पनि परेको छ । नेपालीसँगै […]

वैदेशिक रोजगारमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम

काठमाडौं, २४ कात्तिक । सरकारले यो वर्ष पनि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विदेश जान चाहाने युवालाई विभिन्न १३ किसिमका सीपमूलक तालिम दिने तयारी गरेको हो । बोर्डले निर्माण, होटल, सेक्युरिटी लगायतका विधाका तालिमहरु सञ्चालन गर्ने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेल […]