कमरेड किरण र नयाँ जनवादी क्रान्ति

नेपालमा नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने संकल्पका साथ क्रान्तिको तयारीमा जुटिरहेको छ नेकपा (क्रान्तिकारी माओवादी) । क्रान्तिको चार तयारी र तीन जादुगरी हतियारको निर्माणमा जुटिरहेको क्रान्तिकारी माओवादीले वैचारिक, राजनीतिक, सांगठानिक र प्राविधिक तयारीको महत्वलाई गहिरोगरी बोध गरेको देखिन्छ । क्रान्तिकारी पार्टी, क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको […]

देङ सियाओ पिङगको विरालो सिद्धान्त र सि जिनपिङ विचार

सन् १९६१ मा चीनको ग्वाङचाओ सम्मेलनमा देङ सियाओ पिङगले आफ्नो प्रशिद्ध भनाई ‘मलाई कालो बिरालो वा सेतो बिरालो जे भए पनि फरक पर्दैन । त्यो असल विरालो हो जबसम्म यसले मुसा समात्छ ।’ भनेका थिए । देङ सियाओ पिङगको त्यो विरालो सिद्धान्त ( अबत तजभयचथ) पहिलो पटक जुलाई ७, १९६२ मा देङको पहिलो संकलित रचनाहरूको […]

के यो व्यवस्थामा स्थीरता र समृद्धि सम्भव छ ?

लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको नेपाली समाजमा “शान्ति”, “स्थिरता”, “आर्थिक विकास” र “समृद्धि”को खुबै चर्चा हुने गरेको छ । नयाँ शाषकहरुले यी विषयलाई नयाँ आविष्कार नै पो हो कि भन्ने ढंगले उठाउने गरेको पाइन्छ । तर, यी विषय पुरानै हुन् र शाषक वर्गले पहिलेदेखि नै उठाउने गरेका विषय हुन् । नेपालको इतिहासतिर फर्कने हो भने पनि […]

ओली सरकारको आगामी यात्रा

पूर्वानुमान गरिएजस्तै प्रधानमन्त्री बनिसकेका केपी ओलीले यही फागुन २७ गते संसद्बाट दुईतिहाइभन्दा बढी विश्वास मत ल्याएर आफ्नो प्रधानमन्त्रीत्वलाई सुनिश्चित गरेका छन्। यद्यपि उनको मन्त्रिमण्डलले अझै पूर्णता पाइसकेको छैन। तर अब विलम्ब नगरी आफ्ना काम अघि बढाउन उनलाई संवैधानिक र कानुनी हिसाबले कतैबाट कुनै रोकटोक हुने सम्भावना देखिँदैन। खासगरी भारतले नेपालमा लगाएको नाकाबन्दीमा उनले आत्मसमर्पण नगरेको […]

जितगढी किल्लामा राष्ट्रघातको पराकाष्ठा

ऐतिहासिक जितगढी किल्ला अन्तरगत बुटवल उप–महानगरपालिका फुलवारी क्षेत्रको करिब ३ विगाह जमिन प्रचण्ड नेतृत्वको सरकारले भारतीय पेन्सन क्याम्पको स्वामित्वमा हस्तान्तरण गरिसकेको छ । तात्कालिक सरकारको २०७४ फाल्गुण १७ गते बसेको मन्त्रीपरिषद्को निर्णयद्वारा उक्त भू–भाग भारतीय क्याम्पलाई हस्तान्तरण गरिएको थियो । २०७४ भाद्र महिनामा भारतीय राजदुत मन्जित सिंह पुरीले स्थायी पेन्सन अफिस निर्माणका लागि उक्त स्थलमा […]

नयाँ जनवादी क्रान्तिमा युवाहरुको दायित्व

“एक युवक क्रान्तिकारी छ कि छैन भनी हामीले कसरी जाँच्नु पर्छ ? हामी कसरी छुट्याउन सक्छौं ? यसमा एउटा मात्र कसी हुन सक्छ, त्यो हो उ मजदुर र किसानहरुको समूहसित एकाकार भई मिल्न इच्छुक छ कि छैन र व्यवहारमा त्यसै गर्छ कि गर्दैन । उ यसो गर्न इच्छुक छ र वास्तवमा यस्तै गर्छ भने उ […]

आठ मार्चलाई हेर्ने दृष्टिकोण र श्रमिक महिला मुक्तिको प्रश्न

अंग्रेजी पात्रोमा प्रत्येक वर्ष आउने आठ मार्च के हो ? विश्वभरका महिलाहरु मूलतः श्रमिक महिलाहरुका लागि यो दिनको किन महत्व रहन्छ ? आदि प्रश्नहरुबारे स्वयम् श्रमिक महिलाहरु र उनीहरुको मुक्तिका लागि कामगर्ने कम्युनिष्ट पार्टीहरुका बिचमा स्पष्टताको अभाव देखिन्छन् । किनभने श्रमिक महिलाहरुको मुक्तिको सवालसित जोडिएको यो दिवसलाई आखिरमा पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने “अधिकारवादी” महिलाहरुको चाडका […]

माकेको एमालेकरण : केही सैद्धान्तिक सवाल

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता गर्ने घोषणा भएको छ । पार्टी एकता संयोजन समितिले २०७४ फागुन ७ गते ७ बुँदे “एकीकरणका प्रारम्भिक आधार” सार्वजनिक गरेको छ । त्यो एकीकरण प्रारम्भिक आधारहरूको दुई नम्बर बुँदामा पार्टीको निर्देशक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद’ रहने छ भनिएको छ । यो विषयलाई लिएर एमालेमा त कुनै असन्तुष्टि देखिएन […]

संशोधन होइन, खारेज गरिनुपर्ने १९५० को सन्धि

दुई वर्षे कार्यकालका लागि ०७३ असारमा गठित ‘प्रबुद्ध व्यक्ति समूह’ को सातौं बैठक भर्खरै काठमाडौंमा भयो । बैठकमा सन् १९५० को सन्धि खारेज, पुनरावलोकन या नयाँ सम्झौताका विकल्प र अन्य दुई पक्षीय सम्झौता र सहमतिका विषयका साथै दुईपक्षीय तथा तेस्रो मुलुकसँग हुने व्यापार पारवहन, जलस्रोत, पानीको उपयोग, सीमा नियमन, प्राकृतिक स्रोत तथा वातावरणलगायत दर्जनौं विषयमा छलफल […]

नयाँ जनवाद भर्सेज समाजवाद

आगामी २०७५ साल वैशाख ९ (सन् २०१८ अप्रिल २२) गते नेपाली कम्युनिष्ट आन्दोलनले ६८ वर्ष पुरा गरेर ६९ वर्षमा प्रवेश गर्दैछ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलन भित्र वर्गसंघर्ष, जनसंघर्ष र अन्तर संघर्षका अनेकांै जटिल, बाङ्गाटिङ्गा र कहालिलाग्दा घुम्तिहरु रहेका छन् । यद्यपी यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौं समूह–उपसमूहहरुमा विभाजित अवश्यै रहयो । […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...