‘देशको परिस्थिति अनुसार जनयुद्धको बाटोलाई स्थापित गरौं’ भन्दै क्रान्तिकारी माओवादीसहित विश्वका १५ वटा माओवादी पार्टीद्वारा संयुक्त अपिल जारी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सहित विश्वका १५ वटा कम्युनिस्ट पार्टीले १३० औं अन्तर्राष्ट्रिय मई दिवसको अवसर पारेर संयुक्त अपिल जारी गर्दै आ–आफ्नो देशको परिस्थिति अनुसार जनयुद्धको बाटोलाई स्थापित गरौ भनी आव्हान गरेका छन् । संयुक्त अपील जारी गर्ने माओवादी पार्टीहरुमा माओवादी कम्युनिस्ट पार्टी निर्माण कमिटी, ग्यालिसिया, स्पेनिस राज्य, कम्युनिस्ट (माओवादी) पार्टी अफगानिस्तान, नेपाल कम्युनिस्ट […]

विश्व मजदुर दिवसको अवसरमा क्रान्तिकारी माओवादीद्वारा वक्तव्य जारी, मजदुरहरुलाई नयाँ जनवादी क्रान्तिको दिशामा अगाडि बढ्न आव्हान

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले विश्व मजदुर दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै नेपाल लगायत विश्वभरिका आम श्रमजीवि तथा उत्पीडित वर्गलाई आ–आफ्नो देशको विशेषता अनुसार सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न हुने नयाँ जनवादी वा समाजवादी क्रान्ति हुँदै साम्यवाद प्राप्तिको दिशामा अगाडि बढ्न हार्दिक आह्वान गरेको छ । क्रान्तिकारी माओवादीका महासचिवले आज विहान जारी गरेको वक्तव्यमा भनिएको […]

मेरो कान्छो अमर फर्केन

सर्वहारावादी पार्टी र तिनको नजिकको मोर्चा, सङ्घसंस्थाहरूका हरेक सभासम्मेलन, मिटिङ, बैठक सुरु हुनुअगाडि देश र जनताको मुक्तिका खातिर प्राणको आहुति दिने महान् शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गर्नु कम्युनिष्ट क्रान्तिकारीहरूको अनिवार्य शर्त र नैतिक संस्कारभित्र पर्ने कुरा हो । हिजोआज मौनधारणको बेला शहीदहरूलाई सम्झिँदा म पहिलो नम्बरमा खुम्चेको धमिलो टोपी लगाएको हेर्दै निम्नवर्गको बालक भनेर […]

पाँच कम्युनिस्ट पार्टीबीच संयुक्त संघर्ष गर्ने सहमति, २७ गते शान्तिबाटिकामा संयुक्त विरोध सभा गरिने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताका विरुद्ध गरेका गम्भीर राष्ट्रघात र जनघातका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (ऋषि कट्टेल), नेकपा (माओवादी केन्द्र) बीच संयुक्त संघर्ष गर्ने सहमति भएको छ । आज क्रान्तिकारी माओवादीको पार्टी कार्यालय बुद्धनगरमा भएको संयुक्त छलफलमा यस्तो सहमति भएको जारी संयुक्त […]

स्मृतिको रक्तिम पानामा कमरेड गमबहादुर मोक्तान ‘पहाड’

अहिले यतिबेला म कमरेड गमबहादुर मोक्तान ‘पहाड’ को क्रान्तिकारी जीवन, जहाँ उहाँ सबै परीक्षाहरूमा विशिष्ट श्रेणीमा उत्तीर्ण हुनुभयो, को स्मरण गरिरहेको छु । उहाँ नेपाली क्रान्तिको एक होनहार व्यक्तित्व हुनुहुन्थ्यो । यस पटक उहाँको क्रान्तिकारी निष्ठा र योगदानसहित उहाँको संक्षिप्त जीवनीका केही हरफ कोर्ने जमर्को गरेको छु । कमरेड गमबहादुर मोक्तान ‘पहाड’को नाम उच्चारण गर्दा […]

शहीद शारदालाई सम्झँदा

इतिहासका गर्भमा धेरै कुराहरू बिलीन भएर गए, धेरै आफन्तहरू गए । धेरै परिचितहरू गए, अपरिचितहरू त कति गए कति ? मायामोहका कारण आफन्तहरू र परिचितहरूको सम्झना भने लामो समयसम्म बसिरहँदो रहेछ । बेला बखत ती आफन्त र परिचितहरूको सम्झना हुँदा मुटु गाँठो परेर आउँछ । नमिठो पीडाले मनलाई छुन्छ र आँखाका डिलडिलबाट आँशु पोखिन खोज्छन् […]

क्रान्तिकारी लेखक-साहित्यकारहरु छुट्टै प्रलेस निर्माणको तयारीमा

काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकले समसामयिक साँस्कृतिक विषयहरुमा व्यापक छलफल गरी महत्वपूर्ण निष्कर्ष निकालेको छ । बैठकले वर्तमान राज्यसत्ताले निश्चित राजनीतिक दलमाथि लगाएको प्रतिबन्ध फासिवादी शैलीको भएकोले र गणतन्त्रमा पनि विचारको निषेध गरिएको हुँदा त्यसको तीव्र विरोध […]

कमरेड कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभा सम्पन्न, ‘क. कृष्णदास श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको स्कूल’

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पिंढीका नेता, माक्र्सवादी सिद्धान्तका व्याख्याता, लेखक, अनुवादक कमरेड कृष्णदास श्रेष्ठको आज(२७ फागुन, २०७५) घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा भव्य रुपमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको आयोजनामा सम्पन्न भएको श्रद्धाञ्जली सभामा वक्ताहरुले कमरेड कृष्णदास श्रेष्ठको बहुआयामिक व्यक्तित्व, कम्युनिस्ट आन्दोलनमा गरेको योगदान र उहाँका […]

कमरेड कृष्णदास श्रेष्ठसँग एक दशकको भलाकुसारी

कमरेड कृष्णदास श्रेष्ठ नेपालमा माक्र्सवादको कखरा जान्ने सबैबीच परिचित हुनुहुन्छ । माक्र्सवादको कखरा जान्न उहाँका कृतिहरु अध्ययन गर्नैपर्ने स्थिति अहिले पनि विद्यमान छ । वर्तमानमा त्यसको आवश्यकता अझ बढेर गएको छ । माक्र्सवादी सिद्धान्तको ज्ञानको अभावकै कारण नेपालको कम्युनिष्ट आन्दोलनमा ठूल्ठूला विचलनहरु पैदा हुन पुगेका छन् र कम्युनिस्ट आन्दोलन विभाजित र विघटित अवस्थाबाट गुज्रदो छ […]

सहिदहरुको शालिकमा माल्यार्पण र श्रद्धाञ्जली सभा सम्पन्न

चितवन । मेची–महाकाली अभियान टोलीले आज चितवनको सप्तगण्डकी क्याम्पसमा रहेको जनयुद्धका महान सहिदहरुको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । सप्त गण्डकी क्याम्पसको प्राङ्गणमा सहिदहरु शारदा श्रेष्ठ, विकास अधिकारी, हरिकला पौडेल, सुधा पण्डित, किरण पौडेल, ऋषि रेग्मी, प्रकाश सुवेदी, शिवहरि तिमिल्सिनाको सालिक रहेको छ । विभिन्न समयमा सोही क्याम्पसमा अध्ययन गरेका सहिदहरुको सम्झनामा […]