निर्वाचनको परिणाम र पश्चगमन

अक्सफोर्ड इन्टरनेशनल पब्लिकेसनले २०७२ माघमा नेपालको क्रान्ति र प्रतिक्रान्तिका विषयमा लेखिएका लेखहरुलाई संकलन गरिएको मेरो एउटा पुस्तक प्रकाशित गरेको थियो । उक्त पुस्तकको शिर्षक ”क्रान्ति र प्रतिक्रान्तिका शृंखला” राखिएको छ । नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका निमित्त संचालन गरिएको जनयुद्धलाई उत्कर्षमा पुग्न सिंगै एक दशक लाग्यो । त्यसको नेतृत्व गरिरहेका शिर्ष नेता, त्यसका नायकले नै प्रतिकृयावादीहरुसँग […]

क्रान्तिकारी माओवादीको सामुन्नेका कार्यभार

दायाँ र वायाँबाट भएको चौतर्फी हमलाको प्रतिरोध गर्दै नेपालको कम्युनिष्ट आन्दोलन तथा माओवादी आन्दोलनको क्रान्तिकारी धाराको नेतृत्व गर्न सफल नेकपा (क्रान्तिकारी माओवादी)ले पन्छाउनु पर्ने अझै पनि थुप्रै चुनौतीका चाङहरु विद्यमान छन् । कम्युनिष्ट आन्दोलनको प्रक्रियाको विभिन्न कालखण्डमा बाइप्रोडक्टको रुपमा जन्मिएका र जन्माइएका संशोधनवादी, नवसंशोधनवादी र अवसरवादीहरुले थुपारेका फोहर सफा गर्नुपर्ने कार्यभार क्रान्तिकारी माओवादीको काँधमा छ […]

भारतमा गोर्खा ल्याण्ड : पहिचानको आन्दोलन !

विषय प्रवेश भारतमा गोर्खाल्याण्डको माग राखेर दार्जीलिङबासी नेपालीहरुले संघर्ष गरेको विषयमा हामी नेपालवासीहरु थोरबहुत जानकार छौं । भारतीय नेपालीहरुको लामो र कडा संघर्ष पश्चात भारतसरकारसँग एउटा सहमतिमा पुगेर “गोर्खा पर्वतीय परिषद”को नामबाट दार्जिलिङबासीहरुले आफ्नो नेतृत्व छान्न पाउने अधिकार प्राप्त गरे । उनीहरुको माग “गोर्खा ल्याण्ड” एउटा स्वायत्त राज्य हुनु पर्दछ भन्ने थियो र हो । […]

सर्वहारा वर्गीय पार्टी निर्माणको सवाल : एक छलफल

  १. विषय प्रारम्भ  मानवजातिको उत्पति र विकासको प्रक्रियासँगसँगै समाजमा वर्गको उत्पत्ति हुन पुग्यो । जब समाजमा दुईवटा वर्ग शोषक र शोषितका रुपमा उदय भयो तव दखि नै कुनै न कुनै तवरबाट वर्ग संघर्ष निरन्तर रुपमा जारी छ ।  समाजमा चलेका सवै प्रकारका वर्ग संघर्षहरुको विश्लेषण र संश्लेषण गर्ने काम माक्र्सवादले ग¥यो । त्यसैले माक्र्सवाद […]

दुनियाँलाई जान्ने र बुझ्ने मात्र होइन बदल्ने हो

माक्र्सवादले युगौंदेखिको रीति–रिवाज, राजनैतिक दाउपेच, जटिल कानुनहरु, धूर्त विद्याहरुको पर्दा पछाडि लुकेर रहेको वर्गसंघर्ष, विभिन्न सम्पन्न वर्गहरु र गरिब जन–समूह बीचको संघर्ष, त्यस सर्वहारासँग, जसले समस्त गरिब जनताको नेतृत्व गर्दै आएको छ परिचित हुन मद्दत ग¥यो । निश्चितै रुपमा आज त्यो शक्ति अर्थात सर्वहारावर्गीय नेतृत्वको विश्व कम्युनिष्ट आन्दोलनमा शिथिल्लता आएको छ । यसको माने यो […]

देजमोको अबको कार्यभार

वर्तमान राज्यसत्ता वा व्यवस्था दलाल तथा नोकरशाही पुँजीवाद र बँचेखुचेको सामन्तवादमा आधारित संसदीय व्यवस्था हो । आम श्रमजीवि जनताका लागि यो व्यवस्था प्रतिक्रियावादी व्यवस्था नै हो । संविधान यही व्यवस्थालाई संस्थागत गर्ने उद्देश्यमा आधारित रहेर जारी गरिएको छ । स्थानीय तहको निर्वाचन यही संविधानलाई कार्यान्वयन गर्ने ध्येयका साथ गरिएको हो । पहिलो र दोस्रो चरणको […]

कथित परिमार्जित संसदीय व्यवस्थाको विकृत स्वरूप

नेपालको राजनीतिक इतिहासका सन्दर्भमा खास गरेर राजनीतिक व्यवस्थाहरूको परिवर्तन हुने क्रममा घुमिफिरी संसदीय व्यवस्था नै आइलाग्ने गरेको छ । त्यसक्रममा संसदीय व्यवस्थाको आउने जाने सिलसिला पनि चलिरहेको छ । विगतमा १०४ वर्ष लामो जहानियाँ राणा शासनको अन्त्यपछि २०१५ सालमा पहिलोपटक संसदीय व्यवस्था आएको थियो र छोटो समयावधिमै त्यसको अन्त्य पनि भएको थियो । त्यसैगरी ३० वर्ष […]

गुरुङ भए भूमिगत, जिटिए खारेज, अब अलग गोर्खाल्याण्डका लागि संयुक्त आन्दोलन

दार्जिलिङ । ब्रिटिश साम्राज्यवादबाट भारतलाई स्वतन्त्र बनाउन महात्मा गान्धी, सुवासचन्द्र बोस र भगतसिंहहरुको अगुवाइमा भएको स्वतन्त्रता संग्राममा महत्वपूर्ण भूमिका निर्वाह गरेका दार्जिलिङबासी नेपाली भाषीहरुले त्यसैबेलादेखि अलग गोर्खाल्याण्ड राज्यको माग राख्दै आएका थिए । तर भारतीय शासकवर्गको औपनिवेशिक मानसिकता र संकीर्णताका कारण दार्जिलिङबासीहरुको पटक पटकको आन्दोलन विभिन्न सम्झौतामा टुंगिदै आयो । तर पछिल्लोपटक करिब डेढ करोडभन्दा […]

बृटिश शासकवर्गको हेलाहोचोमा परेका गोर्खा सैनिक : मुकदर्शक नेपाल सरकार !

लाहुरेको रेलिमाई फेशनै राम्रो काँधमा रेडी रेलिमाई बुठजुत्ता ठोकेको ! बाबु, बडाबाबु र काकाहरु लाहुरे, पछि आफ्ना दामालीहरु पनि लाहुरे र हुँदाहुँदा गाउँ नै लाहुरे । अघिपछि २ जना भरिया, काँधमा रेडियो बाजा, हातमा घडी, सिपाही पोसाक र खुट्टामा बुठजुत्ता बजाउँदै गाउँ फर्केका; गोजीमा पैसाको विटो वोकेका, गाउँमा इष्टमित्रलाई लुगाफाटा बाँडेका र हाट बजार–मेलामा साईली […]

संसदीय निर्वाचनसम्बन्धी दृष्टिकोण

अन्तर्राष्ट्रिय र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा कम्युनिष्टहरुले संसदीय निर्वाचनको स्थिति अनुसार कुनै बेला उपयोग र कुनै बेला बहिष्कार गर्दै आएका छन् । हाम्रो पार्टीले पनि गत कालमा यस प्रकारका निर्वाचनहरुको कुनै बेला उपयोग र कुनै बेला बहिष्कार गर्दै आएको छ । तर पनि यसबारे विभिन्न खाले भ्रमहरु पैदा हुने गरेका छन् र संसदीय निर्वाचनका सन्दर्भमा […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...