भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा रवि शास्त्री, द्रभिड ब्याटिङ प्रशिक्षक

मुम्बई । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पूर्व अलराउण्डर तथा कप्तान शास्त्रीलाई भारतीय क्रिकेट टोलीको जिम्मेवारी दिएको हो । शास्त्रीले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितासम्म भारतीय टोलीको जिम्मेवारी सम्हाल्नेछन् । यस्तै बीसीसीआईले राहुल द्रबिडलाई ब्याटिङ […]

कोन्टा ३९ वर्ष यता विम्बल्डनको सेमिफाइनलमा पुग्ने पहिलो ब्रिटिश महिला

लन्डन । ब्रिटिस खेलाडी योहाना कोन्टा विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । गएराति भएको खेलमा रोमानियाकी सिमोना हालेपलाई हराउँदै छैटौं वरियताकी कोन्टा विम्बल्डनको सेमिफाइनलमा पुगेकी हुन् । हालेप विरुद्धको खेलमा कोन्टा ६–७, ७–६ र ६–४ को सेटमा विजयी भइन् । जितसँगै कोन्टा पछिल्लो ३९ वर्षयता विम्बल्डन टेनिसको सेमिफाइनलमा पुग्ने पहिलो ब्रिटिस महिला भएकी छन् […]

सेनाका रत्नजित र नविन फाईनलमा

काठमाडौं । नेपाली सेनाका साविक विजेता रत्नजित तामाङ्ग र नविन श्रेष्ठ योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । दुवैले पुलिसका खेलाडीहरुलाई पराजित गरेका थिए । पुरुष एकलको सेमिफाइनलमा रत्नले बिष्णु कटुवाललाई २१/८, २१/१४ र नविनले दिपेश धामीलाई २१/१६, ७/२१ र २१/१० ले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका […]

टेनिस स्टार भेनस विलियम्सको कारसँग ठोकिएर एक बृद्धको मृत्यु

एजेन्सी । अमेरिकी टेनिस स्टार भेनस विलियम्सको कारसँग ठोकिएर एक ७८ वर्षीय बृद्धको मृत्यु भएको छ । गएको ९ जूनमा भएको घटनामा घाइते भएका जेरोम बार्सन नामका बृद्धको अस्पतालमा उपचार कै क्रममा २ हप्ता पछि मृत्यु भएको हो । बार्सनकी पत्नीलाई पनि घाइते भएर अस्पताल भर्ना गरिएको थियो, उनी भने बाँच्न सफल भएकी छिन् । […]

रोनाल्डोको निर्णायक गोलमा रुस पराजित, अर्को खेलमा मेक्सिको विजयी

काठमाडौं । रुसमा जारी कन्फेडेरेशन कप फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा पोर्चुगल र मेक्सिको विजयी भएका छन् । बुधबाररातिको खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले आयोजक रुसलाई १–० ले हराएको छ । खेलमा पोर्चुगललाई जित दिलाउन क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे । बुधबार राति भएको अर्को खेलमा उत्तर अमेरिकी च्याम्पियन मेक्सिकोले ओसियाना समूहको च्याम्पियन न्युजिल्याण्डलाई २–१ ले […]

पाकिस्तानी क्रिकेट टिमको समर्थन गर्दा १५ जनालाई राजद्रोहको मुद्दा

एजेन्सी । च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पाकिस्तानी टोलीको समर्थन गरेको आरोपमा भारतको मध्यप्रदेशमा १५ जनालाई पक्राउ गरिएको छ । पक्राउपर्ने मुस्लिम व्यक्तिहरुलाई राजद्रोहको अभियोग लगाइएको त्यहाँको प्रहरीले जनाएको छ । संसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारतमा क्रिकेटमा पाकिस्तानी क्रिकेट टोलीको समर्थन गरेका आधारमा राजद्रोहको गम्भीर अभियोग लगाइएको हो । यस्तो अभियोग लाग्नेले आफ्नो पासपोर्ट बुझाउनुपर्ने, […]

भारत विरुद्धको इतिहास उल्ट्याईदियो पाकिस्तानले

काठमाडौं । चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि आफ्नो नाममा लेखाएको छ । आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा बेहोरेको १२४ रनको हारको बदलासहित उपाधी पनि जितेको हो । आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो । ओभलमा टस […]

फाइनलअघि धोनी पाकिस्तानी कप्तान सरफराजका छोरासँगै देखिए

एजेन्सी । भारत र पाकिस्तानी क्रिकेट टिम आइतबार लण्डनको ओभल रंगशालामा च्याम्पियन्स ट्रफीको फाइनल प्रतिस्पर्धामा भिड्नका लागि तयार रहेका छन् । फेसबुकदेखि लिएर ट्विटरमा दुवै देशका क्रिकेट प्रशंसकबीच यो फाइनल खेललाई लिएर घोचपेच नै चलिरहेको छ । तर यसै समयमा भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी पाकिस्तानी कप्तान सरफराज अहमदका छोरा अब्दुल्लाहका साथ देखिएका […]

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

काठमाडौं । इङ्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन् । सेमिफाइनलमा आयोजक इङ्ल्याण्डलाई पराजित गर्दै पाकिस्तान तथा बंगलादेशलाई हराउँदै भारत फाइनलमा पुगेको हो । दुवै टोली एउटै समूहमा रहेर फाइनलसम्मको यात्रा तय गरेका हुन् । समूह चरणमा भारतले पाकिस्तानलाई १ सय २४ रनको फराकिलो अन्तरमा हराएको थियो […]

यू–१६ फुटबलको घोषणा, ४३ जिल्लामा खेलाइने सर्वाधिक ठूलो प्रतियोगिता

काठमाडौं, १ असार । विद्यालयस्तरीय आधारभूत तहको देशकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), युवा तथा खेलकुद मन्त्रालयले संयुक्त र कोकाकोला नेपालको संयुक्त आयोजनामा ‘कोकाकोला कप २०७४’ नवौं संस्करणको घोषणा गरिएको हो । यस प्रतियोगितामा एन्फासँग आबद्ध ४३ जिल्लाहरुमा प्रतियोगिता खेलाईने छ, जसमा हरेक जिल्लाबाट ३५ भन्दा बढी […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...