क्रान्तिकारी माओवादीसहित सात राजनैतिक पार्टीद्वारा परासीमा एम.सी.सी.विरुद्ध जनप्रदर्शन

लक्ष्मी घिमिरे / राजु भुसाल                                      परासी ४  असोज  : नेकपा( क्रान्तिकारी माओवादी ) सहित बाईस दलीय गठबन्धन आबद्व ७ दलहरुले पश्चिम नवलपरासीमा एम.सी.सी परियोजना विरुद्धको संयुक्त आन्दोलन थालेका छन  । उनीहरुले आन्दोलन  स्वरुप  सोमबार जिल्ला सदरमुकाम  परासीमा बिरोध कार्यक्रम सम्पन्न गरेका हुन । एम.सी.सी रास्ट्रघाती रहेको ठहर गर्दै बाईस दलिय मोर्चा आवद्व ७ दलले परासीमा संयुक्त बिरोध कार्यक्रम गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता चुडामणि भण्डारीले जानकारी दिनुभयो । ‘एम. सी. सी चाहिदैन ! देश बेच्न पाइदैन !! दलालहरु होसियार’जस्ता चर्का नाराबाजी गर्दै मोर्चाका कार्यकर्ताको जुलुसले हाटबजार हुँदै मालपोतचोक; जिल्ला प्रशासन कार्यालय; जिल्ला प्रहरी कार्यालयको चोक लगायत रामग्राम नगरका विभिन्न स्थान  परिक्रमा गरेर बुद्धचोकमा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा रा.ज.मोका प्रदेश सदस्य तिलक सुवेदी; नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छबिलाल खरेल ; नेकपा (मसाल)का जिल्ला प्रबक्ता धनपति सापकोटा ; बिप्लव नेकपाका गणेश पाठक; नेकपा माक्र्सवादी पुस्पलाल नेतृ दुर्गा नेपाल लगायतले बोल्दै एम सिसि खारेज गर्नु पर्ने औल्याउनु भएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सचिवालय सदस्य एवं जिल्ला सेक्रेटरी छबिलाल खरेलले एम.सी.सी.का मतियार रास्ट्रद्रोहीहरुलाई गाउँ गाउँ बाट उठेर लखेट्नु पर्ने बिचार राख्नुभयो ।कार्यक्रम दुर्गा नेपालको अध्यक्षता रा.ज.मो नेता  उत्तमराज खरेलको संचालनमा भएको थियो । कार्यक्रमका बक्ताहरुले रास्ट्रिय स्वाधीनताको रक्षाको सङघर्स सम्पुर्ण देशभक्तहरुको साझा कार्यसुचि बन्न पुगेकोले आन्दोलनको बिकल्प नभएको बताएका थिए ।

ताजा समाचार

लोकप्रिय