नेपालले पहिलो पटक पायो वन डे अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता

काठमाडौं । नेपालले पहिलो पटक आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको छ । यसअघि ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको नेपाल, क्रिकेटको २२ वर्षे इतिहासमा पहिलो पटक वान डेको आईसीसी क्यालेण्डरमा छिरेको हो । योसँगै नेपाल सन् २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय वान डे टोलीमा रहनेछ । जिम्बाबेमा जारी एकदिवसीय विश्वकप छनोट अन्र्तगत प्ले अफमा नेपालले […]

दीपेन्द्र र सन्दीपको बलिङ पिएनजीको लागि घातकः १ सय १४ रनमा अलआउट

काठमाडौं, चैत १ । आइसीसी विश्वकप छनौट अन्तर्गतको प्लेअफ खेलमा सन्दीप लामिछाने तथा दिपेन्द्र सिंह ऐरीको बलिङनै उनीहरुको लागि घातक हुन पुग्यो । सन्दीप र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४–४ विकेट लिएर पीएनजीलाई २७.२ ओभरमा १ सय १४ रनमा अलआउट पारेको हो । पपुवा न्युगिनीका ६ जना ब्याटसम्यानले दोहोरो अंकमा रन बटुले पनि कसैले […]

बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

स्पेन । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत बुधबार राति घरेलु मैदान नाउ क्याम्पमा सम्पन्न दोस्रो लेगको खेलमा बार्सिलोनाले इङलिस क्लब चेल्सीलाई ३–० ले हरायो । बार्सिलोनालाई बिजयी गराउन लियोनल मेस्सीले २ तथा ओस्मान डेम्बेलेले एक गोल गरे । मेस्सीले खेलको ३ र ६३ औं मिनेट र डेम्बेलेले […]

एकदिवसीय मान्यताका लागि आज पपुवा न्युगिनीसँग खेल्दै नेपाल

काठमाडौं, चैत १ । आइसिसी विश्वकप कप छनौटको प्लेअफमा नेपालले बिहीबार पपुवा न्युगिनीको सामना गर्दैछ । आजको खेल जिते र अर्को प्लेअफमा आफू अनुकुल नतिजा आए नेपालले चार वर्षका लागि एकदिवसीय खेलका लागि अन्तर्राष्ट्रिय मान्यता पाउनेछ । त्यतिमात्र होइन, आजको खेलमा जीत निकाले नेपालले डिभिजन टुमा घटुवा हुने खतरालाई पनि टार्नेछ । सुपर सिक्समा पुग्न […]

किन महत्वपूर्ण छ पपुवा न्यु गिनीसंगको खेल?

काठमाडौं, फागुन २९ । आईसीसी बिश्वकप छनौट अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले हंगकंगलाई ५ विकेट पराजित गर्दै समुह चरणको खेलको अन्त्य गर्यो । समुह ‘बि’ बाट स्कटल्याण्ड, जिम्बाबे र अफगानिस्तान सुपर सिक्स चरण प्रवेश गर्दा नेपाल र हंगकंग भने चौथो र पाँचौ स्थानमा रह्यो । समुह ‘ए’ बाट वेस्ट इन्डिज, आयरल्याण्ड र युएई सुपर सिक्स […]

विश्वकप छनोट क्रिकेटमा टस जितेर ब्याटिङ रोज्यो नेपालले

काठमाडौं, फागुन २४ । जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार (आज) स्कटल्यान्डको सामना गर्दैछ । १ः१५ बाट सुरू हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । सुपरसिक्सको लक्ष्यका साथ आइसिसी विश्वकप छनोटमा होमिएको नेपाल स्कटल्यान्डको सामना गर्दा डु अर डाइको अवस्थामा हुनेछ । समूहको पहिलो खेलमा आयोजक जिम्बाब्वेलाई १ सय […]

विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, फागुन २४ । जिम्बावेमा जारी एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । यसअघिका दुबै खेलमा जित हात पार्दै समुह ‘बी’को शीर्ष स्थानमा रहेको स्कटल्याण्ड एक खेल अगावै सुपरसिक्समा प्रवेश गर्ने लक्ष्यमा छ । पहिलो खेलमा घरेलु टोली जिम्बावेसंग १ सय १६ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल […]

नेपाललाई ३ सय ८१ रनको विशाल लक्ष्य

काठमाडौं, फागुन २० । जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ । क्विन्स स्पोर्टस क्लबमा टस जितेर पहिलो ब्याटिङ गरिको घरेलु टोली जिम्बाव्बेले नेपाल सामु जितका लागि ३ सय ८१ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ । जिम्बाव्बेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै […]

विश्वकप क्रिकेट छनोटमा आज नेपाल जिम्बाब्बेसँग खेल्दै

काठमाडौं, फागुन २० । आइसीसी एकदिवसीय विश्वकप छनौटका निम्ति आज नेपाल र जिम्बाबेबीच प्रतिष्पर्धा हुने भएको छ । नेपालले पहिलो पटक एक दिवसीय टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो १ः१५ बजे हुने कार्यतालिका छ । कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो […]

फ्रिस्टाइल पौडीमा ९९ वर्षीय वृद्धले राखे विश्व कीर्तिमानी

एजेन्सी, फागुन १८ । अष्ट्रेलियका एकजना ९९ वर्षिये पौडीवाजले ५० मिटर फ्रिस्टाइलमा आफ्नो उमेर समूहबाट नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । जर्ज कोरोनेस नामका ती वृद्धले कुइन्सल्याण्डको एउटा प्रत्योगितामा १०० देखि १०४ को उमेर समूहमा ५६.१२ सेकेण्डमा उक्त दूरी पार गरेर नयाँ कीर्तिमान बनाएका हुन् । कुइन्सल्याण्डले कोरोनेसको २०१४ को पुरानो कीर्तिमानलाई ३५ सेकेण्डले […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...