नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सल्लाहकार भुलबहादु्र सुनारीको श्रद्धाञ्जली सभा गरिएको छ । आइतवार उहाँको निवास बुटवल उप महानगरपालिका–१९ मा श्रद्धाञ्जली सभा गरिएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय कृष्णराज पौडेल , प्रेम सुवेदी र विप्लव नेकपाका केन्द्रीय सदस्य शरद सीले सुनारीले वर्गीय तथा जातीय मुक्तिका लागि गरेको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य नारायण शर्मा, बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी सेक्रेटरी रवि पाण्डेय, नेकपाका रुपन्देही सेक्रेटरी बीरेन्द्र सी र क्राकपाका नेता कार्यकर्ता र जवस मोर्चाका नेताहरुको उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका रुपन्देही जिल्ला सेक्रेटरी लक्ष्मीकान्त पौडेल र संचालन राजु भुजेलले गर्नुभएको थियो ।
सुनारी जनयुद्धको समय देखि नै पाल्पा, रुपन्देही र नवलपरासीमा जनप्रीय नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर