वाम गठबन्धन, चुनाव र राष्ट्रियता रक्षाको प्रश्न

यतिखेर देशमा प्रतिक्रियावादी संविधानअन्तर्गत प्रदेश र केन्द्र दुवैको चुनावको रौनक चलिरहेको छ । त्यही चुनावको आमुखमा ‘वाम’ र ‘लोकतान्त्रिक’ गठबन्धन पनि बनेका छन् । एकले अर्कालाई कसरी पछार्ने र सत्तामा पुग्ने भन्ने स्वार्थअनुरुप यी गठबन्धन भएका हुन् । अझ ‘वाम’भित्र त माके र एमाले दुवै चुनावपछि एकता गर्ने वाचासहित गठबन्धन गर्न पुगेका छन् । के […]

संसदीय व्यवस्थाका विरुद्धमा निर्वाचनको उपयोग

आगामी मंसिर १० र २१ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनले देशको राजनैतिक पारो जति तात्दै गएको छ, त्यसले दुरगामी रुपमा पार्ने सकारात्मक तथा नकरात्मक प्रभावप्रति आ–आफ्नै प्रकारका व्याख्या विश्लेषण शुरु भएका छन् । एकथरी मानिसहरु यो निर्वाचनले देशको कायापलट गर्ने चर्चासहित निर्वाचनमा होमिएका छन्, भने आम जनताले यो निर्वाचनलाई संसदीय पार्टीको […]

‘वाम ध्रुवीकरण’ कि बहुराष्ट्रिय शपिङ मल ?

 एमाले र माओवादी केन्द्रबीच चुनावी सहकार्य र चुनावपछि पार्टी एकता गर्ने भन्ने सामान्य समझदारीले आफूलाई वाम भन्नेहरुमाझ विचलनको अन्तिम हुरी ल्याएको छ । आश्चर्यको कुरा त के छ भने ‘वाम ध्रुवीकरण’को आकर्षक फेशनको रुपमा यो नेपाली राजनीतिक बजारमा भित्रिएको छ । नयाँ नयाँ लाग्ने फेशन लगाउँदा आकर्षक पनि देखिने र लाज पनि छोपिने यो ‘फेशन […]

झर्रोटर्रो : घोषणा पत्र

यतिखेर केन्द्रीय संसद र प्रदेश संसदको चुनाउ हुन लागेको छ । अहिलेको संविधान लेखेका मुखियाहरू आफैँले लेखेको संविधानबाट आतङ्कित भएर आआफ्ना जातभात, थरगोत्र र कुलकुलायन मिल्नेहरूका बिचमा गठबन्धन बनाएका छन् । एउटा चारतारे दलको मियोमा लोकतन्त्रे गठबन्धन र अर्को सूर्यछापको मियोमा बामपन्थे गठबन्धन बनेको छ । गठबन्धे तौल अन्सार चुनाउमा सीटको भागबण्डा लगाएका छन् । […]

निर्वाचन उपयोग र देजमोका उम्मेद्वारहरुको जित

नेकपा (क्रान्तिकारी माओवादी)को सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उपयोग गर्ने नीति लिएको छ । पार्टी मातहतको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ब्यानरमा निर्वाचन उपयोग गर्ने नीति लिएको हो । यही निर्णय अनुसार निर्वाचन आयोगमा मोर्चा दर्ता गरिसकिएको छ र अगामी दुवै निर्वाचनका लागि मोर्चाले ‘मुठ्ठी’ चुनाव चिन्ह पाएको छ । मंसिर १० गतेका […]

‘वाम गठबन्धन’को कसरत र ‘क्रान्तिकारी ध्रुवीकरण’को बहस

१) विषय प्रवेश सबैले मान्दै आएको विषय हो कि नेपालको वाम आन्दोलनमा ऐतिहासिक कालदेखि नै दुईटा विपरीत धारहरू रहँदै आएका छन्– एउटा, समाज रूपान्तरणमा वल प्रयोग वा क्रान्ति वा युद्धको अनिवार्य भूमिका रहन्छ भन्ने धार र अर्को, शान्तिपूर्ण ढङ्गले वा चुनावी बाटोबाट पनि यो सम्भव छ भन्ने धार । यसमा पहिलो धारको प्रतिनिधित्व माओवादीले र […]

क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलनको ऐतिहासिकता

सिंगो नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को प्रथम राष्ट्रिय सम्मेलन (असोज २२ देखि २६ सम्म) ऐतिहासिक रुपमा सम्पन्न भएको छ । सम्मेलन नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध पार्न सफल भएको क्रान्तिकारी माओवादीले संश्लेषण गरेको छ । सम्मेलनले नेपाली समाज अहिले पनि अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहेको अर्थात् […]

क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन

माओवादी आन्दोलनलाई सदाका लागि उठ्नै नदिने गरी चोतर्फी(आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक) रुपले विघटन गराउने कसरतमा लागेका यो आन्दोलनका भुतपूर्व नायकहरु प्रचण्ड र बाबुरामको दक्षिणपन्थी दौड एमालेमा उनीहरुको बिलयसंगै विराम लागेको छ । प्रचण्डको माओवादी जनयुद्धसितको सम्वन्ध अब त्यही अवस्थामा जाने छ, जुन अवस्थामा एक समयका झापा आन्दोलनका भुतपूर्व नायकहरु–केपी ओली, झलनाथ खनाल, माधव नेपालको […]

कथित वामध्रुवीकरण र क्रान्तिका चुनौतीहरु  

नेपालीे कम्युनिस्ट आन्दोलनको इतिहासमा यही २०७४ आश्विन १७ गते एउटा उल्लेखनीय राजनीतिक घटना घटेको छ । यसमा सामेल भएका पक्षहरुले यसलाई बृहत वामध्र्ुवीकरणको नाम दिएका छन् । नेकपा (एमाले), नेकपा (माके) र नयाँ शक्ति पार्टी नेपालका बीचमा पार्टी एकताका निमित्त ८ सदस्यीय पार्टी एकता संयोजन समिती निर्माण गर्ने, पुष्पकमल दाहाल र केपी ओली प्रमूख नेताका […]

‘नेकपा–विप्लव समूह’ : एक संक्षिप्त अध्ययन

१. विषय प्रवेशः २०७१ साल मंसिरमा पार्टीको केन्द्रीय विस्तारित बैठक सञ्चालित भइरहेको अवस्थामा भिन्न मतको प्रस्ताव पेश गरेर विप्लवसमूह तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग भई नेकपा माओवादी गठन गर्न पुगेको थियो । यो समूह बाहिरिएको अव झण्डै तीन वर्ष पुग्दैछ । सो समूहको बहिर्गमन पश्चात् २०७१ पौषमा आयोजित हाम्रो पार्टीको प्रथम राष्ट्रिय भेलामा पारित राजनीतिक प्रतिवेदनमा […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...