आजको राजनीतिक स्थिति र स्थानीय निर्वाचन

आज देशको राजनीतिक अवस्था निकै भयावह र जटिल बन्दै गएको छ । अहिले देशमा एकातिर राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या असमाधेय बन्दै गएका छन् भने अर्कोतिर सत्ताभित्र तथा बाहिरका राजनीतिक शक्तिहरु बीचका अन्तर्विरोधहरु पनि छताछुल्ल भइरहेका छन् । ठीक यसैबेला स्थानीय निर्वाचनको होहल्ला मच्चाइएको छ र संविधानको कार्यान्वयनका लागि प्रदेश तथा संघीय निर्वाचनलाई मूल मुद्दा […]

बालकृष्ण ढुंगेलहरुले यो कुरा कहिले बुझ्ने ?

०६३ मंसिर ५ मा विस्तृत शान्तिसम्झौता गरेपछि प्रचण्ड–बाबुरामहरुले जनयुद्धको विधिवत अन्त्य गरे । जनयुद्धका अवयवहरुको पनि केही समयको अन्तरालमा माटियामेट पारे । उनीहरुलाई शक्ति संचयको कुनै आवश्यकता परेन । उनीहरुलाई विदेशी शक्तिकेन्द्रले यसरी उचाल्यो, उछाल्यो कि उनीहरुले आफ्नो हैसियत, धरातल र गन्तव्य नै बिर्सिए । र, फगत ती शक्तिकेन्द्रको खेलौनामा परिणत भए । विरोधीहरुलाई त […]

गम्भीर मुठभेडतर्फ मुलुक

काठमाडौं । सत्तारुढ पार्टी माओवादी केन्द्र, नेपाली कांग्रेस र प्रतिपक्षी एमालेको अधिनायकवादी हठका कारण मुलुक पुनः गम्भीर मुठभेडतर्फ धकेलिएको छ । ३१ बैशाखका लागि घोषणा गरिएको स्थानीय चुनाव बिथोल्ने कार्यक्रमसहित अनिश्चितबालीन बन्द र आम हड्ताल लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेर अगाडि आएको मोर्चासहितको संघीय गठबन्धन र दलीय चुनाव चिन्हका लागि आन्दोलनरत ६८ दलको आन्दोलनको माग […]

प्रचण्डको निषेधको राजनीति र ६८ दलको आन्दोलन

कांग्रेस र एमालेभन्दा निषेधको राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ निकै अगाडि देखिएका छन् । यो भनेको संसदीय व्यवस्थामा चुर्लुम्म डुब्न पुगेका प्रचण्ड र उनी नेतृत्वको प्रतिक्रियावादीकरणको अभिव्यक्ति पनि हो । जनताको नयाँ जनवादी व्यवस्था स्थापनाका लागि गरिएको दशवर्षे जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्डले आज निरंकुश तानाशाहको छवि मात्रै बनाएका […]

तँलाई हेर, मलाई हेर, बेला हेर, कुबेला हेर’

‘तँलाई हेर, मलाई हेर, बेला हेर, कुबेला हेर । गाउँघरमा ‘आफ्नो’ र ‘बिरानो’ छुट्याउनका साथै अनुकूल र प्रतिकूल समयको बोध हुने गरी एकअर्कामा बुझाउन प्रयोग गरिने सरल भाषा हो यो । यसलाई शायद देश, काल, परिस्थिति पनि भनिन्छ । ‘कानाको देशमा गएपछि एउटा आँखा चिम्लिएर हिँड्नु र लङ्गडाको देशमा गएपछि एउटा खुट्टा खोच्याएर हिँड्नु’ भन्ने […]

सरकारको निरिहता, एमालेको दम्भ र निर्वाचनको सार्थकता

१) कामकुरो एकातिर कुम्लोबोकी थिमितिर मुख्यतः नेपाली काग्रेसको समर्थनमा बनेको प्रचण्डले नेतृत्व गरेको यो सरकारले मधेसी जनजाति र पिछडिएको क्षेत्रलाई संबोधन गर्न संविधानमा संशोधन गर्ने र दश महिनाभित्र संसद, प्रदेश र स्थानीय निकायको निर्वाचन गरिसक्ने घोषणा गरेको थियो । तदनुरुप नै यो सरकारले सात प्रदेशमध्य ४ र ५ को भूगोलका केही भाग हेराफेरीको संशोधन प्रस्ताव […]

यसकारण स्थानीय चुनावको ‘क्रान्तिकारी उपयोग’

सरकारले २०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । अहिलेसम्म यो चुनावमा भाग लिने राजनैतिक पार्टीहरु मुख्यत ः दुई भागमा विभाजित छन्– एकाथरि यो प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थालाई स्वीकार गरी त्यसको संरक्षण तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ यो निर्वाचनमा भाग लिइरहेका छन् भने अर्कोथरि यो प्रतिक्रियावादी राज्यसत्तालाई अस्वीकार गर्दै भण्डाफोरको नीति लिएर […]

गोयबल्स शैलीमा भइरहेको भ्रामक प्रचारको प्रतिवाद गरौं !

विचार, राजनीति, संगठन र संघर्षका हिसाबले ठोस परिस्थितिको ठोस विश्लेषणसहित नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको नेकपा (क्रान्तिकारी माओवादी)का विरुद्ध अहिले चौतर्फी रुपमा गोयबल्स शैलीमा भ्रामक प्रचारहरु भइरहेका छन् । क्रान्तिकारी माओवादीको कार्यकर्तापंक्ति, क्रान्तिकारी जनपंक्ति र अन्तर्राष्ट्रिय भाइचरापंक्तिमा क्रान्तिकारी माओवादीको नीति र नेतृत्वप्रति अविश्वास पैदा गराउने र क्रान्तिको तयारीलाई ‘सेबोटेज’ गराउने दुराशयपूर्ण उद्देश्यमा आधारित रहेर यस्ता […]

निर्वाचन उपयोग र भण्डाफोरको द्वन्द्ववाद

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको विस्तारित बैठक यही चैत्र १५ गते सफलतापूर्वक सम्पन्न भएको छ । आउने ०७४ सालको बैशाख ३१ गतेका लागि जुराईएको स्थानीय निर्वाचनबारे हाम्रो पार्टीको नीति के हुने भन्ने विषय यो विस्तारित बैठकमा छलफलको मूल एजेण्डा थियो । जम्मा १८६ जना नेता तथा कार्यकर्ताको सहभागितामा दुई दिनसम्म चलेको […]

स्थानीय निर्वाचनको ‘क्रान्तिकारी उपयोग’बारे

“कहिले संघर्षको संसदीय तरिका अवलम्वन गरिन्छ त कहिले गैर संसदीय तरिका, कहिले संसदको बहिष्कार गर्ने कार्यनीति अवलम्वन गरिन्छ त कहिले संसदमा भाग लिने, कहिले गैरकानूनी संघर्ष हुन्छन् त कहिले कानूनी तरिकाको अभ्यास गरिन्छ र यी विभिन्न रुप र तरिका एक अर्कासित सम्बन्धित र जोडिएका हुन्छन् ।” –लेनिन । “हामी बोल्सेभिकहरुले घोरभन्दा घोर प्रतिक्रियावादी संसदहरुमा भाग […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...